संयुक्त राष्ट्र शरणार्थी उच्च आयोग

संयुक्त राष्ट्र शरणार्थी उच्च आयोग ( United Nations High Commissioner for Refugee, UNHCR ) शरणार्थी, जबरजस्ती विस्थापित समुदाय र राज्यविहीन मानिसहरूलाई सहयोग र सुरक्षा गर्न र उनीहरूको स्वैच्छिक स्वदेश फिर्ता, स्थानीय एकीकरण वा तेस्रो देशमा पुनर्वासमा सहयोग गर्नको लागि जिम्मेवारी दिइएको संयुक्त राष्ट्रसंघीय निकाय हो। यसको मुख्यालय जेनेभा, स्विट्जरल्याण्ड मा छ । १८,८७९ भन्दा धेरै कर्मचारी भएको यो आयोगले १३८ देशहरुमा काम गर्दछ। [१]

Office of the United Nations High Commissioner for Refugees
चित्र:United Nations High Commissioner for Refugees logo.png
सङ्क्षिप्त नामUNHCR, HCR
गठन१४ डिसेम्बर १९५०; ७३ वर्ष पहिले (१९५०-१२-14)
प्रकारUnited Nations Programme
कानुनी वैद्यतागैर-नाफामुलक
प्रधान कार्यालयजेनेभा, स्विट्जरल्यान्ड
प्रमुख
Filippo Grandi
(उच्च आयुक्त )
मूल सङ्गठनहरू
संयुक्त राष्ट्र महासभा
संयुक्त राष्ट्र आर्थिक एवम् सामाजिक परिषद्
वेबसाइटunhcr.org

पृष्ठभूमि

संयुक्त राष्ट्र शरणार्थी उच्च आयोगको स्थापना दोस्रो विश्वयुद्धबाट उत्पन्न भएको शरणार्थी संकटलाई सम्बोधन गर्न सन् १९५० मा भएको थियो । १९५१ शरणार्थी महासन्धिले एजेन्सीको कामको दायरा र कानुनी ढाँचा स्थापित गर्यो, जुन सुरुमा युद्धबाट विस्थापित भएका युरोपेलीहरूमा केन्द्रित थियो। १९५० को दशकको उत्तरार्धमा, हंगेरी विद्रोहदेखि अफ्रिकाएशियाको उपनिवेशीकरणसम्म अन्य द्वन्द्वहरूका कारण हुने विस्थापनले शरणार्थी उच्च आयोगको कार्यहरूको दायरा फराकिलो बनायो। [२] २०१५ मा यसको 65 औं वार्षिकोत्सव सम्म, एजेन्सीले विश्वभर ५ करोड भन्दा बढी शरणार्थीहरूलाई सहयोग गरेको थियो।

जुन 2020 सम्म, शरणार्थी उच्च आयोगको जिम्मामा २ करोड भन्दा धेरै शरणार्थीहरू छन्। [३] फलस्वरूप, यसको वार्षिक बजेट १९५१ मा US$३००,००० बाट २०१९ मा US$८.६ अर्ब पुगेको छ, जसले यसलाई खर्चको हिसाबले संयुक्त राष्ट्र संघको सबैभन्दा ठूलो एजेन्सीहरू मध्ये एक बनाएको छ। [३] [४] शरणार्थी उच्च आयोगको बजेटको ठूलो हिस्सा स्वैच्छिक योगदानबाट आउँछ, प्रायः सदस्य राष्ट्रहरूबाट; सबैभन्दा ठूलो दाताहरू संयुक्त राज्य अमेरिका, युरोपेली संघ र जर्मनी हुन्। [५] एजेन्सीको काममा सुरक्षा, आश्रय, स्वास्थ्य सेवा र आपतकालीन राहत, पुनर्वास र स्वदेश फिर्तामा सहयोग, र शरणार्थीहरूको तर्फबाट राष्ट्रिय र बहुपक्षीय नीतिहरूको वकालत गर्ने समावेश छ। [६]

आफ्नो कामको कदर स्वरुप, यस आयोगले सन् १९५४ र १९८१ मा दुईवटा नोबेल शान्ति पुरस्कार र सन् १९९१ मा अन्तर्राष्ट्रिय सहयोगका लागि प्रिन्स अफ अस्टुरियास पुरस्कार (Prince of Asturias Awards for International Cooperation) जितेको छ [७] यो संयुक्त राष्ट्र विकास समूह (दिगो विकासमा समर्पित संस्थाहरूको एक संघ)को सदस्य हो, । [८]

काम

11 डिसेम्बर 2006 मा विनाशकारी बाढी पछि केन्याको डाडाबमा पाल, टार्प्स र लामखुट्टेको जाली समावेश UNHCR प्याकेजहरू।

पुरस्कारहरू

शरणार्थी उच्च आयोगलाई १९५४ र १९८१ मा नोबेल शान्ति पुरस्कार प्रदान गरेको थियो। सन् २०१५ मा इन्दिरा गान्धी पुरस्कार प्रदान गरिएको थियो।

सन् १९९१ मा प्रिन्स अफ अस्टुरियास अवार्ड फर इन्टरनेशनल कोअपरेशनबाट सम्मानित गरिएको थियो। [९]

कर्मचारी

२०२३ अनुसार, शरणार्थी उच्च आयोगमा १८,८७९ भन्दा धेरै कर्मचारीहरू १३५ देशमा कार्यरत छन् .[१०]

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद