नोबेल शान्ति पुरस्कार

शान्तिमा नोबेल पुरस्कार (नर्वेजियन तथा स्वीडिश: Nobels fredspris) वार्षिक रूपमा विश्वमा शान्ति क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिहरूलाई नर्वेजियन नोबेल समितिले प्रदान गर्दछ । यो ५ नोबेल पुरस्कार रसायन विज्ञान, भौतिक शास्त्र, साहित्य, शान्तिक्रिया विज्ञान तथा चिकित्सा मध्ये एक हो जसलाई सन् १८९५ मा उद्योगपति, आविष्कारक, र शस्त्रहरूको निर्माता अल्फ्रेड नोबेलले स्थापना गरेका थिए ।[३][४] यो त्यस्ता व्यक्तिहरूलाई प्रदान गरिन्छ जसले "सीमामा खटिएका सेनालाई हटाउने वा घटाउनका लागि र शान्ति कांग्रेसको आयोजन र प्रबर्द्धनका लागि, राष्ट्रका बीच बिरादरी बढाउनका लागि सबैभन्दा वा सबभन्दा राम्रो काम" गर्नेहरूलाई (केही अपवाद सँग) वर्षेनी सम्मानित गर्ने गरिन्छ । यो पुरस्कार नर्वेजियन नोबेल समितिद्वारा प्रशासित र संसदद्वारा निर्वाचित पाँच सदस्य हुन्छन् जो शान्तिका लागि नोर्वेको संसदको प्रस्तावमा सम्मानित गर्ने गरिन्छ । यो पुरस्कार प्रत्येक वर्ष डिसेम्बर १० मा नोबेलको मृत्युको वार्षिकोत्सवमा एक वार्षिक समारोहमा ओस्लो सिटी हलमा प्रस्तुत गर्ने गरिन्छ । यो पुरस्कार पहिले ओस्लोको कानुन संकाय (१९४७-१९८९), नार्वे नोबेल संस्थानको विश्वविद्यालयको एट्रियम (१९०५-४६), र संसद (१९०१-०४) मा सम्मानित गरिएको थियो । [५]आफ्नो राजनीतिक प्रकृतिको कारण नोबेल शान्ति पुरस्कार विवादको विषय भएको इतिहास रहेको छ । शान्तिको पहिलो नोबेल पुरस्कार सन् १९०१ मा रेडक्रसका संस्थापक ज्यां हेनरी ड्युना र फ्रेंच पीस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक पैसीलाई संयुक्त रूपमा प्रदान गरिएको थियो ।

शान्तिमा नोबेल पुरस्कार
पुरस्कृत (कारण)शान्तिको लागि उल्लेखनीय योगदान
स्थानओस्लो, नोर्वे
प्रस्तुतकर्तानर्वेजियन नोबेल समिति
पुरस्कार रकम९ मिलियन स्वीडिश क्रोना (२०१७)[१]
प्रथम पुरस्कृत१० डिसेम्बर १९०१; १२२ वर्ष पहिले (१९०१-१२-10)[२]
वर्तमान विजेताडेनिश मुक्वेगे र नाडिया मुराद (२०१८)
सर्वाधिक पुरस्कृतरेड क्रसको अन्तर्राष्ट्रिय समाज (३)
वेबसाइटNobelprize.org

पृष्ठभूमि

पुरस्कार

नोबेल शान्ति पुरस्कारको मेडल

नर्वेजियन नोबेल समितिको अध्यक्ष प्रत्येक वर्ष १० डिसेम्बरको दिन (नोबेल मृत्युको वार्षिकोत्सव)मा नर्वेको राजाको उपस्थितिमा नोबेल शान्ति पुरस्कार प्रस्तुत गर्दछ । यो एउटा मात्रै पुरस्कार हो जुन स्टकहोममा प्रदान गरिदैन । शान्तिमा नोबेल पुरस्कार विजेताले स्वर्ण पदक, एउटा वृत्तान्त दिने डिप्लोमा, र मुद्रा सहितको राशि पाउने गर्दछ ।[६] २०१३ मा यस पुरस्कारको राशी १० मिलियन स्वीडिश क्रोनर (अमेरिकी $ १.५ मिलियन) रहेको थियो । सन् १९९० को दशकदेखि नोबेल शान्ति पुरस्कार समारोह ओस्लो सिटी हलमा हुने गर्दछ ।

नोबेल पुरस्कार मेडल

नोबेल पुरस्कार डिप्लोमा

पुरस्कार राशी

बिजेताहरू

सन्दर्भ सामग्री

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद