सूर्यविनायक

भक्तपुर सूर्यविनायक भगवान गणेशको एक प्रसिद्ध मन्दिर हो। यो काठमाडौ‌ उपत्यकामा रहेका प्रमुख चार गणेशस्थान मध्ये एक हो। यो क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणवाट अति महत्त्वपूर्ण छ। यो भक्तपुर नगरबाट २ कि.मी. दक्षिण सिपाडोल गाविसमा पर्दछ। यहाँको प्रसिद्ध सूर्यविनायक (गणेश) मन्दिर लिच्छवि कालमा शिखर शैलीमा निर्माण भएको पाइन्छ। काठमाडौँ, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरू हरेक मंगलवार र माघ महिनामा ठूलो र्घुइंचोका साथ यस गणेश मन्दिरको दशनार्थ आउने गरेको पाइन्छ। सूर्यविनायकको पूजावाट भाग्य निर्माण हुने र सद्बुद्धि आउने आम धारणा रहेको छ। हरियाली रमणीय डाँडा रहेको कारणले यो क्षेत्र पर्यटकीय एवं वनभोज स्थलको रूपमा पनि प्रख्यात छ। सूर्यविनायकको जंगलमा ९९ प्रजातिका चराचुरुङ्गी पाइने हुनाले यो स्थलले चरा अवलोकनको लागि पनि क्रमशः प्रसिद्धि पाउँदै आएको छ।[१]

सूर्यविनायक गणेशको मुर्ती

काठमाडौँं उपत्यकामा रहेका चार विनायकहरू छन। यि मध्ये एक हो- सूर्यविनायक। यो मन्दिर अरनिको राजमार्गको सूर्यविनायक चोकबाट करिब २ किलोमिटर दक्षिणमा छ। भक्तपुर दरबार क्षेत्रदेखि दक्षिण दिशामा घना जंगलको बीचमा रहेको यो मन्दिर पुग्न केही उकालो चढ्नुपर्छ। मन्दिरको द्वार अगाडिको अग्लो सिँढी चढेपछि मूल मन्दिर भएको स्थानमा पुगिन्छ। पूर्वतिर फर्केर रहेको मन्दिर अगाडि फराकिलो ढुंगा छापिएको खाली भाग छ, जहाँ दर्शनार्थीहरू लाममा बस्छन्। मन्दिरको बायाँ भागमा रहेको सत्तलमा दैनिक भजनकीर्तन गरिन्छ। मन्दिरको दाहिने भागमा रहेको ढुङ्गेधारा सूर्यविनायकलाई जल चढाउने कार्यमा प्रयोग गरिन्छ। यो मन्दिरको अगाडि रहेको मुसाको स्तम्भ आकर्षक छ।

इँट्टाद्वारा निर्मित सूर्यविनायकको मन्दिर शिखर शैलीमा निर्माण भएको छ। सेतो रंगको स्तम्भको गजुरबाट चारैतर्फफर्किएका धातुका र्सपका कारण मन्दिर शोभायमान देखिन्छ। मन्दिरको दायाँबायाँ धातुका चन्द्रसूर्य अङ्कित झन्डा छन्। सूर्यविनायक मन्दिरको निर्माण विक्रम संवत् १८९०को पौषशुक्ल सप्तमीमा पूरा भएको शिलालेखबाट प्रस्ट हुन्छ। मन्दिरअगाडि रहेका दुई सत्तलमा केही शुल्क तिरेर विवाह, बेलविवाह, व्रतबन्धजस्ता मांगालिक कार्य गर्न पाइन्छ। विवाह-व्रतबन्ध गर्नका लागि शुल्क तोकिएको भए पनि भक्तजनले इच्छाअनुसार दिने गरेका छन्।

मन्दिरको गर्भभित्र शिलारूपी गणेशको मूर्ति छ। त्यही मूर्तिलाई भक्तजनहरू सूर्यविनायकका रूपमा पूजा गर्छन्। गणेशको मूर्तिलाई धातुकलाको उत्कृष्ट रूपमा सिंगारिएको छ। मन्दिरको दाहिनेतिर विभिन्न देवीदेवताका मूर्ति छन्। दर्शनार्थीहरूलाई समेत घामपानी आदिबाट बचाउने गरी राखिएको पित्तले छानाको तल्लो भागमा विभिन्न बुट्टासँगै गणेशको आकर्ष मूर्ति छ। सूर्यविनायकबाट केहीमाथि डाँडामा माताको मन्दिर छ। बोली नफुटेका कतिपय शिशुलाई माताको दर्शन गराएपछि बोली फुट्छ भन्ने विश्वास छ।

सूर्यविनायक गणेश मन्दिर


यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री


बाह्य कडीहरु

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद