सान होसे, क्यालिफोर्निया

सान होसे, (स्पेनी: San José), आधिकारिक रूपमा सान होसे सहर, सांस्कृतिक, वित्तीय, र सिलिकन उपत्यकाको राजनीतिक केन्द्र र जनसङ्ख्या र क्षेत्रफल दुबैको आधारमा यो उत्तरी क्यालिफोर्नियाको सबैभन्दा ठूलो सहर हो।[upper-alpha १] यसको जनसङ्ख्या सन् २०१९ सम्म १,०२१,७९५ रहेको थियो। यो क्यालिफोर्नियामा लस एन्जलस र सान डिएगो पछिको तेस्रो-सर्वाधिक जनसङ्ख्या भएको सहर हो भने यो संयुक्त राज्य अमेरिकाको दशौँ अधिक जनसङ्ख्या भएको सहर हो।[११][१२][१३] सान फ्रान्सिस्को खाडीको दक्षिणी किनारमा सान्ता क्लारा उपत्यकाको बीचमा अवस्थित सान होसेको क्षेत्रफल १७९.९७ वर्ग माइल (४६६.१ वर्ग किलोमिटर) रहेको छ। सान होसे सान्ता क्लाराको जिल्ला परिषद हो भने यो सबैभन्दा धनी जिल्ला र संयुक्त राज्य अमेरिकाको सबैभन्दा धनी जिल्लाहरू मध्ये एक हो।[१४] सान होसेको सन्नीभेल– सान्ता क्लारा महानगरीय र साङ्ख्यिकी क्षेत्रको मुख्य घटक हो।[१५][१६][१७][१८] यो दुबै सान फ्रान्सिस्को खाडी क्षेत्र र सान होसे-सान फ्रान्सिस्को-ओकल्यान्ड संयुक्त साङ्ख्यिकीय क्षेत्रको सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर हो[१९][२०][२१], जसमा करिब क्रमशः ७ करोड ७० लाख र ८ करोड ७० लाख मानिसहरू बसोबास गर्दछन्।[२२]

सान होसे, क्यालिफोर्निया
सहर
सान होसे सहर
सान होसे, क्यालिफोर्नियाको झण्डा
सान होसे, क्यालिफोर्नियाको आधिकारिक छाप
आदर्श वाक्य: 
सिलिकन उपत्यकाको राजधानी
सान्ता क्लाराको अवस्थितिको अवस्थिति
सान्ता क्लाराको अवस्थिति
San Jose is located in क्यालिफोर्निया
San Jose
San Jose
Location within California
San Jose is located in the United States
San Jose
San Jose
Location within the United States
San Jose is located in उत्तर अमेरिका
San Jose
San Jose
Location within North America
निर्देशाङ्क: ३७°२०′उ॰ १२१°५४′प॰ / ३७.३३३°N १२१.९००°W / 37.333; -121.900 १२१°५४′प॰ / ३७.३३३°N १२१.९००°W / 37.333; -121.900
देशसंयुक्त राज्य अमेरिका अमेरिका
राज्यक्यालिफोर्निया क्यालिफोर्निया
जिल्ला सान्ता क्लारा
क्षेत्रसान फ्रान्सिस्को खाडी क्षेत्र
महानगरसान होसे-सन्निभेल-सान्ता क्लारा
संयुक्त तथ्याङ्कीय क्षेत्रसान होसे-सान फ्रान्सिस्को-ओक्ल्यान्ड
पुएब्लोनोभेम्बर २९, १७७७
रूपमा स्थापितPueblo de San José de Guadalupe
स्थापनामार्च २६, १८५० [१]
नामकरणसन्त जोसेफ
सरकार
 • प्रकारपरिषद प्रबन्धक[२]
 • अङ्गसान होसे सहर परिषद
 • प्रमुखसाम लिक्कार्दो[३] (D)
क्षेत्रफल
 • सहर४६९.७२ किमी (१८१.३७ वर्ग माइल)
 • जमीन४६१.६३ किमी (१७८.२४ वर्ग माइल)
 • पानी८.०९ किमी (३.१२ वर्ग माइल)  १.९१%
 • सहरी
७४१.०३ किमी (३२४.२७ वर्ग माइल)
 • महानगर
६९७९ किमी (२६९४.६१ वर्ग माइल)
उन्नतांश२५ मिटर (८२ फिट)
न्यूनतम उचाई० मिटर (० फिट)
जनसङ्ख्या
 (सन् २०२०)
 • सहर९४५९४२
 • लगत 
(सन् २१९)[८]
१०२१७९५
 • क्रमक्यालिफोर्नियामा तेस्रो[९]
अमेरिकामा १०औँ
 • घनत्व२२१३.४४/किमी (५७३२.७९/वर्ग माइल)
 • सहरी
१८९४३८९ (२९औँ)
 • महानगर
१९९८४६३ (३४औँ)
 • संयुक्त तथ्याङ्कीय क्षेत्र
८८३७७८९ (५औँ)
समय क्षेत्रयुटिसी−८ (प्रशान्त समय रेखा)
 • ग्रीष्म (डिएसटी)युटिसी−७ (प्रशान्त दिवाप्रकाश समय)
जिप अङ्क
सूची
  • ९५००२
  • ९५००८
  • ९५१०१
  • ९५१०३
  • ९५१०६
  • ९५१०८–९५११३
  • ९५११५–९५१४१
  • ९५१४८
  • ९५१५०–९५१६१
  • ९५१६४, ९५१७०
  • ९५१७२
  • ९५१७३
  • ९५१९०–९५१९
  • ९५१९६[९]
  • leader_name3
क्षेत्रीय सङ्केत४०८/६६९
वेबसाइटwww.sanjoseca.gov

सान होसे यसको सम्पन्नताको लागि, नवीनता केन्द्रको रूपमा उल्लेखनीय छ।[२३][२४][२५] भूमध्यसागरीय जलवायु, र अत्यन्त उच्च जीवनको लागतका लागि यस सहर परिचित छ। सांस्कृतिक, राजनैतिक र आर्थिक केन्द्रको रूपमा बढेको सहर उच्च प्रविधि उद्योगमा सान होसेको स्थानले सहरलाई "सिलिकन उपत्यकाको राजधानी"को उपनाम दिएको छ।[२६] ब्रुकिङ इन्स्टिच्युसन नामक एक संस्थाको एक प्रतिवेदनका अनुसार, सान होसे संयुक्त राज्य अमेरिका र विश्वको सबैभन्दा धनी प्रमुख सहरहरू मध्ये एक हो।[२७] सान होसे महानगरीय क्षेत्रमा अमेरिकाकै सबैभन्दा बढी करोडपति र अरबपतिहरू रहेका छन्।[२८] सन् २०१७ को जनसाङ्ख्यिकीय अन्तर्राष्ट्रिय आवास सर्वेक्षणका अनुसार, सान होसेसँग देशको सबैभन्दा महँगो आवास बजार छ र भने यो विश्वको पाँचौँ सबैभन्दा महँगो आवास बजार हो। [२९] इबे, एडोब, पेपल, सामसङ, जुम आदी लगायतका प्रमुख विश्वव्यापी प्रविधि कम्पनीहरूले सिलिकन उपत्यकाको बीचमा सान होसेमा आफ्नो प्रधान कार्यालयहरू कायम राखेका छन्।[३०][३१][३२][३३]

स्पेनीको आगमन हुनु अघि, सान होसे वरपरका क्षेत्रहरूमा क्यालिफोर्नियाको ओहलोन मानिसहरू बसोबास गरेका थिए। सान होसेको स्थापना २९ नोभेम्बर १७७७ मा पुएब्लो दे सान होसे दे ग्वादालुपेको रूपमा भएको थियो भने सहर क्यालिफोर्नियाको सबैभन्दा पहिला पत्ता लगाइएको सहर हो। यो मेक्सिको स्वतन्त्रता युद्ध पछि सन् १८२१ मा मेक्सिकोको भाग बनेको थियो।[३४] मेक्सिको – अमेरिकी युद्धको क्रममा अमेरिकी पक्षको विजय पश्चात्, यस क्षेत्र सन् १८४८ मा संयुक्त राज्य अमेरिकालाई हस्तान्तरण गरिएको थियो। दुई वर्षपछि क्यालिफोर्नियाले राज्य प्राप्त गरेपछि सान होसे राज्यको पहिलो राजधानी भएको थियो। दोस्रो विश्वयुद्ध पश्चात्, सान होसेले सन् १९५० र सन् १९६० को दशकमा नजिकैका सहरहरू कब्जा गर्दै विभिन्न आर्थिक संलग्नताको साथ आर्थिक बृद्धि हासिल गरेको थियो। उच्च प्रविधि र विद्युतीय उद्योगको द्रुत बृद्धिले कृषि केन्द्रबाट सहरीकृत महानगरीय क्षेत्रमा यसलाई थप गति प्रदान गरेको थियो।[३५] सन्‌ १९९० को जनगणनाको नतीजाले सान होसे आधिकारिक रूपमा उत्तरी क्यालिफोर्नियाको सबैभन्दा अधिक जनसङ्ख्या भएको सहरको रूपमा सान फ्रान्सिस्कोलाई पार गरेको थियो।[३६]सन् १९९० को दशकमा सान होसे र बाँकी सिलिकन उपत्यका उच्च प्रविधि र इन्टरनेट उद्योगहरूको लागि विश्वव्यापी केन्द्र बन्न पुगेको थियो र यसले क्यालिफोर्नियाको सबैभन्दा द्रुत बृद्धि भएको अर्थव्यवस्था काय गरेको छ।[३७]

इतिहास

ऐतिहासिक सम्बद्धता

  • स्पेनी साम्राज्य सन् १७७१–१८२१
  • प्रथम मेक्सिको साम्राज्य, सन् १८२१–१८२३
  • संयुक्त मेक्सिको राज्य, सन् १८२३–१८४८
  • क्यालिफोर्निया गणतन्त्र, सन् १८४६
  • अमेरिका, सन् १८४८–हाल

पूर्व कोलोम्बियाली कालखण्ड

सान्ता क्लारा उपत्यकामा ओहलोन जातिको तमयन समूह ४,००० ईसापूर्वदेखि यहाँ उपस्थित थिए।[३८][३९][४०] तमयन ओहलोन भाषा परिवारको तमयन भाषा बोल्दथे। क्यालिफोर्निया स्पेनी उपनिवेश भएसँगै, धेरै तमयनहरू सान्ता क्लारा दे आसिस र सान होसे अभियान अन्तर्गत यहाँ आएका थिए।[४१]

स्पेनी कालखण्ड

A १७८१ को पुएब्लो दे सान होसे दे ग्वार्दालुपको नक्सा
सन् १७९७ मा सान होसेको सबैभन्दा पुरानो भवन।
सान होसले प्रत्येक वर्ष यसको जन्मोत्सव मनाउँदछ।

स्पेनी अन्वेषक हुआन रोद्रिगेसले काब्रियोले क्यालिफोर्नियाको तटको अन्वेषण गरेको समय वा सन्‌ १५४२ मा क्यालिफोर्नियालाई स्पेनी साम्राज्यको अंशको रूपमा दावी गरिएको थियो। यस समयमा, क्यालिफोर्निया र बाखा कालिफोर्नियालाई क्यालिफोर्नियाको प्रदेशको (स्पेनी: Provincia de Las California) (लिप्यन्तरण: प्रोबिन्सिया दे लन कालिफोर्निया) रूपमा सँगै प्रशासित गरिएको थियो। करीव २०० भन्दा धेरै वर्षदेखि क्यालिफोर्नियाको जनसङ्ख्या एकदमै न्युन रहेको र मेक्सिको सिटीमा नयाँ स्पेनको सरकारले यसलाई बेवास्ता गरेको थियो। सन्‌ १७६९ मा उत्तरी क्यालिफोर्नियामा अन्ततः स्पेनी अधिकारीहरूद्वारा पोर्तोला अभियानको साथ सर्वेक्षण गरिएको थियो।[४२]

सान होसे क्यालिफोर्नियाको पहिलो नागरिक बस्तीका रूपमा २७ नोभेम्बर १९७७ मा होसे हुवाकिन मोरागाद्वारा पुएब्लो दे सान होसे दे गुआदालुपेको रूपमा आधिकारिक रूपमा स्थापना भएको थियो। सान होसेले अल कामिनो रेआलको साथ रणनीतिक बस्तीका रूपमा काम गरेका थिए। सन् १७९१ मा, पुएब्लोको रूपमा रहेको यस सहरलाई विशाल बाढीका कारण, बसोबास लगभग एक माईल दक्षिणमा सारिएको थियो। [४३]

सन् १८०० मा, क्यालिफोर्नियाको उत्तरी भागमा बढ्दो जनसङ्ख्याका कारण क्यालिफोर्निया राज्यपाल दिएगो दे बोरिकाले यस क्षेत्रलाई आधिकारिक रूपमा दुई भागमा विभाजित गरेसँगै आल्ता क्यालिफोर्निया (माथिल्लो क्यालिफोर्निया) अमेरिकी राज्यको अंश बनेको थियो भने बाखा कालिफोर्निया अन्ततः दुई मेक्सिकी राज्यहरूको रूपमा उदय भएको थियो।[४४][४५]

मेक्सिको कालखण्ड

सान होसेका दशौँ प्रमुख थोमस फालोनको एक मुर्ती

मेक्सिकोको स्वतन्त्रता युद्ध पश्चात् सन् १८२१ मा यो पहिलो मेक्सिकी साम्राज्यको अंश बनेको थियो। यसको नयाँ स्वतन्त्रता, र गणतन्त्र आन्दोलनको विजयको साथ, मेक्सिकोले सन् १८२४ मा क्यालिफोर्नियाको अभियानहरूलाई सुरक्षित गर्दै आल्ता क्यालिफोर्नियामा क्याथोलिक गिर्जाघरको शक्तिलाई खस्काउन तर्फ अग्रसर भएको थियो।सन् १८२४ मा, कम जनसङ्ख्या भएको क्यालिफोर्नियामा बसोबास र आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्न, मेक्सिको सरकारले क्यालिफोर्नियामा पिछडिएको जग्गामा बसोबास गराउने उद्देशका साथ एक पहलको प्रारम्भ गरेको थियो। सन् १८३३ र १८४५ को बीचमा सान्ता क्लारा उपत्यकाका केही भूभागहरू अनुदानमा जारी गरिएको थियो, जसमध्ये १५ आधुनिक सान होसेको सिमानामा अवस्थित छन्।[४६]

सन् १८३५ मा सान होसेको अनुमानित ७०० र ४० विदेशीहरू, मुख्यतया अमेरिकी र अङ्ग्रेजहरू थिए। मुख्यतया अमेरिकी अध्यागमनका कारण, सन् १८४५ सम्ममा, पुएब्लोको जनसङ्ख्या बढेर ९०० पुगेको थियो। सान होसे र क्यालिफोर्नियामा वैदेशिक बस्तीले क्यालिफोर्नियाली समाजलाई द्रुत रूपमा परिवर्तन गरिरहेका थिए, जसले विस्तारै आर्थिक अवसरहरू र विदेशी संस्कृतिको अवलम्बन गरेको थियो। [४७]

अमेरिकी कालखण्ड

सन् १८७५ मा, सान होसे
नोत्रो दामे उच्च विद्यालय सन् १८७६ मा।

सन् १८४७ को अन्तमा, संयुक्त राज्य अमेरिकाले क्यालिफोर्निया माथि विजय हासिल गरेको थियो जसले गर्दा मेक्सिको-अमेरिकी युद्धको अन्त्य भएको थियो। सन् १८५८ मा, ग्वादालुपे हिदाल्गोको सन्धिले क्यालिफोर्नियालाई औपचारिक रूपमा संयुक्त राज्य अमेरिकालाई हस्तान्तरण गरेको थियो।[३९]१५ डिसेम्बर १८४९ मा, सान होसे क्यालिफोर्नियाको असङ्गठित क्षेत्रको राजधानी बनेको थियो। ८ सेप्टेम्बर १८५० मा क्यालिफोर्नियाको सङ्घमा प्रवेशको साथ, सान होसे राज्यको पहिलो राजधानी भएको थियो।२७ मार्च १८५० मा सान होसेको स्थापना गरिएको थियो।[४८] यसलाई सान डिएगो र बेनिसियाको रूपमा सम्मिलित गरिएको थियो। सान होसे संक्षेपमा क्यालिफोर्नियाको पहिलो राज्यको राजधानी थियो।[४९]

सन् १९०० देखि १९१० सम्मको अवधिमा सान होसले अग्रगामी आविष्कार, नवीनतामा प्रभाव पार्ने केन्द्रको रूपमा सेवा गरेको थियो।[५०] यी गतिविधिहरूलाई मुख्यतया जोन मोन्टगोमेरी र उनका साथीहरूले नेतृत्व गरेका थिए। यस अवधिमा, सान होसे कृषि र खाद्य प्रशोधन र औद्योगिकीकरणको लागि नवीनताको केन्द्र बन्न पुगेको थियो। [५१] सान फ्रान्सिस्को जत्तिकै गम्भीर रूपमा प्रभाव नपरे पनि सान होसेलाई सन् १९०६ को सान फ्रान्सिस्को भूकम्पले ठूलो क्षति पुर्‍याएको थियो।[५२] भूकम्पमा परी १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। सन् १९४० मा गरिएको, जनगणना सहरको कुल जनसङ्ख्याहरू मध्ये ९८% गोरा जाति भएको देखाएको थियो।[५३]

३ अप्रिल १९७९ मा, "é" विशेषाङ्कको साथ सान होसे सहर परिषद्ले सहरको नामको हिज्जे, छाप, आधिकारिक मसलन्द, कार्यालयको शीर्षक र विभागको नामहरूमा यो लागू गरेको थियो। यसका साथै सहर परिषदको सम्मेलनले सान होसेको यो हिज्जे प्रयोग गर्दछ। [५४]

सिलिकन उपत्यकामा सान होसेको स्थितिले थप आर्थिक र जनसङ्ख्या वृद्धि सुरु गरेको थियो।[५५][५६] सन् १९९० को जनगणनाबाट आएको नतीजाले सान होसेले सान फ्रान्सिस्कोलाई पहिलो पटक खाडी क्षेत्रको सबैभन्दा अधिक जनसङ्ख्या भएको सहरको रूपमा पार गरेको सङ्केत गर्दछ।[५७] सन् १९७६ र सन् २००१ को बीच वृद्धिसँगै देशमा सबैभन्दा उच्च आवासको लागतमा वृद्धि भएको थियो।[५८] सन् १९७४ को सहरी योजनाले सहरी विकासको सीमालाई अबाधित राख्दै पहाडहरूमा विकास प्रतिबन्धहरू कम गर्न मतदाताले मतपत्रको अस्वीकार पछि, सन् १९९० को दशक सम्म घनत्व वृद्धि गर्ने प्रयासहरू जारी रहेको थियो।[५९]

भूगोल

सान होसेको ३७°२०′०७″ उत्तर १२१°५३′३१″पश्चिममा अवस्थित छ। संयुक्त राज्य जनगणना विभागका अनुसार यस सहरको जम्मा क्षेत्र १८०.० वर्ग माइल (४६६ वर्ग किलोमिटर) रहेको छ, जसमध्ये ३.४ वर्ग माइल (८.८ वर्ग किलोमिटर) (१.९१%) पानी छ, जसले यसलाई लस एन्जलस, सान डिएगो र क्यालिफोर्निया सहर पछिको भूमि क्षेत्रद्वारा क्यालिफोर्निया राज्यको चौथो ठूलो सहर बनाउँदछ।

सान होसे सहरमा एक वर्षमा औसत एक वा दुई पटक मध्यम भूकम्प आउने तथ्याङ्कले देखाउँदछ। यी भूकम्पहरू सहरको पूर्वपट्टि कालाभेरस भ्रशंको कमजोर खण्डबाट सुरु हुन्छ जुन उत्तरी क्यालिफोर्नियामा भूकम्प गतिविधिको प्रमुख स्रोत हो। १४ अप्रिल १९४८ स्थानीय समय अनुसार दिउँसो १:१५ मा, सहरमा ६.२ रेक्टर परिणामको भूकम्पले गएको थियो जसले सान होसेको ह्यामिल्टन हिमाल नजिकै रहेको कालाभेरस भ्रशंमा क्षति गरेको थियो। सन् १९०६ मा गएको सबैभन्दा शक्तिशाली भूकम्पले सान होसेका धेरै भवनहरूलाई क्षति पुर्‍याएको थियो। सहरमा सन् १८३९, सन् १८५१, सन् १८५८, सन् १८६४, सन् १८६५, सन् १८६८, र सन् १८९१ मा शक्तिशाली भूकम्पहरू गएका थिए।

भूआकृति

गुवादालुपे नदी सान्ता क्रुज पर्वतबाट बग्दछ जसले प्रशान्त तटबाट दक्षिण खाडीलाई विभाजित गर्दछ। यो उत्तरी सान होसे हुँदै बग्दछ र अल्भिसोको सान फ्रान्सिस्को खाडीमा समाप्त हुन्छ। नदीको दक्षिणी भागमा रहेको अल्मादेन उपत्यकाको यसको छिमेकी भाग हो। गुवादालुप नदीको पूर्वमा, कोयोते क्रिक पनि दक्षिण सान फ्रान्सिस्को खाडीमा बग्दछ। सान होसेको सबैभन्दा तल्लो विन्दु, सान फ्रान्सिस्को खाडीको अल्भिसो हो जुन समुद्री सतहबाट १३ फिट (४० मिटर) माथि रहेको छ भने सबैभन्दा माथिल्लो विन्दु समुद्री सतहबाट ३,१२५ फिट (६४८ मिटर) माथि रहेको छ। सान होसेले प्रकाश प्रदूषण कम गर्न धेरै कदमहरू चालेको छ। सान होसे प्रशान्त महासागरको नजिकै अवस्थित छ र यसको उत्तरी सीमानाको सानो अंशले सान फ्रान्सिस्को खाडीलाई छुन्छ। सान्ता क्लारा उपत्यका खाडी क्षेत्रको जनसङ्ख्या केन्द्र हो। भौगोलिक जनसङ्ख्या वितरण र उपत्यकाबाट टाढा रहेको उपनगरीयकरणको चलनमा यो विकासले ठूलो खाडी क्षेत्रको रूपमा आकार लिएको छ। सान होसे सहरमा चार अलग उपत्यकाहरू छन्।

मौसम

सान होसेमा, अन्य खाडी क्षेत्रको जस्तै, भूमध्य जलवायुका कारण तातो, सुख्खा गर्मी र हल्का देखि धेरै जाडो मौसम छ। सान जोसको औसत ३०१ दिन घाम लाग्दछ र वार्षिक औसत तापमान ६०.५ डिग्री फर्हेन्हाइट (१५.८ डिग्री सेल्सियस) हुने गरेको छ। यो भित्री भागमा अवस्थित छ भने यसलाई पहाडहरूद्वारा चारै तिर घेरिएको। महासागरको नजिक नहरेका कारण सहरले वर्षाबाट केही बढी आश्रय पाएको छ। यसले एक बेसी क्षेत्रको अन्य भागहरूको तुलनामा सहरमा १५.८२ इन्च वा ४०१.८ मिलिमिटर वार्षिक औसत वर्षा हुने गरेको छ। खाडी क्षेत्रको जस्तै, सान जोस दर्जनौँ सुक्ष्म मौसमबाट बनेको छ। सान्ता क्रुज पर्वतबाट झर्दै आएको प्रमुख वर्षाको कारण, सान होसेले सहरमा सबैभन्दा हल्का वर्षाको अनुभव गर्दछ, जबकि दक्षिण सान होसे, केवल १० माइल (१६ किलोमिटर) टाढा रहेको छ जहाँ बढी वर्षा र केही बढी चरम तापक्रमको अनुभव गर्न सकिन्छ।

मासिक दैनिक औसत तापमान डिसेम्बर र जनवरीमा ५० डिग्री फर्हेन्हाइट (१० डिग्री सेल्सियस) हुन्छ भने जुलाई र अगस्टमा तापक्रम ७० डिग्री फर्हेन्हाइट (२१.१ डिग्री सेल्सियस) हुन्छ। १४ जुन २००० मा, सान जोसेमा अहिलेसम्मकै उच्चतम तापमान ४२.८ डिग्री सेल्सियस सम्म पुगेको थियो भने सन् डिसेम्बर २२-२३, १९९० मा, सबैभन्दा न्युनतम तापक्रम −७.२ डिग्री सेल्सियसमा झरेको थियो।

टिप्पणी

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद