रामानन्द गिरि

ढाँचा:स्वयं प्रकाशित स्रोत

डा.स्वामी रामानन्द गिरि
जन्म स्थानधादिङ, वाग्मती, नेपाल
जन्मरामप्रसाद सुवेदी
गुरु/शिक्षकस्वामी महेशानन्द गिरि
दर्शनवेदान्त

डा.स्वामी रामानन्द गिरि जन्म: वि.सं २००५/२/१० मा भएको हो । वेदान्तविषयका विख्यात र प्रभावशाली आध्यात्मिक गुरू हुन् । उनको वास्तविक नाम रामप्रसाद सुवेदी थियो। उनले नेपाल स्थित देवघाटमा वि.सं. २०५०मा महेश संस्कृत गुरुकुलको स्थापना गरेका छन् । जो आज पनि आफ्नो काम गरिरहेको छ। उनी स्वामी महेशानन्द गिरिको सुयोग्य शिष्य हुन्। [१]


जीवनवृत्त

डा.स्वामी रामानन्द गिरिको जन्म वि.सं २००५/२/१० मा भएको भएको थियो। यिनको बाल्यकालको नाम रामप्रसाद सुवेदी थियो। यिनको बुबा एक नैष्ठिक ब्राह्मण थिए। उनको बुबा पूर्वीय सभ्यता एवं धर्म संस्कृतिमा अति नै विश्वास राख्दथे। उनी आफ्नो छोरा रामप्रसादलाई पनि संस्कृत पढाएर पूर्वीय सभ्यताको महान् विद्वान् बनाउन चाहन्थे।


कृति तथा ग्रन्थहरु

  • जनकदर्शन (विद्यावारिधि शोधग्रन्थ)
  • माण्डूक्यकारिका (नेपाली अनुवाद तथा व्याख्या)
  • रामगीता (नेपाली अनुवाद तथा व्याख्या)
  • वेदस्तुति (नेपाली अनुवाद तथा व्याख्या)
  • श्रीमद्भागवतमहापुराण (नेपाली अनुवाद–रामनन्दी टीका)
  • देवीगीता (नेपाली अनुवाद तथा व्याख्या)
  • दुर्गासप्तशती (नेपाली अनुवाद एवं व्याख्या)[२]



मान–पदवी

  • पाणिनि पुरस्कार
  • गुणराज पुस्कार
  • डा. बलराम जोशी ज्ञानविज्ञान पुरस्कार
  • राजश्रीजनकस्मृति सम्मान
  • पृथ्वीबहादुरसिंह कार्की–भक्तकुमारी पुरस्कार
  • भारती खरेल पुरस्कार
  • प्रबल गोरखा दक्षिणबाहु
  • अन्य विविध सम्मान तथा पुरस्कारहरू [३]


निधन

पूर्वीय दर्शनका विद्वान डा. स्वामी रामानन्द गिरिको निधन काठमाडौंको पशुपतिनाथस्थित शङ्कराचार्य मठमा असार २४, २०७४ साँझ ७ बजे निधन भएको हो ।उहाँलाई देवघाटमा जलसमाधी दिईएको थियो [४]

सन्दर्भ

५. www.facebook.com/msgurukul६. www.gurukulam.edu.np

बाह्य सूत्र

स्रोत

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद