लुई टम्लिन्सन

वेलायती पप गायक

लुई टम्लिन्सन[२] (जन्म:२४ डिसेम्बर १९९१), एक बेलायती गायक, गीतकार तथा दूरदर्शन व्यक्तित्व हुन्। उनी एक बेलायती साङ्गीतिक समूह वान डाइरेक्सनको सदस्यको रूपमा चर्चित भएका थिए। उनले बेलायती दूरदर्शन कम्पनी आइटिभीको नाटकीय चलचित्र इफ आई ह्याड युमा अभिनेताको रूपमा देखिएका थिए र उनले बिबिसीको नाटक वाटरलु रोडमा पनि प्रस्तुत भएका थिए। सन् २०१० मा, उनले बेलायत साङ्गीतिक प्रतियोगिता द एक्स फ्याक्टरमा एकल गायकको रूपमा पहिलो पटक प्रस्तुति दिएका थिए। उनी एकल गायकको रूपमा प्रतियोगिताबाट बाहिरिएसँग उनले पुन: प्रतियोगितामा प्रस्तुति दिएका थिए र उनका साथ ४ चार सदस्यहरूका साथ एक साङ्गीतिक समूहको स्थापना गरिएको थियो जसको नाम वान डिरेक्सन राखिएको थियो। उक्त प्रख्यात साङ्गीतिक समूहले ५ वटा गिती सङ्गालोका जारी गर्नका साथसाथै ४ वटा विश्व भ्रमण गरेको थियो। समूहले लगभग २०० वटा जति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू जित्न सफल भएको थियो।

लुई टम्लिन्सन
सन् २०१४ एरिया पुरस्कारमा टम्लिन्सन
जन्मलुई ट्रोइ अस्टिन
(1991-12-24) २४ डिसेम्बर १९९१ (उमेर ३२)
डोनकास्टर, इङ्ल्यान्ड
पेशा
  • गायक
  • गीतकार
कार्यकालसन् २०१०–हाल
जम्मा सम्पति£४ करोड ६० लाख[१]
समकक्षीएलिनोर काल्डर (सन् २०११–२०१५, सन् २०१७–हाल)
सन्तान
साङ्गीतिक जीवन
विधा
  • पप
  • इन्डेइ पप
  • इन्डेइ रक
  • पप रक
वाद्ययन्त्रस्वर
लेबल
  • साइको
  • कोलम्बिया
  • एपिक
  • एरिस्टा
सहयोगी
  • वान डाइरेक्सन
वेबसाइटlouis-tomlinson.com

समूहको अनिश्चितकालीन निष्क्रियता पश्चात्, उनले सन् २०१६ मा, उनले एकल गायकको रूपमा पहिलो एकल गीत "जस्ट होल्ड अन" जारी गरेका थिए भने उक्त गीत बेलायती एकल चार्टमा शीर्ष २ मा पुगेको थियो र यसले बेलायतमा प्लेटिनम प्रमाणपत्र प्राप्त गरेको थियो।[३] सन् २०१७ मा, टम्लिन्सनले अमेरिकी गायिका बिबि रेक्साका साथ "मिस यु" नामक गीत जारी गरेका थिए।[४]

सन् २०१८ मा, टम्लिन्सन बेलायती संस्करणको एक्स फ्याक्टरमा निर्णायकको भूमिकाका देखा परेका थिए भने उनले "युवा" श्रेणीका सल्लाहकारको भूमिका पनि निर्वाह गरेका थिए। उनी पूर्व विजेता तथा सल्लाहकार बन्ने प्रतियोगिताका पहिलो पूर्व प्रतियोगी पनि हुन्। उनकै परामर्शमा जमैकाका डाल्टर ह्यारिसले उक्त संस्करणको प्रतियोगिताको उपाधि जितेका थिए। सन् २०१९ मा, "टु अफ अस", "किल माई माइन्ड", वि मेड इट" र "डन्ट लेट इट ब्रेक योर हर्ट" लगायतका गीतहरू जारी गरेका थिए। सन् २०२० मा, टम्लिन्सनले उनको प्रदापण गिती सङ्गालोको पहिलो गीत "वाल्स" जारी गरेका थिए। उनले पहिलो यस गिती सङ्गालो ३१ जनवरी २०२० मा, जारी गरिएको थियो।

सन् २०१३ मा, टम्लिन्सनले फुटबल क्लब डोनकास्टर रोभर्ससँग फुटबल लिग च्याम्पियनसिपमा बिना सम्झौता आबद्ध भएका थिए। सोही वर्ष उसले आफ्नो रेकर्ड लेबल, ट्रिपल स्ट्रिङ्ग्सको गठन गरेका थिए।[५] उनी डेब्रेटको सन् २०१७ मा, बेलायतमा सबैभन्दा प्रभावशाली व्यक्तिहरूको सूचीमा देखा परेका थिए।[५]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद