रुकुमकोट
- लेख
- वार्तालाप
उपकरणहरू
साधारण
छाप्नुहोस्/निर्यात गर्नुहोस्
रुकुमकोट | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २८°३८′N ८२°५५′E / २८.६३°N ८२.९१°E / 28.63; 82.91 ८२°५५′E / २८.६३°N ८२.९१°E / 28.63; 82.91 | |
देश | ![]() |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | पूर्वी रुकुम जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ६,०४५ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
रुकुमकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६०४५ रहेको थियो जसमध्ये २८२१ पुरुष र ३२२४ महिला रहेका थिए भने यहाँ १३४२ घरधुरी रहेको थियो।[१]
नेपालको मध्य-पश्चिम क्षेत्रमा पर्ने राप्ति अंचलको पुरानो रुकुम जिल्लाको सदरमुकाम देखि १० कोश पूर्वमा पर्ने एउटा रमणीय गाँऊ रुकुमकोट नेपालको राजधानि काठमान्डौ देखि करिब ३५० किलोमिटर पश्चिममा पर्ने पुरानो रुकुमको सदरमुकाम मुसिकोट देखि पूर्वमा अवस्थित यो ठाँउ प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको ठाँउको रूपमा लीइन्छ। हिमाली जिल्ला डोल्पा अनि ढोरपाटन सिकार आरक्षको प्रवेशद्वारको रूपमा पनि परिचित रुकुमकोट, पुर्वी रुकुम जिल्लाको सिस्ने (पहिलेको सर्पकोट-बाहुन्ठाना-शोभा- रुकुमकोट हुँदै ) गाँउ पालिका अन्तरगत पर्दछ। चारैतिर पहाडले घेरिएको रमणिय उपत्यका रुकुमकोट २०३० सालसम्ममा पुरानो रुकुम जिल्लाको सदरमुकाम थियो ।
रुकुमकोटमा रहेको रुक्मेणी देवीको नामवाट रुकुमकोट रहेको र पछि रुकुमकोटवाट रुकुम नाम रहेको जनश्रुति पाइन्छ ।
- सिंजा खस साम्राज्य छिन्नभिन्न भएपछि कर्णाली प्रदेशमा बि.स.१४३० तिर बाइसे राज्यहरूको स्थापना भयो । यसै क्रममा बडे राजा मलै बमका माइला छोरा पिताम्बरले रुकुम राज्य स्थापना गरेका हुन् । रुकुमको बोक्से जाडलाई मारेर राज्य स्थापना गर्ने क्रममा यिनले कर्मने बुढाथोकीको नेतृत्वमा धेरै जनाको सहयोग प्राप्त गरेका थिए । राजा पिताम्बरका केही पुस्तापछिका राजा जयत बम(दारेजैतम) भने निकै प्रख्याति बने । यिनको प्रख्याति त्यहाँ अझै सुन्न पाइन्छ । यिनका सात भाइ छोरा र दुइवटी छोरी थिए । छोरिहरूको बिहे क्रमश: प्यूठानी राजा र गजुले राजासंग गरिदिएका थिए । आफू नब्बे वर्षको हुँदासम्म राज्य गरेका दारेजैतमले अन्त्यमा आफ्ना सात भाइ छोरालाई अंश लगाईं सात थपौलामा रुकुम राज्य बाडीदिएका थिए । जस अन्तर्गत बि.स.१६०० मा रुकुम राज्य टुक्रिएर रुकुम, मुसिकोट, बांफि, आठबिस, जहारी, गोताम र खगेना जस्ता ससाना राज्य बनेका थिए । खगेना राज्य बाहेक अन्य राज्यको अस्तित्व नेपाल एकीकरणको समयसम्म रहेको पाइन्छ । ऐतिहासिक तथ्यलाई हेर्दा बहादुर शाहको नायवी तथा रणबहादुर शाहको शासनकालमा बाईसे राज्यहरूः रुकुमकोट, मुसिकोट, गोतामकोट, आठविसकोट, बाफिकोट , कोटजहारी नेपालमा गाभिएको पाइन्छ। वि.सं २०१८ सालमा देशलाई १४ अञ्चल ७५ जिल्लामा विभाजित गरिएपछि राप्ती अञ्चलको रुकुम जिल्लाको रूपमा यस जिल्लाले मान्यता पायो ।
- नेपालको प्रशासनिक भूगोलको फेरवदलमा वि.स. २०१८ सालमा नेपाललाई चौध अञ्चल र पचहत्तर जिल्ला बनाउने क्रममा रुकुम जिल्लाको नामाकरण गरियो जुन रुकुमकोटको नामबाट नै "कोट" हटाएर रुकुम जिल्लाको नाम रहन गएको हो।
- २०१८ साल वैशाख १ गते सल्यान र जाजरकोटबाट छुट्टै जिल्लाका रूपमा कायम भएको रुकुमको पहिलो सदरमुकाम रुकुमको पूर्वी क्षेत्रको रुकुमकोट भयो ।
- २०३० वैशाख २ गते रुकुमकोटबाट मुसीकोट सदरमुकाममा स्थान्तरण
- २०३० सालमा गुमाएको सदरमुकामको अस्तित्व पुनः कायम ४४ वर्ष पछी नयाँ सङ्घीय सरचना अनुसार रुकुम र नवलपरासीलाई २ जिल्लामा बिभाजन गर्ने क्रममा नयाँ जिल्लाको रूपमा २०७४ मा पुर्वी रुकुम जिल्लाको जन्म
समुद्रि सतहदेखि लगभग १२०० मि. देखि १४००० मि.को उचाईमा अवस्थित [बाउन्न पोखरी त्रिपन्न टाकुरि]को नामले प्रसिद्ध रुकुमकोटमा हेर्नलायक पर्यटकिय स्थलहरू :
निर्मानाधिन पुष्पलाल पहाडि लोकमार्ग अन्तर्गत पर्ने रुकुमकोट काठमान्डौबाट स्थलमार्ग अथवा हवाइमार्ग हुँदै रुकुमकोट पुग्न सकिन्छ।
साथै रुकुमको खारा हुँदै मुसिकोट, स्यार्पू ताल, पोखरा हुँदै ट्रेकिङ् गर्दै पनि रुकुमकोट पुग्न सकिन्छ।
रुकुमकोमा होम स्टे अथवा लजहरूको ब्यवस्था भएकोले सानो बजेटले पनि बस्न सकिन्छ।
रुकुम जिल्ला (विसं २०१८–२०७३) का गाविसहरू | ||
---|---|---|
सदरमुकाम: मुसीकोट | ||
गाविस सङ्ख्या: ४३ | अर्मा • आठबीसकोट • खलङ्गा • आठबीस डाँडागाउँ • काँडा • कोल • काँक्री • कोटजहारी • खारा • खोलागाउँ • गराइला • गोतामकोट • घेत्मा • चुनवाङ • चौखवाङ • छिवाङ • प्वाङ • जाङ • झुला • तकसेरा • दुली • नुवाकोट • पिपल • पोखरा • पुर्तिमकाडा • पेउघा • बाफिकोट • विजयश्वरी • भलाक्चा • महत • मग्मा • मुरू • मोरावाङ • राङ्सी • रन्मामैकोट • रुँघा • रुकुमकोट • साँख • सिम्ली • सिस्ने • स्यालाखदी • स्यालापाखा • हुकाम |
"https://www.search.com.vn/wiki/?lang=ne&title=रुकुमकोट&oldid=1220989" बाट अनुप्रेषित