सुली प्रुधोमे

साहित्य क्षेत्रमा सर्वप्रथम नोबेल पुरस्कार विजेता

उनको पूरा नाम रेनी फ्रान्सिस अर्मा सुली प्रुधोमे(René François Armand (Sully) Prudhomme) |१६ मार्च १८३९मा पेरिसमा जन्मिएका प्रुधोमेको उपनाम 'सुली हो|उनी ६ ,सेप्टेम्वर १९०७मा दिवंगत भए।

सुली प्रुधम परिवारका एक्लो सन्तान थिए।उनी मूलतः दार्शनिक कवि थिए।उनले पेरिसस्थित 'इकोल पोलिटेकनिक' नामक विद्यालयबाट आफ्नो शिक्षाको थालनी गरेका थिए।गणित विज्ञानमा उनको बढी रुचि थियो, जसअनुसार उनले त्यस विषयमा दक्षता हासिल गर्दै गए।उनको अध्ययनको क्रममा पेरिस सहरमा आँखाको रोग नराम्रोसँग फैलियो। यसको असर उनलाई पनि पर्‍यो र उनले एकाग्रतापूर्वक त्यस विषयमा अध्ययन गर्न सकेनन्।विस्तारै, उनले दार्शनिक ढङ्गका कविताहरू रच्न लागे।२६ वर्षको उमेरमा उनको पहिलो कवितासङ्ग्रह प्रकाशित भयो, जसको नाम थियो 'स्टेजेज एट पोयम्स'।

'स्टेजेज एट पोयम्स' भित्रै उनको विश्वप्रसिद्ध कविता 'ली वेस व्राइस' सङ्ग्रहीत छ।अर्को वर्ष उनले 'ले ऐ पि्रवेस' नामक काव्यग्रन्थ प्रकाशित गरे।'ले एक पि्रवेश' लाई अङ्ग्रेजी भाषामा 'दि स्टेट' नाम दिएर अनुवाद गरिएको छ।सन् १८७५मा उनका अन्य दुई पुस्तक 'ले सालीच्युड' र 'ले वेरेई ट्रेन्डेसेज' पनि प्रकाशित भए।केही वर्षपछि फेरि दुई पुस्तक 'ला जास्टिज' र 'ले वानुहुर' उनले प्रकाशित गरे।'ला जस्टिज'मा न्यायको खोज गरिएको छ भने 'ल वानुहुर'मा चरम आनन्दमा पुग्ने मार्ग पहिल्याइएको छ।

सन् १८८१मा उनी फ्रेन्च एकेडेमीका सदस्य चुनिए। त्यसबखत उनलाई भिक्टर हृयुगोको समानान्तर कवि मानिन्थ्यो।आफ्नो जीवनको अन्तिम क्षणमा उनी 'पक्षघात'बाट पीडित थिए।त्यही समयबीच उनले ललितकला, छन्द शास्त्र र काव्य सिद्धान्तमाथि केही निबन्धहरू पनि लेखेका थिए।सबैभन्दा पछि, आफ्नो ६३ वर्षको उमेरमा उनले 'ला बे्रइ रेलिजन सेंलो पास्कल' नामक पुस्तक लेखे, जसमा साहित्यसँग आधात्मिकताको महत्त्वलाई प्रकाश पारिएको छ।र, ६८ वर्षको उमेरमा निधन भएका सुली लाई Père-Lachaiseमा समाधिस्त गरिएको छ।

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद