द वाल्ट डिज्ने कम्पनी महिलाको लागि महिला अन्तर्राष्ट्रिय विश्वव्यापी विकास केन्द्र भी-डे आन्दोलन
धर्म
यहुदी
जीवनसाथी
ब्रायन क्राफ
(
वि १९९३; सम्बन्ध विच्छेद १९९४)
डेभ गोल्डबर्ग
(
वि २००४; मृत्यु २०१५)
समकक्षी
टम बर्नथल (सन् २०१९–वर्तमान; सम्बन्धमा)
सन्तान
२ (गोल्डबर्गबाट)
सेरिल कारा स्यान्डबर्ग (जन्म: सन् १९६९ अगस्ट २८) एक अमेरिकी प्रविधिको कार्यकारी, कार्यकर्ता, र लेखक हुन्। सन् २०१३ अगस्टदेखि उनी फेसबुकको प्रमुख परिचालन अधिकारीको रूपमा कार्य गर्दैछिन्। सन् २०१२ जुनमा उनी कार्यकारी निर्देशक मण्डलको सदस्यमा पनि छानिएकी छिन्।[२] उनी फेसबुकको निर्देशक मण्डलमा छानिने पहिलो महिला समेत हुन्। फेसबुकमा प्रवेश गर्नुभन्दा पहिले उनी गुगलको विश्वव्यापी अनलाइन बिक्री र सञ्चालनका उपाध्यक्षको रूपमा कार्यरत थिइन् साथै उनी गुगल सङ्गठनद्वारा सञ्चालित परोपकारी सेवा कार्यक्रममा समेत उनको योगदान रहेको थियो। गुगल भन्दा पहिले उनी संयुक्त राज्य अमेरिकाको राज्य कोषको प्रमुखको रूपमा कार्य गरेकी थिइन्।
सन् २०१२ मा उनलाई टाइम पत्रिकाले जारी गरेको 'प्रभावशाली १०० व्यक्ति'को सूचीमा राखेको थियो।[३] सन् २०१४ को जनवरीमा एक जानकारी अनुसार फेसबुक तथा अन्य कम्पनीको शेयरको कारण स्यान्डबर्गको कुल सम्पति १ बिलियन रहेको छ।[४]