सत्य पहाडी

एकिकृत नेकपा माओवादीको तर्फबाट संविधान सभा सदस्यमा पिछडिएको क्षेत्रबाट प्रतिधित्व गर्ने महिला सभाषद सत्या पहाडी लामो सयमसम्मको राजनीतिक संघर्ष, जनता र पार्टीको आफू प्रतिको विश्वासले नै संविधान सभा सदस्यमा विजयी भएको बताउनुहुन्छ।

सत्य पहाडी
सुसना सिंह
शान्ति तथा पुनर्निर्माण मन्त्रालय, नेपाल
कार्यकाल
२०६८ कार्तिक – २०६९ बैशाख[१]
राष्ट्रपतिरामवरण यादव
प्रधानमन्त्रीबाबुराम भट्टराई

पञ्चायती व्यवस्थामा पक्षधर प्रभावशालि डोल्पाली नेता मोतीप्रसाद पहाडीकी भतिजी सत्याका श्रीमान् शक्तिबहादुर बस्नेत सुरेश सिंह माओवादीका केन्द्रीय सदस्य हुनुहुन्छ। सत्याका माहिला बा मोतिप्रसाद धनी भए पनि सत्याको परिवार भने गरीबीमा डुवेको थियो।

२०३४ असोज ७ गते डोल्पाको लिकु -४ तल्लो लिकूमा जन्मेकी पहाडी पार्टी भित्र सुसना सिंह उपनामले पनि चिनिनुहुन्छ। आफ्नै गाउमा व्याप्त असमानता देखेर वाम राजनीतिले आकर्षित गरेको बताउने पहाडीका दाजु दाजु जयनप्रसाद पहाडी पनि माओवादीका राज्य समितिका सदस्य हुनुहुन्छ।

कक्षा सात पढ्दा देखि नै विद्यार्थी सङ्गठनबाट राजनीति थालेकी सत्याले २०४९ सालमा माओवादीको पार्टी सदस्यता लिनुभएको थियो। उहाँ २०५२ सालमा विद्यार्थी सङ्गठनको केन्द्रीय सदस्य हुनुहुन्थ्यो र त्यसबेला देखि भूमिगत जीवन सुरू गर्नुभएकी पहाडी २०५३ सालमा जाजरकोट जिल्ला समितिकी सदस्य हुनुभयो।

२०५५ सालमा जेल परेकी सत्या तीन वर्ष पछि मात्र रिहा हुनुभयो। २०५९ सालमा क्षेत्रीय व्युरो सदस्य भएकी सत्या २०६३ सालदेखि राज्य समितिकी सदस्य पनि हुनुहुन्छ।

हिरासतमा रहँदा नै प्रविणता प्रमाणपत्र सम्मको अध्ययन गरेकी पहाडी कवयित्री पनि हुनुहुन्छ र उहाँका दुई वटा कवितासङ्ग्रह प्रकाशित पनि छन्। फुर्सदको बेला साहित्य सिर्जनामा मन जाने बताउने पहाडीको पार्टीको घोषणा पत्र अनुरूपको संविधान लेख्नु नै आफ्नो प्रमुख लक्षय भएको बताउनुहुन्छ।[२]

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद