भारतको प्रधानमन्त्री (Prime Minister of India) भारत सरकारको प्रमुख, भारतको राष्ट्रपतिको मुख्य सल्लाहकार, मन्त्रीपरिषदको प्रमुख, तथा लोकसभामा बहुमत ल्याउने दलको नेता हुन्छन् । प्रधानमन्त्रीले भारत सरकारको कार्यपालिकाको नेतृत्व गर्छन् ।
भारतीय संविधानको अनुच्छेद ७४ मा स्पष्ट रूपले मन्त्रीपरिषदको अध्यक्षता तथा सञ्चालनको निमित्त प्रधानमन्त्रीको उपस्थिति आवश्यक मानेको छ । उसको मृत्यु वा त्यागपत्रको अवस्थामा सम्पूर्ण परिषदलाई पद छोड्नु पर्दछ । उ एक्लै मन्त्री परिषदको विस्तार गर्दछ । राष्ट्रपतिद्वारा मन्त्रीहरूको नियुक्ति प्रधानमन्त्रीकै सल्लाहमा गर्दछ । राष्ट्रको प्रशासन सम्बन्धि सबै कार्य, क्याबिनेटको कार्य, मन्त्रीहरूको कार्य विभाजन लगायत सबै नीतिगत निर्णय प्रधानमन्त्रीले नै गर्दछ । राष्ट्रपति तथा मन्त्री परिषदको मध्यमा उसैले सम्पर्क सुत्रको काम गर्दछ । मन्त्रीपरिषदको प्रधान प्रवक्ता पनि प्रधानमन्त्री नै हुन्छन् । यिनै सबै कारणले गर्दा प्रधानमन्त्रीलाई भारतको सबैभन्दा महत्त्वपूर्ण व्यक्तित्व मानिन्छ ।