सुन्दरीमाई मन्दिर

सुन्दरीमाई मन्दिर हाम्रो देशको बागमती अञ्चल अर्तगत काठमाण्डौ जिल्लाको सुन्दरीजल गाविसमा अवस्थित एक प्रसिद्ध धार्मिक स्थल हो । हिन्दु धर्मालम्बीहरूको आस्थाको केन्द्र यस मन्दिरकोबयान श्री स्वस्थानी कथामा समेत रहिआएको छ । श्री स्वस्थानी कथामा उल्लेख भए अनुसार सतिदेवीले आगोमा फालहाली आफ्नो देह त्याग गरे पश्चात भगवान शिवले उनको भौतिक शरीर लाई विश्व परिक्रमा गराउने क्रममा सतिदेवीको शरीरको एक अङ्ग यस स्थानमा आई पतन भई सुन्दरीमाई देवीको पिठ स्थापना भएको धार्मिक विश्वास रहिआएको छ । यस सुन्दरीमाई मन्दिर रहेको सुन्दरीजल गाविसको नाम पनि यसै मन्दिरको नामबाट राखिएको मान्यता रहिआएका छ ।

सुन्दरीमाई मन्दिर
प्राथमिक विवरण
स्थान:सुन्दरीजल, काठमाडौँ
सम्बन्धनहिन्दुत्व
जिल्लाकाठमाडौँ
देशनेपाल

महत्त्व

सुन्दरीजल प्रवेश गर्ने प्रमुख नाका सुन्दरीजल बसपार्कवाट निकुञ्जको मार्ग हुदैँ केही व. कि. मि को दुरीमै अवस्थित सुन्दरीमाई मन्दिरको हिन्दु धर्मालम्बीहरूमा विभिन्न महत्त्व रहिआएको छ । नेपालीहरूको महान चाड दशौँको ९ दिन नै यस मन्दिरमा हिन्दु धर्मालम्बीहरूको ठूलो घुँईचो लाग्ने गर्दछ । दशौँको ९ दिनसम्म पुजिने देवीहरु मध्य यस सुन्दरीमाई मन्दिरले पनि आफ्नो फरक महत्त्व बोकेको छ । सुन्दरीमाई मन्दिरको उचित व्यवस्थापनको लागि यस मन्दिरमा पुजारीको समेत व्यवस्था गरिएको छ । दैनिक पुजापाठ बाहेक पनि यस मन्दिरमा विभिन्न धार्मिक सङ्घ संस्था तथा व्यक्तिकै आयोजनामा पनि विशेष पुजापाठ तथा लाखवत्ती प्रजोलनको कार्यक्रम समेत आयोजना गर्ने गरिन्छ ।

यी पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद