शान्ता चौधरी

शान्ता चौधरी नेपालकी समाजसेवी तथा राजनीतिकर्मी हुन्। उनी नेपालको पहिलो स‌ंविधानसभामा सदस्य थिइन्। उनी नेकपा एमालेबाट समानुपातिक कोटाबाट सभासद चुनिएकी थिइन्।

दाङ, लक्ष्मीपुर निवासी २७ वर्षीया शान्ता चौधरी आठ वर्षको कलीलो उमेरदेखि २५ वर्ष सम्म जमीन्दारको घरमा कम्हलरी बसेर विना पैसा काम गरेकी सभासद चौधरी त्यसपछि विद्रोह गरी सामाजिक कार्यमा सक्रिय हुनुभएको थियो। कम्हलरीबाट उम्किएपछि उहाँले अरु १७ जना कम्हलरीलाई आफैले मुक्त गराई शिक्षाको समेत व्यवस्था आफ्नै तर्फबाट गरिदिनुभएको थियो। साथै डाँडागाउँ चुप्लीबाटामा बिजुली बत्ती ल्याइदिनुभएको थियो। २ सन्तानकी आमा चौधरी भूमि आन्दोलनमा लाग्दा जमीन्दारले उनीहरूलाई दुःख दिएको र आफू बस्ने छाप्रोमा आगो लगाइदिएको स्मरण गर्नुहुन्छ। हाल उहाँ एमाले संगठित सदस्य तथा जिल्ला सदस्य हुनुहुन्छ। चौधरीले औपचारिक शिक्षा लिनुभएको छैन र सामान्य लेखपढ गर्नुहुन्छ। सामाजिक हितका कार्यमा रुचि राख्‍ने सभासद चौधरी राष्ट्रिय भूमि अधिकार मञ्च र सामुदायिक आत्मनिर्भर केन्द्रसँग आबद्ध हुनुहुन्छ। सभासद भएपछि दाङबाट एक सहयोगीका साथ काठमाडौँ आएकी चौधरीका श्रीमान् र सन्तान भने उहीँ छन्। �सभासदको श्रीमान्‌ले पनि काम गर्छ ?� भनेर गाउँलेहरूले भन्ने गरेको र श्रीमान्‌ले गाउँमा काम नपाएको उहाँ सुनाउनुहुन्छ। संविधानसभामा प्राकृतिक श्रोतमाथि मूमिहीनको अधिकार स्थापित गर्ने र कम्हलरी प्रथाको अन्त्य गर्ने दुई मुद्दाहरूलाई प्रमुखतासाथ उठाउने उहाँको अठेट छ। [१] उनको आत्मकथा ‘कम्लहरीदेखि सभासद्सम्म’ प्रकाशित भइसकेको छ। 

सन्दर्भ

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद