रियल म्याड्रिड

स्पेनी फुटबल क्लब

रियल म्याड्रिड वा रियल म्याड्रिड क्लब डे फुटबल म्याड्रिड, स्पेनमा अवस्थित व्यवसायिक फुटबल क्लब हो। यसको स्थापना १९०२ मार्च ६ मा म्याड्रिड फुटबल क्लब नाममा भएको थियो। स्थापनाकालदेखि नै सेतो जर्सी लगाउने यस क्लबलाई लस ब्लान्कस(द ह्वाइट्स) पनि भनिन्छ। स्पेनिस भाषामा रियलको अर्थ रोयल हुन्छ, स्पेनका तत्कालिन राजाले सन १९२० मा म्याड्रिड फुटबल क्लब लाई रोयल उपाधी र निशानी (चिन्ह) प्रदान गरेका थिए।

रियल म्याड्रिड
पुरा नामरियल म्याड्रिड क्लब डे फुटबल
(Real Madrid Club de Fútbol)[१]
उपनाम(हरू)लस ब्लान्कस(The Whites) लस मरेगन्गस(The Meringues) लस ग्यालाक्टिकस (The Superstars)
स्थापना६ मार्च १९०२
म्याड्रिड फुटबल क्लब[२]
मैदानसान्टियागो बर्नबेउ स्टेडियम, म्याड्रिड, (स्पेन)
मैदान क्षमता८१,०४४ [३]
अध्यक्षफ्लोरेन्टिनो पेरेज
म्यानेजरजिनेदिन जिदान
लिगला लिगा
२०१९-२०ला लिगा, प्रथम
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान संस्करण

रियल म्याड्रिड विश्वमा सबैभन्दा धेरै समर्थक भएका खेलका टिमहरु मध्ये एक हो।[४] यो ला लिगाको तीन संस्थापक क्लबहरुमध्ये एक हो। ला लिगामा रियल म्याड्रिड कहिल्यै पनि पहिलो श्रेणीबाट घटुवा भएको छैन (बार्सिलोना र एथ्लेटिक बिल्बाओ समेत)। फुटबलमा यस क्लबको केही प्रतिस्पर्धाहरु लामो समयदेखि कायम छन, ती मध्ये एल क्लासिको (बार्सिलोना विरुद्ध) र म्याड्रिड डर्बी (एत्लेटिको म्याड्रिड विरुद्ध) चर्चित छन।

स्पेन र युरोपमा रियल म्याड्रिड महारथी फुटबल क्लबको रूपमा स्थापित छ। क्लबले सन १९५० को दशकमा लगातार ५ पटक युरोपियन कप र ७ वर्षमा ५ पटक लिग जितेको थियो। स्टेफानो, पुस्कास, गेन्टो आदि खेलाडी रहेको उक्त समयको टिमलाई कतिपयले फुटबल जगतको अहिले सम्मकै सर्बोत्कृष्ट टिम मान्छन।[५][६][७]

स्पेनमा रियल म्याड्रिडले ७० उपाधीहरू जितेको छ, जसमा किर्तिमानी ३५ ला लिगा, २० कोपा डेल रे, १३ स्पेनिस सुपरकोपा सहित अन्य छन।[८] युरोप र विश्वमा यस क्लबले १४ युरोपियन च्याम्पियन्स लिग, २ युइएफए कप, ४ युइएफए सुपर कप, ३ इन्टरकन्टिनेन्टल कप र ५ फिफा क्लब वर्ल्डकप सहित किर्तिमानी २६ उपाधीहरु जितेको छ। सन २००० मा फिफाले रियल म्याड्रिडलाई २० औँ शताब्दीको सर्बोत्कृष्ट फुटबल क्लब घोषणा गरेको थियो।[९] सन २०१७ मा रियल म्याड्रिड लगातार ३ सिजन नयाँ स्वरूपको च्याम्पियन्स लिग जित्ने पहिलो क्लब बन्न सफल भयो।[१०][११]

इतिहास

म्याड्रिडमा फुटवल को सुरुवात क्याबरिज तथा अक्सफोड विश्विद्यालयका विद्यार्थीले गरेका थिए ,स्न १९०० मा स्काइ फुटबल समुह वनाइ आइतवार खेल खेल्दथे पछी सो समुहमा विभाजन आयो र जुआन प्याड्रस र कार्लोस प्याड्रस, नयाँ क्लब म्याड्रिड फटबल क्लब स्न १९०१ मा बन्यो र स्न १९०२मा आधिकारिक रूपमा दर्ता(गठन) भयो [१२] । आधिकारिक रूपमा दर्ता भएको ३ बर्ष पछाडी म्याड्रिडले पहिलो उपाधीको रुपमा स्पेनिश कप एथलेटिक बिलबाओलाई हराउदै जित्यो ।

१९२०मा राजा अल्फन्सो तेह्रोले म्याड्रिडलाई रियल (रोयल राजकीय)को उपाधि प्रधान गरे क्लबको नाम रियल म्याड्रिड भयो । सन् १९३१ को दोस्रो स्पेनी गणतन्त्रका कारण रियल नाम हटाउन परेको थियो ।

सन् १९२९ मा स्पेनिश फुटबल लिग सरु भएपछी पहिलो पटक १९३१÷३२ सिजमा उपाधी जित्यो र अर्काे बर्ष पनि रियले नै स्पेनिश फुटबल लिग जित्यो ।

स्पेनिश गृहयुद्ध सकिएपछी १९४५मा स्यान्टियागो बर्नाबाउ रियल म्याड्रिडको अध्यक्षहुदा एस्टाडियो रियल म्याड्रिड क्लब डे फटबोल (रङ्गगशाला) र सियुदाद डेपोर्टिभा (प्रशिक्षण केन्द्र) पुन निर्माण तथा १९५०मा युवा एकेडेमी बनेकोे थियो र उनको ३५ बर्षको कार्याकालमा विदेशी विश्व स्तरीय खेलाडीहरुलाई क्लबमा अनुबन्धन गर्ने रणनीति बनेको थियो,उक्त समयमा अर्जेन्टिनीयन अल्फ्रेडो डि स्टोफानो जस्ता विश्व प्रसिध खेलाडीहरु अनसबन्धन गरेका थिए। सोही समयमा अहीले यूइएफए च्याम्पियन्स लिग भनिने युरोपिन कप्प १९५६ देखी १९६० सम्म लगातार ५ पटक जितेको थियो । सन् १९७८ जुन ८ मा उन्को निधन भएको थियो ।

२०००मा फुटबलको अन्तर्राष्ट्रिय निकाय फिफाले शताब्दीको उत्कृष्ट क्लब घोषित गरेको थियो ।

२००० जुलाइमा फ्लोरेन्टिनो पेरेज क्लबको यूरो २७०मिलियन ऋण मुक्त गर्ने र क्लबलाइ आधुनिकरण गर्ने घोषणा गरेका थिए र अध्यक्ष मनोनित भएपछी प्रतिद्वंद्वी क्लब बार्सिलोना बाट लुइस फिगोलाई अनुबन्धन गरे र ग्यालक्टिकोस युगको सुरुवात गरेका थिए । उक्त समयमा रियलले विश्व प्रसिद जिनेदिन जिदान,रोनाल्डो नाजारियो,फिगो,डेभिड बेक्हम, फावियो क्यानाभारो जस्ता खेलाडी लाई रियाल ल्याएको थियो र २००५मा जिलियो, रोविनहो, सर्जियो रामोस जस्ता युवा खेलाडीलाइ अनुबन्धन गरेको थियो [१३] तर पनि रियलले २००२ मा यूसियल २००३मा ला लिगा पनि जितेपनि अरु कप नजितेको कारण २००६ मा फ्लोरेन्टिनो पेरेजले राजीनामा गरे र उनि पछी रामान काल्डेरोन रियलका अध्यक्ष भए।

सन् २००९मा फ्लोरेन्टिनो पेरेज फेरी अध्यक्ष मनोनित भए र काकालाई मिलानबाट ५६मिलियन यूरोमो र फेरी क्रिस्टियानो रोनाल्डोलाइ म्यानचेस्टर युनाइटेडबाट ८० मिलियन यूरोमा विश्व कीर्तिमान तोडै रियलमा अनुबन्धन गरे[१४] र पुन ग्यालक्टिकोस युग÷नीति सुरुगरेका थिए ।


रङ्गशाला

दर्शकले भरिएको सान्टियागो बर्नबेउ रङ्गशाला

सम्मान

सिजन

खेलाडीहरू

जनवरी २२, २०२० को आधारमा[१५]

टिममा

नं.स्थानखेलाडी
गोलरक्षकअल्फोन्स एरिओला (पेरिस सेन्ट-जर्मेनबाट लोनमा)
रक्षापङ्क्तिड्यानियल कार्भजल
रक्षापङ्क्तिएडर मिलिटो
रक्षापङ्क्तिसर्जियो रामोस (कप्तान)
रक्षापङ्क्तिराफाएल भरान (उप-कप्तान)
रक्षापङ्क्तिनाचो
अग्रपङ्क्तिएडन हजार्ड
मध्यपङ्क्तिटोनी क्रूस
अग्रपङ्क्तिकरिम बेन्जेमा (उप-कप्तान)
१० मध्यपङ्क्तिलुका मोड्रिच
११ अग्रपङ्क्तिग्यारेथ बेल
१२ रक्षापङ्क्तिमार्सेलो (उप-कप्तान)
१३ गोलरक्षकथिबोउ कोर्टवा
नं.स्थानखेलाडी
१४ मध्यपङ्क्तिकासीमिरो
१५ मध्यपङ्क्तिफेडरिको भल्भर्डे
१६ मध्यपङ्क्तिजेम्स रोदृगेज
१७ अग्रपङ्क्तिलुकास भाजक्वेज
१८ अग्रपङ्क्तिलुका योभिच
२० मध्यपङ्क्तिमार्को एसेन्सिओ
२१ मध्यपङ्क्तिब्राहिम डियाज
२२ मध्यपङ्क्तिइस्को
२३ रक्षापङ्क्तिफर्लाण्ड मेन्डी
२४ अग्रपङ्क्तिमारिआनो डियाज
२५ अग्रपङ्क्तिभिनिसियस जुनियर
२७ अग्रपङ्क्तिरोड्रिगो सिल्भा

लोनमा

नं.स्थानखेलाडी
गोलरक्षकएन्द्रिय लुनिन (३० जुन २०२० सम्म रियल ओभिएदो स्पेनमा)
गोलरक्षकमोहा रामोस (३० जुन २०२० सम्म बरमिङहम, बेलायतमा)
गोलरक्षकलुका जिदान (३० जुन २०२० सम्म रेसिङ डे स्यान्टान्डर, स्पेनमा)
रक्षापङ्क्तिअच्राफ हाकिमी (३० जुन २०२० सम्म बोरुसिया डर्टमन्ड‎, जर्मनीमा)
रक्षापङ्क्तिअल्वारो ओद्रियोजोला (३० जुन २०२० सम्म बायर्न म्युनिख, जर्मनीमा)
रक्षापङ्क्तिसर्जियो रेगिलन (३० जुन २०२० सम्म सेभिया, स्पेनमा)
रक्षापङ्क्तिजावि स्यान्चेज (३० जुन २०२० सम्म रियल भायाडोलिड, स्पेनमा)
रक्षापङ्क्तिजिसस भाल्लेजो (३० जुन २०२० सम्म ग्रानाडा, स्पेनमा)
मध्यपङ्क्तिड्यानि सेबायोस (३० जुन २०२० सम्म आर्सनल, बेलायतमा)
मध्यपङ्क्तिअल्बर्टो फर्नान्डेज (३० जुन २०२० सम्म फ्युएन्लाब्राडा, स्पेनमा)
नं.स्थानखेलाडी
मध्यपङ्क्तिजोर्गे डे फ्रुटोस (३० जुन २०२० सम्म रायो भाएकानो, स्पेनमा)
मध्यपङ्क्तिटाकेफुसा क्युबो (३० जुन २०२० सम्म मायोर्का, स्पेनमा)
मध्यपङ्क्तिमार्टिन ओडेगार्ड (३० जुन २०२० सम्म रियल सोसियाड्याड, स्पेनमा)
मध्यपङ्क्तिओस्कार रोदृगेज (३० जुन २०२० सम्म लेगानेस, स्पेनमा)
मध्यपङ्क्तिअल्बर्टो सोरो (३० जुन २०२० सम्म रियल जारागोजा, स्पेनमा)
अग्रपङ्क्तिसर्जियो डियाज (३१ डिसेम्बर २०२० सम्म सेर्रो पोर्तेन्यो, पाराग्वेमा)
अग्रपङ्क्तिड्यानि गोमेज (३० जुन २०२० सम्म टेनेराईफ, स्पेनमा)
अग्रपङ्क्तिबोर्जा मायोराल (३० जुन २०१९ सम्म लेभान्टे, स्पेनमा)
अग्रपङ्क्तिह्युगो भाल्लेजो (३० जुन २०२० सम्म डेपोर्टिभो ला कोरुना, स्पेनमा)

व्यवस्थापन तथा कर्मचारी

प्रशिक्षकहरु

पदकर्मचारी
मुख्य प्रशिक्षकजिनेदिन जिदान
सहायक प्रशिक्षकडेभिड बेटेनि
गोलरक्षा प्रशिक्षकरोबर्टो भाज्क्वेज
फिटनेस प्रशिक्षक/ खेल थेरापीस्टजाभीएर माल्लो
खेल थेरापीस्टजोसे कार्लोस जि प्यार्रालेस

प्रशासकहरु

पदकर्मचारी
अध्यक्षफ्लोरेन्टिनो पेरेज
पहिलो उपाध्यक्षफर्नान्डो फर्नान्डेज तापिआस
दोस्रो उपाध्यक्षएडुआर्डो फर्नान्डेज डे ब्लास
मानार्थ अध्यक्षफ्रान्सिस्को गेन्टो
बोर्ड सचिवएनरिके सान्चेज गोन्जालेज
मुख्य निर्देशकजोशे एन्जेल सान्चेज
अध्यक्षको कार्यालयको निर्देशकम्यानुएल रेडोन्डो
सामाजिक क्षेत्रको निर्देशकजोशे लुईस सान्चेज

जितेका उपाधिहरू

ला लिगा

कोपा डेल रे कप

स्पेनिस सुपर कप

युइएफए च्याम्पियन लिग

फिफा क्लब विश्व कप

बाहिरि लिङ्कहरू

(Japanese) (स्पेनी)
(स्पेनी)

hiwiki

सन्दर्भ सूची

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद