सचिन तेन्दुलकर

भुतपूर्व भारतीय क्रिकेट खेलाडी

सचिन तेन्दुलकर (/ˌsəɪn tɛnˈdlkər/ ( ); जन्म २४ अप्रिल १९७३) भारतको भुतपूर्व खेलाडी र कप्तान हुन । उनको जन्म भारतको मुम्बईमा भएको हो । सचिन विश्व क्रिकेटको इतिहासमा विश्वकै सर्वश्रेष्ठ ब्याट्सम्यानहरूमा गनिन्छन् ।[७][८][९][१०][११] उनले सन् १९८९ मा पाकिस्तान विरुद्ध कराचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवनको प्रारम्भ गरेका थिए। उनले टेस्ट तथा एकदिवसीय क्रिकेट गरी दुवैमा सर्वाधिक रन तथा शतक बनाएका छन् । उनले टेस्ट क्रिकेटमा ४९ शतक तथा एकदिवसीय क्रिकेटमा ५१ शतक बनाएका छन् । उनी पुरुष समूहको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो खेलाडी हुन् । उनी टेस्ट क्रिकेटमा सबैभन्दा धेरै १५,९२१ रन बनाउने एक मात्र खेलाडी हुन् ।[१२] एकदिवसीय म्याचहरूमा पनि उनलाई सर्वाधिक रन बनाउने कीर्तिमान प्राप्त छ । उनले आफ्नो पहिलो प्रथम श्रेणी क्रिकेट म्याच मुम्बईको लागि १४ वर्षको उमेरमा खेलेका थिए ।

सचिन तेन्दुलकर
राज्यसभाका सदस्य, भारत रत्न, अर्डर अफ अस्ट्रेलिया
व्यक्तिगत जानकारी
नामसचिन रमेश तेन्दुलकर
उपनामलिटिल मास्टर, तेन्देल्या, क्रिकेटको भगवान,[१] मास्टर ब्लास्टर,[२] द मास्टर,[३][४] द लिटल च्याम्पियन,
उचाई५ फिट ५ इन्च [५]
ब्याटिङदाँया हाते
बलिङदायाँ हाते लेग स्पिन, अफ स्पिन, मध्यमगति
भूमिकाब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप १८७)१५ नोभेम्बर १९८९ v पाकिस्तान
अन्तिम टेस्ट१४ नोभेम्बर २०१३ v वेस्ट इन्डिज
एदिअ पदार्पण (क्याप ७४)१८ डिसेम्बर १९८९ v पाकिस्तान
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१८ मार्च २०१२ v पाकिस्तान
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक१०
घरेलु टोली जानकारी
वर्षटिम
१९८८–२०१३मुम्बई
२००८–२०१३मुम्बई इन्डियन्स (इन्डियन प्रिमियर लिग)
१९९२योर्कशिर
खेल जीवन तथ्याङ्क
प्रतियोगिताटेस्टओडिआईप्रथम श्रेणीसूची ए
म्याच२००४६३३१०५५१
कुल रन१५,९२११८,४२६२५,३९६२१,९९९
ब्याटिङ औसत५३.७९४४.८३५७.९२४५.५४
१००/५०५१/६८४९/९६८१/११६६०/११४
सर्वोच्च स्कोर२४८*२००*२४८*२००*
कुल बल४,२४०८,०५४७,५६३१०,२३०
विकेट४६१५४७१२०१
बलिङ औसत५४.१७४४.४०६२.१८४२.१७
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट--
उत्कृष्ट बलिङ३/१०५/३२३/१०५/३२
क्याच/स्टम्प११५/-१३५/-१७४/-१७५/-
स्रोत: [६] क्रिकइन्फो, १५ नोभेम्बर २०१३

सन् २००२ मा आफ्नो करियरको आधा बाटोमै विज्डन क्रिकेट खेलाडी्स अल्मानाकले उनलाई टेस्ट क्रिकेटको सबैभन्दा महान ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा राखेको थियो, उनीभन्दा अगाडि अस्ट्रेलियाका डन ब्र्याडम्यान थिए । त्यसैप्रकार एकदिवसीय क्रिकेटमा पनि उनलाई दोस्रो स्थान प्राप्त भएको थियो, उनीभन्दा अगाडि वेस्ट इन्डिजका भिभ रिचर्ड्स रहेका थिए ।[१३] तेन्दुलकर २०११ क्रिकेट विश्वकप भारतले जित्दा सो टिममा प्रमुख खेलाडीको रूपमा थिए, उनले भारतको लागि खेलेका ६ क्रिकेट विश्वकपहरू मध्ये पहिलो जित थियो ।[१४] उनी त्यसभन्दा पहिले दक्षिण अफ्रिकामा भएको २००३ क्रिकेट विश्वकप प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट भएका थिए । सन् २०१३ मा विज्डन क्रिकेट खेलाडी्स अल्मानकको १५०औँ वार्षिकोत्सवको अवसरमा विश्व क्रिकेट इतिहासमा विश्व टेस्ट एघारको सूचीमा आफ्नो स्थान बनाउन सफल उनी मात्र एकजना भारतीय क्रिकेट खेलाडी थिए ।[१५][१६][१७]

तेन्दुलकरले क्रिकेट खेलमा गरेको योगदानको कदर स्वरूप भारत सरकारले सन् १९९४ मा अर्जुन पुरस्कार, सन् १९९७ मा भारतको सबैभन्दा ठुलो खेल सम्मान राजीव गान्धी खेल रत्नका साथै सन् १९९९ र सन् २००८ मा क्रमसः पद्म श्रीपद्म विभूषणले सम्मानित गरेको थियो ।[१८] सन् २०१३ नोभेम्बर १६ मा आफ्नो क्रिकेट जीवनको अन्तिम म्याच सकेको केहीबेरमै प्रधानमन्त्री कार्यालय (भारत)ले उनलाई भारतको सबैभन्दा नागरिक सम्मान भारत रत्नले सम्मानित गर्ने निर्णय गरेको थियो ।[१९][२०] भारत रत्नले सम्मानित हुने हालसम्मका सबैभन्दा कान्छो र पहिलो खेलाडी हुन् ।[२१][२२]

सन् २०१२ डिसेम्बरमा, तेन्दुलकरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे ।[२३] उनी ट्वान्टी२० क्रिकेटबाट अक्टोबर २०१३ मा सन्यास लिए [२४] र यसै प्रकार सचिनले सन् २०१३ नोभेम्बर १६ मा मुम्बईको वानखेडे स्टेडियममा वेस्ट इन्डिज विरुद्ध आफ्नो जीवनको २००औँ तथा अन्तिम टेस्ट म्याच खेलेर क्रिकेटको सबै स्वरूपबाट सन्यास लिएका थिए । तेन्दुलकरले ६६४ अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेलेर जम्मा ३४,३५७ रन बनाएका थिए ।[१२]

प्रारम्भिक जीवनी

अञ्जली र सचिन एक सार्वजनिक समारोहमा

तेन्दुलकरको जन्म राजापुरको मराठी ब्राह्मण परिवारमा भएको थियो ।[२५] उनको बुवा रमेश तेन्दुलकर चिनिएका कथाकार थिए भने आमा रजनी एक जीवन विमा कम्पनीमा कार्य गर्थिन् ।[२६] सचिनको नाम उनको बुवाले आफ्नो मनपर्ने सङ्गीतकार सचिन देव बर्मनको नाममा राखेका थिए । उनको ठुलो दाई अजीत तेन्दुलकरले सचिनलाई क्रिकेट खेल्नका लागि प्रोत्साहित गरेका थिए । सचिनको एक भाइ नितिन तेन्दुलकर र एक बहिनी सविता तेन्दुलकर छन् ।[२७] सन् १९९५ मा सचिन तेन्दुलकरको विहे अञ्जली तेन्दुलकरसँग भयो । सचिनको दुई छोराछोरी छन् - सारा र अर्जुन ।

सचिनले मुम्बईको शारदाश्रम विद्यामन्दिरबाट आफ्नो शिक्षा पुरा गरेका थिए । त्यहिँ उनले प्रशिक्षक रमाकान्त अचरेकरको अचरजमा आफ्नो क्रिकेट जीवनको प्रारम्भ गरेका थिए ।

विश्व रेकर्ड

  • सन् २०१२ को मार्च १६ मा बङ्गलादेशमा सम्पन्न एसिया कप क्रिकेटमा बङ्गलादेशविरुद्ध एक सय रन बनाई अन्तर्राष्ट्रिय क्रिकेटमा एक नयाँ विश्व कीर्तिमान कायम गरे। उनले टेस्ट र एकदिवसीय गरी शतकको शतक बनाए। यो खेल बङ्गलादेशको मिरपुरस्थित शेरे बङ्गला राष्ट्रिय स्टेडियममा भएको थियो ।
  • सन् २००९ मा भारतको ग्वालियरमा दक्षिण अफ्रिका विरुद्ध एक एकदिवसीय क्रिकेटमा नट आउट २०० रन बनाए । उनी अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा २०० रन बनाउने पहिलो खेलाडी हुन् ।
  • सचिनले अन्तर्राष्ट्रिय क्रिकेटमा १०० शतक प्रहार गरे।
  • एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी (१७००० भन्दा बढी) रन ।
  • एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी ४९ शतक ।
  • एकदिवसीय अन्तर्राष्ट्रिय विश्व कप प्रतियोगितामा सबैभन्दा बढी रन ।
  • टेस्ट क्रिकेटमा सबैभन्दा बढी ५१ शतक ।
  • अस्ट्रेलियाको विरुद्ध ५ नोभेम्बर २००९ मा १७५ रनको इनिङसँगै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १७ हजार रन पुरा गर्ने विश्वको पहिलो ब्याट्सम्यान ।
  • टेस्ट क्रिकेटमा सबैभन्दा बढी रनको किर्तिमान ।
  • टेस्ट क्रिकेटमा १३००० रन बनाउने विश्वको पहिलो ब्याट्सम्यान ।
  • एकदिवसीय अन्तर्राष्ट्रिय म्याचमा सबैभन्दा बढी म्यान अफ द सिरीज ।
  • एकदिवसीय अन्तर्राष्ट्रिय म्याचमा सबैभन्दा बढी म्यान अफ द म्याच ।
  • अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा सबैभन्दा बढी ३०००० रन बनाउने कीर्तिमान ।

सचिन तेन्दुलकरका केही रोचक कुरा

  • सचिन तेन्दुलकर तेज बलर बन्न चाहन्थे । यही इच्छाले गर्दा सन् १९८७ मा उनले एमआरएफ पेस एकेडेमीमा पनि भर्ना भए । तर, उनलाई अस्ट्रेलियाका महान तेज बलर डेनिस लिले अस्वीकृत गरे।
  • सन् १९८७ को विश्वकपमा तेन्दुलकर बल ब्वाय थिए ।
  • सन् १९८८ मा अन्तरविद्यालय क्रिकेटमा उनले भारतकै पूर्वखेलाडी विनोद काम्बलीसँग मिलेर ६६४ रनको विश्व कीर्तिमान साझेदारी गरे । जसमा तेन्दुलकरको योगदान ३२६ रन थियो।
  • सचिन तेन्दुलकर इङ्ग्लिस काउन्टीमा खेल्ने सबैभन्दा कम उमेरका भारतीय क्रिकेट खेलाडी हुन् । सन् १९९२ मा उनले योर्कसायरबाट खेलेका थिए । उनी योर्कसायरका पहिलो ओभरसिज खेलाडी पनि हुन् ।
  • सचिन तेन्दुकलरले भारतको तीन सबैभन्दा ठूलो घरेलु प्रतियोगिता रन्जी ट्रफी, दुलिप ट्रफी र इरानी कपमा पहिलो खेलमै शतक बनाएका थिए ।
  • सचिन तेन्दुलकर आफ्नो आदर्श खेलाडी भारतका सुनिल गवास्कर तथा वेस्टइन्डिजका सर भिभियन रिचर्ड्सलाई मान्छन् ।
  • पाकिस्तानविरुद्ध कराँचीमा टेस्ट क्रिकेटमा पदार्पण गर्नेक्रममा तेन्दुलकरले सुनील गवास्करले उपहार दिएको प्याड लगाएका थिए ।
  • सचिन तेन्दुलकरले अन्य क्रिकेट खेलाडीलेभन्दा भारी ब्याट प्रयोग गर्छन् । प्रायः उनको ब्याटको तौल १ दशमलव ५ किलोको हुने गर्छ ।
  • सचिन तेन्दुलकरको एकदिवसीय क्रिकेटमा उत्कृष्ट वर्ष सन् १९९८ रह्यो । सो वर्ष उनले नौ शतकसहीत १,८९४ एकदिवसीय रन बनाएका थिए ।

सन्दर्भ सूची

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्


🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद