संयुक्त स्टक कम्पनी
संयुक्त-स्टक कम्पनी एक व्यवासायिक (कानुनी) व्यक्ति हो जसमा शेयरधनीद्वारा कम्पनीको स्टकको शेयरधनी किन्न र बेच्न सकिन्छ। प्रत्येक शेयर धनीले आफुले लिएको शेयर ; जुन स्वामित्वको प्रमाणपत्रहरू) द्वारा प्रमाणित हुन्छ; को अनुपातमा कम्पनी स्टकको स्वामित्व पाउँछ । [१] शेयरधनीले कम्पनी अस्तित्वमा रहेसम्म कुनै प्रभाव बिना आफ्नो शेयर अरूलाई हस्तान्तरण गर्न सक्षम छन्। [२]
प्रारम्भिक संयुक्त स्टक कम्पनीहरू
चीन
संयुक्त-स्टक कम्पनीहरूको प्रारम्भिक रेकर्ड ताङ र सोङ राजवंशको समयमा चीनमा देखा पर्छ। ताङ राजवंशको समयमा एक सक्रिय साझेदार र एक वा दुई निष्क्रिय लगानीकर्ताको साथ संयुक्त स्टक कम्पनीको प्रारम्भिक रूप हेबेन को सुरुवात गर्ने प्रचलन थियो। सोङ राजवंशको समयमा यो डौनिउ (शेयरधनीहरूको ठूलो समूह जसको व्यवस्थापन लगानीकर्ताहरूको पैसा प्रयोग गरेर आफ्नो व्यवसाय सञ्चालन गर्ने व्यापारी ज िंगसाङ्गको ) मा विस्तार भएको थियो। यसबाट मुनाफा मुनाफा बाँडफाँड, सिमित व्यक्तिगत जोखिम र ब्याज भुक्तानीको बोझ हुन्थ्यो। [३]
युरोप
हालैको इतिहासमा, इङ्गल्याण्डमा मान्यता प्राप्त सबैभन्दा प्रारम्भिक संयुक्त स्टक कम्पनी कम्पनी अफ मर्चेन्ट एडभेन्चरर्स टु न्यू ल्यान्ड्स थियो, जुन १५५१ मा २४० शेयर धनीहरूद्वारा स्थापना भएको थियो। १५५५ मा शाही आदेश हासिल गरेपछि यो मस्कोवी कम्पनी बन्यो, जसको रूस र इङ्गल्याण्ड बीचको व्यापारमा एकाधिकार थियो। ब्रिटिशको सबैभन्दा उल्लेखनीय संयुक्त स्टक कम्पनी ईस्ट इन्डिया कम्पनी थियो, जसलाई महारानी एलिजाबेथ प्रथम द्वारा ३१ डिसेम्बर १६०० भारतीय उपमहाद्वीपमा व्यापार स्थापना गर्ने उद्देश्यले शाही आदेश प्रदान गरिएको थियो। यो आदेशले नवगठित अनरेबल ईस्ट इन्डिया कम्पनी (Honourable East India Company)लाई इस्ट इन्डिजमा सबै अंग्रेजी व्यापारमा प्रभावकारी रूपमा पन्ध्र वर्षको एकाधिकार प्रदान गर्यो। [४]
त्यसको लगत्तै पछि, १६०२ मा डच ईस्ट इन्डिया कम्पनीले सेयर जारी गर्यो जुन एम्स्टर्डम स्टक एक्सचेन्जमा किनबेच गर्न सकिन्थ्यो।
अमेरिकामा लागू हुने पहिलो संयुक्त स्टक कम्पनीहरू लन्डन कम्पनी र प्लाइमाउथ कम्पनी थिए। [५]
संयुक्त पूँजी कम्पनीको लाभ
व्यावसायिक संगठनको कम्पनी स्वरूपलाई अन्य स्वरूपको तुलनामा कयौं लाभ प्राप्त हुन्छ, यी मध्ये केही निम्नलिखित छन् :
- सीमित दायित्व : कम्पनीको एक शेयरधनीको दायित्व उसले लिएको अंश (शेयर) को अंकित मूल्यसम्म मात्र सीमित हुन्छ।
- वृहद वित्तीय संसाधन : स्वामित्वको कम्पनी स्वरूप विशाल वित्तीय संसाधन जुटाउन सक्षम हुन्छा। एक कम्पनीको पूँजी, कम अंकित मूल्यको अंशमा विभाजित हुन्छा जसबाट कम आर्थिक संसाधन भएको व्यक्ति पानी कम्पनीको अंश क्रय गर्न सक्छ।
- निरंतरता : एक कम्पनीको व्यावसायिक जीवन दीर्घकालीन हुन्छ। एक अविछिन्न उत्तराधिकारी संस्थाको रुपमा यो निरन्तर चल्छ, यसको कोही सदस्यको मृत्यु भएपनि वा कोही सदस्यले छोडे पनि ।
- अंशको हस्तांतरणीयता : एक पब्लिक लिमिटेड कम्पनीको सदस्य आफ्नो हिस्सा (शेयर) को स्वतंत्रातापूर्वक, अन्य सदस्यको सहमति बिना नै हस्तान्तरित गर्न सक्छ ।
- जोखिमको वितरण : एक कम्पनीमा हानिको जोखिम धेरै हिस्सेदारहरूमा बाढीन्छ।
- सामाजिक लाभ : कम्पनी संगठन समाजको बचतको संगठित गरी उद्योग मा लगानी गरी सहायता गर्छ ।
संयुक्त पूँजी कम्पनीको सिमितता
- गठनमा कठिनाई :एक कम्पनी गठन बहुत मुश्किल तथा खर्चीलो हुन्छ । कयौं पत्र, कागजात तयार गरी रजिस्ट्रार कार्यालयमा दर्ता गर्नु अनिवार्य हुन्छ।
- अत्यधिक सरकारी नियन्त्रण : एक कम्पनीलाई आफ्नो दिन-प्रतिदिनको काममा विस्तृत वैधानिक विनियम पालना गर्नु पर्छ; सामयिक रिपोर्ट, अंकेक्षण तथा लेखा परिक्षण अनिवार्य हुन्छ ।
- निर्णय गर्न ढिलाई : निर्णय लिन समस्या उत्पन्न हुन्छ । सभा आयोजना गरेर, प्रस्ताव पारित गरेर निर्णय गर्दा धेरै समस्या आवश्यक हुन्छ ।
- गोपनियता अभाव : एक कम्पनीलाई आफ्नो कार्यको विभिन्न सुचना शेयरधनी तथा नियामकलाई प्रस्तुत गर्नु पछ ।
यो पनि हेर्नुहोस्
- सहकारी
- होल्डिङ कम्पनी
- लिमिटेड कम्पनी (लिमिटेड)
- सीमित दायित्व कम्पनी (LLC)
- सीमित दायित्व सीमित साझेदारी (LLLP)
- सीमित दायित्व साझेदारी (LLP)
- सीमित साझेदारी (LP)
- कम नाफा सीमित दायित्व कम्पनी (L3C)
- नाफामुखी निगम
- संयुक्त स्टक कम्पनी खोल्नुहोस् (OJSC)
- साझेदारी
- एकलौटी व्यवसाय
- ट्रस्ट कम्पनी