सेतो गरुड
सेतो गरुड गरुड प्रजातिको एक प्रकारको चरा हो। यो चरा युरोप, उत्तर-पश्चिम एसिया र उत्तर-पूर्वी अफ्रिकामा पाइन्छ। सेतो गरुड हिउँदमा लामोदुरी पार गर्दै मध्य अफ्रिका तथा नेपाल लगायतका भारतीय उपमहाद्वीपका देशहरूसम्म बसाई सर्ने गर्छ। यसलाई अङ्ग्रेजीमा ह्वाइट स्टोर्क (White stork) भनिन्छ।
सेतो गरुड | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
सङ्घ: | रज्जुकी |
वर्ग: | चरा |
गण: | Stork |
परिवार: | गरुड |
वंश: | Ciconia (Linnaeus, 1758) |
प्रजाति: | C. ciconia |
वैज्ञानिक नाम | |
Ciconia ciconia (Linnaeus, 1758) | |
Approximate ranges and routes Breeding range Migration routes | |
पर्याय | |
Ardea ciconia Linnaeus, 1758 |
विबरण
सेतो गरुडको लम्बाई १००–११५ सेमी (३९–४५ इन्च),[२] र उभिँदा उचाई १००–१२५ सेमी (३९–४९ इन्च) हुन्छ। यसको पँखेटा फिजाउँदाको लम्बाई १५५–२१५ सेमी (६१–८५ इन्च) तथा तौल २.३–४.५ किग्रा (५.१–९.९ पाउन्ड) हुन्छ।[३][४] यसको शरीरको अधिकांस भाग सेतो तथा पँखेटा र पछाडीको भाग कालो हुन्छ। सेतो गरुडको खुट्टा र ठुँडो लामो तथा तिखो चुच्चो हुन्छ।
वितरण तथा वासस्थान
सेतो गरुड युरोप (पश्चिममा पोर्चुगल, उत्तरमा फिनल्यान्ड सम्म) उत्तर-पश्चिम एसिया र उत्तर-पूर्वी तथा दक्षिणी अफ्रिकामा पाइन्छ। यो चरा हिउँद मौसममा बसाई सरेर उप-सहारा अफ्रिका देखी दक्षिण अफ्रिका तथा भारतीय उपमहाद्वीपका देशहरू नेपाल, भारत, भुटानको केही स्थानहरू सम्म पुग्ने गर्छ।