हिउँ चितुवा

हिउँ चितुवा (अङ्ग्रेजी: Snow Leopard) ठुलो बिरालो प्रजातिको मांसाहारी जनावर हो, जुन दक्षिण एसिया तथा मध्य एसियाका हिमाली क्षेत्रमा पाइन्छ। हिउँ चितुवा समुन्द्री सतहबाट ३,००० देखि ५,५०० मिटर उचाइ बीचका चट्टानी हिमाली क्षेत्रमा बसोबास गर्छन। लुकेर रहने स्वभाबको कारण यिनिहरूको सही सङ्ख्या थाहा हुन सकेको छैन, तापनि खुला जङ्गली क्षेत्रमा ३,५०० देखि ७,००० को सङ्ख्यामा तथा बिश्वका चिडियाघरहरूमा ६०० देखि ७०० को सङ्ख्यामा हिउँ चितुवाहरू रहेको अनुमान गरिएको छ।

हिउँ चितुवा
वैज्ञानिक वर्गीकरण edit
जगत:जनावर
Phylum:रज्जुकी
वर्ग:स्तनधारी प्राणी
गण:मांसाहारी
परिवार:फेलिडे
उपपरिवार:Pantherinae
वंश:पान्थेरा
प्रजाति:
P. uncia
वैज्ञानिक नाम
Panthera uncia

हिउँ चितुवा अन्य ठुला बिरालो प्रजातिका जनावर भन्दा सानो हुन्छ, तर उनीहरू कै आकारमा देखिन्छ, सामान्यतया यिनीहरूको तौल २७ देखि ५४ किलोग्राम तथा लम्बाइ ७५ देखि १३० सेन्टिमिटरको हाराहारीमा हुन्छ भने पुच्छर सहितको लम्बाइ यो लम्बाइको ७५ देखि ९० प्रतिशत बढी हुने गर्छ।

स्वरूप

हिउँ चितुवा

यसको थुतुनो छोटो हुन्छ र नाकका प्वाल ठुला हुन्छन् जसले गर्दा हिमाली क्षेत्रमा स्वास फेर्न सजिलो हुन्छ। यसको शरीरमा हल्का खैरो रंगको लामा र बाक्ला भुत्ला हुन्छन्। यसको शरीरभरी काला पहेँला थेग्लाहरू हुन्छन् र छाती सेतो हुन्छ। यसको आँखा निलो वा हरियो रंगको हुन्छ पंजा ठुला हुन्छन् जसले गर्दा यिनीहरू हिउँमा सजिलै हिड्न सक्छन। लामो र लचकदार पुच्छर हुन्छ जसले गर्दा चट्टानी भू-भागमा हिड्दा शरीर संतुलन गर्न सहयोग मिल्छ।

वासस्थान

हिउँ चितुवा हिमाली क्षेत्रका जङ्गल तथा पत्थरीला पहाडहरूमा बसोबास गर्ने गर्दछ।

‍‍

भौगोलिक बितरण

हिउँ चितुवा मध्य तथा दक्षीण एसियाको उबडखाबड परेको हिमाली प्रदेशमा लगभग १,२३०,३०० वर्ग किलोमिटरको क्षेत्र भित्र पाइन्छ, जुन क्षेत्र भित्र नेपाल, चीन, भारत, अफगानिस्तान, भुटान, कजाखस्तान, किर्गिस्तान, मंगोलिया, पाकिस्तान, रसिया, ताजकिस्तानउज्वेकिस्तान लगायतका बाह्र वटा देशहरू पर्छन।

भौगोलिक बितरण अनुसार हिम चितुवा बसोबास गर्ने क्षेत्र पश्चिम अफगानिस्तानको हिन्दुकुस शिर दर्या(the Syr Darya)बाट पमिर हिमालय, टियान शान(Tian Shan), काराकोरम हिमाल,कश्मिर, कुन्लुन, हुँदै दक्षिणी साइबेरीया सम्म फैलिएको छ, जहाँ रसियाको अल्ताइ हिमाल, साजन, तन्नु-ओला हिमाल र बैकाल तालको पश्चिमी क्षेत्रका हिमलायहरू पनि पर्दछन। हिउँ चितुवा मंगोलियामा मंगोलिया तथा गोवी अल्ताइ र खाङ्गाई हिमालाम तथा तिब्बतमा उत्तरमा अल्ताइन-ताह(Altyn-Tagh) सम्म पाइन्छ।

सङ्ख्या तथा संरक्षण स्थिति

म्याककार्थिले सन २००३ मा गरेको अध्ययनका अनुसार हिउँ चितुवाको कुल सङ्ख्या ४,०८० देखि ६,५९० को हाराहारिमा रहेको देखिन्छ(तालिका तल छ), यो अनुमानित सङ्ख्यामा हाल फरक पर्न सक्छ। साथै बिश्वभरिका चिडियाघरहरूमा लगभग ६००-७०० को सङ्ख्यामा हिउँ चितुवाहरू रहेको अनुमान गरिएको छ।

सन १९७२ मा आई यु सि एन(IUCN)ले हिउँ चितुवालाई बिश्वब्यापि रूपमा यसको खतरामा परेका प्रजातिको रातो सूची(Red List of Threatened Species)मा सूचीकृत गर्‍यो, सन २००८मा यहि खतराको सूचीलाई कायम नै राखियो।

देश( क्षेत्र)बासस्थानको क्षेत्र
(कि मि.)
अनुमानित
सङ्ख्या
अफगानिस्तान५०,०००१००-२००?
भुटान१५,०००१००-२००?
चीन१,१००,०००२,०००-२,५००
भारत७५,०००२००-६००
काजकस्तान५०,०००१८०-२००
किर्गिस्तान१०५,०००१५०-५००
मंगोलिया१०१,०००५००-१,०००
नेपाल३०,०००३००-५००
पाकिस्तान८०,०००२००-४२०
ताजकिस्तान१००,०००१८०-२२०
उज्वेकिस्तान१०,०००२०-५०
शान डियगो चिडियाघरमा भएको हिउँ चितुवा

संरक्षण क्षेत्रहरू:

सन्दर्भ सामग्रीहरू

बाहिरी लिङ्कहरू

रसुवा स्थित लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको लाङटाङ र क्यान्जिङमा पनि पाईछ

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद