राेशन

रोशन (फारसी: روشن) अफगानिस्तानको एक अग्रणी दुरसञ्चार प्रदायक हो जसले लगभग ६० लाख सक्रिय ग्राहकहरूलाई सेवा दिइरहेको छ।[१] यसको मुख्यालय अफगानिस्तानको काबुलमा अवस्थित छ।

रोशन
व्यवसाय प्रकार
निजी
उद्योगदुरसञ्चार
स्थापित२००३
केन्द्रीय कार्यालयअफगानिस्तान
मुख्य व्यक्ति
करिम खोजा – प्रमुख कार्यकारी अधिकृत
उत्पादनहरूविश्वव्यापी मोबाइल सञ्चार प्रणाली
वेबसाइटwww.roshan.af

इतिहास

जनवरी २००३ मा, रोशनलाई अफगानिस्तानमा दोस्रो, जीएसएम अनुमति पत्रद्वरा सम्मानित गरियो । त्यस बेला १ दशक लामो गृहयुद्धको कारण अफगानिस्तानमा एकमात्र अर्को मोबाइल फोन सञ्चालक (अफगानिस्तान वायरलेस) थियो । देशमा दुरसञ्चार पूर्वाधारको अत्यन्त कमी थियो । तालिबानको पतन हुनु भन्दा पहिला, फोन लाइनहरू जनताहरूमा पहुँचयोग्य थिएन, र मानिसहरू अन्तर्राष्ट्रिय कल गर्नको लागि विदेश भ्रमण गर्ने गर्दथे ।

अफगानिस्तानमा मुख्य दुरसञ्चार प्रदायक रोशन, जसको मतलब फारसी भाषामा "प्रकाश" वा "आशा" हो । हाल रोशन जीएसएम अफगानिस्तानको सबै ३४ प्रान्तहरू २४० शहरमा पुगेको छ । सबैभन्दा टाढाको ग्रामीण क्षेत्र र यसका नजिकैका भुभाग गरी यसले ६०% भन्दा बढी जनसङ्ख्यामा आफ्नो गुणस्तरी सेवा प्रदान गर्दै आइरहेको छ ।

निजी कम्पनी र करदाताहरू मध्येरोशन, अफगानिस्तानमा सबैभन्दा ठूलो लगानीकर्ता हो । यसले अफगानिस्तानमा दुरसञ्चार पूर्वाधारमा लगभग ६०० मिलियन डलर लगानी गरेको छ । रोशनले नेटवर्कमा कुनै सञ्जाल विस्तार नगरिएको वा नेटवर्क नभएको क्षेत्रमा आफ्नो सेवा बिस्तार गरिरहेको छ ।

रोशनले १,१०० भन्दा बढी मानिसहरूलाई रोजगार दिएको छ जसमा २०% महिलाहरू छन् । अप्रत्यक्ष रूपमा, कम्पनीले माथिल्लो स्टेशन, खुद्रा पसल र सार्वजनिक कल कार्यालयहरू मार्फत ३०,००० भन्दा बढी नागरिकहरूलाई रोजगारी प्रदान गरेको छ ।

रोशनले अप्रिल २०१३ मा जीको भित्राएको थियो । यो इतिसलट (संयुक्त अरब इमिरेट्स) र एमटीएन (दक्षिण अफ्रिका) पछि ३ जी इजाजतपत्र पाउने तेस्रो कम्पनी बनेको थियो । हाल काबुल, जलालाबाद, कन्दाहर , मेजर, हेरत र कुन्दुजमा ३ जी सेवा सञ्चालनमा रहेकोे छ ।

प्रतिस्पर्धा

रोशन अफगानिस्तानमा सबैभन्दा ठूलो दुरसञ्चार सेवा प्रदायक हो। यसका मुख्य प्रतिस्पर्धीहरू: एटिसलात, एमटीएन, अफ्गान वायरलेस र अफगानिस्तान टेलिकम हुन् र यी मध्य पनि यसको चिर प्रतिद्वन्दी अफगानिस्तानको पहिलो दुरसञ्चार कम्पनी अफगान वायरलेस हो।

उत्पादन र सेवाहरू

उत्पादनविवरण
आली (सिम)सिम कार्डको बनावट र सार्वजनिक बजारमा लक्षित, अजिजन सुबिधाको समावेश (साथी र परिवार), सबै कलहरूका लाभांश
सादत (सिम)
यारन (सिम)सिम कार्डको बनावट र अफगानी युवाहरूको लागि अनुकूलित
पोस्ट-पेडनमुना पोस्टपेड सेवा
सार्वजनिक कल कार्यालयदेश भरि ११,००० भन्दा बढी सार्वजनिक कल कार्यलयहरू रहेका छन् जसले अफगानी जनताहरूका मोबाइलको अभावमै कल गर्ने सुबिधा रहेको छ।
अन्तरक्रियात्मक आवाज प्रतिक्रिया (आइभिआर)आइभिआर सामग्री ग्राहकहरूलाई अन्तरक्रियात्मक ध्वनि मञ्च मार्फत पहुँच गर्ने अवसर प्रदान गर्दछ। प्रयोगकर्ताहरूले गीत, रिङटोन, चुट्किला, स्वास्थ सुझाव, कविता आदि सामग्रीहरू डाउनलोड गर्न सक्छन्।
इ-टपअप
एसएमएसराष्ट्रिय, अन्तर्राष्ट्रिय, र रोमिङ पाठ सन्देश सेवा
एसएमएस सामग्री डाउनलोडलोगो, तस्वीर सन्देश, रिङटोन जस्ता मनोरञ्जनात्मक सेवाहरूको प्रयोग गर्न मिल्ने सुविधा
एसएमएस मतदानसञ्चार माध्यम र सञ्चार माध्यम ग्रहकहरूका लागि अन्तरक्रियात्मक सेवा प्रदान गर्दछ। प्रयोगकर्ताहरूले एसएमएस प्रयोग गरेर लागि उनीहरूको मनपर्ने कार्यक्रमका लागि मतदान गर्न वा हाजिरी जवाफ प्रतियोगितामा भाग लिन सक्छन्।
जिपिआरएसजिपिआरएस सन् २००७ मा काबुलमा सुरु भएको थियो जसले सेलफोन र ल्याप्टपहरूमा ताररहित इन्टरनेट चलाउन अनुमति दिन्छ।
ब्ल्याकबेरीरोशन ब्ल्याकबेरी सेवा प्रदान गर्न अफगानिस्तानको पहिलो प्रदायक थियो। सेवाले आभासी कार्यालय जडान सेवा प्रदान गर्दछ।

शेयरधनीहरू

निम्न रोशनका शेयरधनीहरू रहेका छन् ।

  • ५१.००%:आर्थिक विकासको लागि आगा खान कोष
  • ३६.७५%: मोनाको टेलिकम
  • १२.२५%: तेलिया सोनेरा एबी

एम पैसा

२००८ मा, रोशनले एम-पैसा, पैसा हस्तान्तरण सेवा सुरू गरेको थियो । जसले दर्ता गरिएका ग्राहकलाई आफ्नो मोबाइल फोनबाट सबै बित्तिय सेवा प्रदान गरेको छ । रोशनले यो सेवा सुरू गर्न भोडाफोनसँग साझेदारी गरेको थियो र एम-पैसा अहिले कम्भिभा प्लेटफर्ममा सञ्चालन हुने गरेको छ ।

सन्दर्भ सामग्री

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद