राम मन्दिर, थापाथली

श्रीराम मन्दिर थापाथलि बाग्मति किनारमा अवस्थित यो मन्दिरको जङ्गबहादुर राणाले वि.सं. १९३०-३१ मा निर्माण गराउनु भएको हो । पहिले यस स्थानमा एक सिद्ध साधुले तपस्या गरेको र सोहि स्थानमा हनुमानको मन्दिर संगै राममन्दिर स्थापना भएको यहाँ गुरू-महन्तले बताउनु भएको थियो ।वि.सं. १९९०को महाभूकम्पमा क्षति पुगे पश्चात तत्कालिन प्रधान मन्त्री जुद्ध शमशेर जंगबहादुर राणा जबराले जिर्णोद्धार गराएको कुराको भित्ते लेखमा देख्न पाईन्छ ।भगवानहरु यस मन्दिरको मुख्य देवता भूदेवी र श्रीदेवी सहित चतुर्भूज नारायण हुन् । यसै मुर्तिहरूलाई सीतारामको रूपमा पुजिने गरेको भएतापनि यसै सँग विभिन्न मन्दिरहरू र भक्तहरूबाट प्राप्त ४ प्रकारका लक्ष्मण सहित सीतारामको मूर्तिहरू शोभायमान देखिन्छन् । यस साथै असंख्य साना मूर्ति र शालिकराम रहेको देख्न सकिन्छ ।बाहिर प्राङ्गणमा शिवलिङ्ग, पादुका, सुदर्शन चक्र, हनुमानको मन्दिर, गौशाला देख्न सकिन्छ ।

श्रीराम मन्दिर
प्राथमिक विवरण
सम्बन्धनहिन्दुत्व

प्रमुख पर्व

राम नवमी (चैत्र), नववर्ष, अक्षय तृतीया, सीता जयन्ति, गंगा दशहरा, साउन संक्रान्ति, कृष्ण जन्माष्टमी, बडादशैं, तिहार, बालाचतुर्दशी, माघे संक्रान्ति, शिवरात्री (४ दिन), होली, चैते दशै

सन्दर्भ सामग्री

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद