राजविराज नगरपालिका
राजविराज नेपालको मधेश प्रदेश को सप्तरी जिल्लामा रहेको नगरपालिका हो। टाउन प्लानिङ गरेर बसाइएको राजविराज नगरपालिका तराईको सबैभन्दा पहिलो र नेपालको चौथो नगरपालिका हो। वि.सं. १९९४ तिर सप्तकोशी नदीले पुरानो सदरमुकाम हनुमाननगरलाई कटान गर्न थाले पछि सदरमुकाम अन्यत्र सार्न उपयुक्त ठाउँको खोजी हुन थाल्यो। तत्कालीन बडाहाकिम प्रकाश शमशेर जबराले उपयुक्त ठाउँ खोजेर सहर बसाउने जिम्मेवारी ख्याति प्राप्त इन्जिनियर डिल्लीजङ्ग थापालाई सुम्पेका थिए। उनले आफ्नो जमीनन्दारी मौजा रहेको जोलहरी मलेठ गाउँ नजीकैको राजपुर मौजामा सदरमुकाम बसाउने निधो गरे। त्यस बेला सुन्दर सहरको रूपमा प्रसिद्धि पाएको भारतको जयपुर सहरको नक्सा बमोजिम टाउन प्लानिङ गरी वि.सं.१९९८ मा राजविराज शहर बसाइयो।[५]
राजविराज | |
---|---|
सहर | |
Rajbiraj | |
घडीको दिशामा शीर्षदेखि गजेन्द्र चौक, पहिले त्रिभुवन चौक, कृष्ण मन्दिर, राजदेवी मन्दिर, भगवती मन्दिर र नेता चौक/दशन चौक/घण्टाघर | |
![]() | |
निर्देशाङ्क: २६°३२′२६″उ॰ ८६°४४′५५″पू॰ / २६.५४०५६°N ८६.७४८६१°E ८६°४४′५५″पू॰ / २६.५४०५६°N ८६.७४८६१°E | |
देश | ![]() |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | सप्तरी |
वार्ड सङ्ख्या | १६ |
सरकार | |
• मेयर | शम्भु प्रसाद यादव[४] (राजपा) |
• उप-मेयर | साधना झा (राजपा) |
क्षेत्रफल | |
• जम्मा | ५५.६४ किमी२ (२१.४८ वर्ग माइल) |
उन्नतांश | ७६ मिटर (२४९ फिट) |
जनसङ्ख्या (बि.स. २०६८ अनुसार) | |
• जम्मा | ६९८०३[१][२][३] |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक सङ्केत | ५४६०० |
क्षेत्रीय सङ्केत | ०३१ |
वेबसाइट | www |
व्युत्पति
नगर
नगरपालिकामा १२ जना प्रमुख तथा उपप्रमुख छन् । नगरपालिकाको प्रथम प्रमुख यमुनानन्द मिश्र र उप प्रमुख गुणानन्द चौधरी हुनु भएको थियो।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/d/dd/Buddha_Air_aircraft_at_Rajbiraj_airport%2C_Nepal.jpg/300px-Buddha_Air_aircraft_at_Rajbiraj_airport%2C_Nepal.jpg)
रितिथिति
वर्तमान राजविराजको पूर्वी भागमा पर्ने भलुवाही खोलाको छेउमा लामो इतिहास बोकेको राजदेवी भगवतीको मन्दिरबाट राजविराज नाम रहन गएको विभिन्न पुस्तकमा उल्लेख छ। राजदेवी भगवतीलाई सेन राजाको इष्टदेवी मानिन्छ। राजदेवी मन्दिर यहाँ अवस्थित रहनुको कारण यहाँ सेन राजाहरूको कचहरी गर्ने ठाउँ, दरवार, किल्ला रहनु हो।[स्रोत नखुलेको] सहर विकासका लागि चाहिने आधारहरू भएकोले विक्रम सम्वत २०१६ सालमा राजविराजलाई नगरपालिका घोषणा गरियो। नगरपालिकाको पूर्वमा खाँडो खोला, पश्चिममा जमुनी मधेपुरा, उत्तरमा मलेठ र दक्षिणमा बोरिया गाविस छन्। योजनाबद्ध किसिमले व्यवस्थित राजबिराज छिट्टै व्यवसायिक रूपमा अगाडि बढी विक्रम सम्वत २०१० साल तिर पूर्वी नेपालको तराई र पहाडी जिल्लाका व्यापारिक केन्द्रको रूपमा विकसित हुन पुग्यो। नगरपालिकामा ऐतिहासिक राजदेवी, दुर्गा भगवती, वागेश्वरी भगवती, हनुमान, रामजानकी, राधाकृष्ण, विष्णु, बैष्णवी काली, महादेव लगायतका मठ मन्दिर तथा मुस्लिम समुदायको जामे मस्जिद र जैन धर्मावलम्बीका मन्दिर छन्।[स्रोत नखुलेको]
जनसङ्ख्या
नगरपालिकामा ब्राह्मण, राजपुत, कायस्थ, थारू, हरिजन, यादव, मुस्लिम, जैन, मारबाडी, दास, डोम, मण्डल, देव,साह हलखोर जातिको बसोबास छ। हिन्दु, मुस्लिम, जैन, बुद्ध धर्म मान्नेहरू आपसमा मिलेर बसेका छन्। प्रत्येक धर्मावलम्बीहरूको आ-आफ्नो रीतिरिवाज र चाडपर्व, कला-संस्कृति छ। कामकाजको रूपमा नेपाली भाषा प्रयोग गर्ने गरे पनि अधिकांश मैथिली भाषा बोल्ने गरिन्छ। वि.सं. २०६८ को जनगणना अनुसार १९ हजार ६ सय ८४ पुरूष र १८ हजार ५४ महिला गरी ३७ हजार ७ सय ३८ जनसङ्ख्या रहेको नगरपालिकामा ७ हजार ७ सय ४३ घर संख्या रहेको छ । [६]
शैक्षिक संस्थाहरू
राजविराज नगरपालिकामा विभिन्न शैक्षिक संस्थाहरू रहेका छन् । यहाँ सबैभन्दा पुरानो महेन्द्र विन्देश्वरी कलेज रहेको छ जुन त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ ।
- क्यालिबर इन्टरनेसनल कलेज
- मोडेल सेकेन्डरी स्कूल, राजविराज-०४,राजदेवी टोल
- राजविराज मोडेल क्याम्पस
- जानकी उच्च मा.वि.
- महेन्द्र बिन्देशवरी बहुमुखी क्याम्पस (त्रि.वि.)
- साई कृष्णा मेडिकल कलेज तथा अस्पताल
- छिन्नमस्ता उच्च मा.वि.
- नया रोज पब्लिक स्कुल
- माँ सरस्वति इंग्लिश स्कुल
- धर्मराज इंग्लिश स्कुल
- सृजना उच्च मा.वि. (मिसन कलेज)
- क्षितिज एजुकेशनल फाउंडेशन
- युनिक एजुकेशनल एकेडेमी,राजविराज-०७
- जगदम्बा टेक्निकल इन्स्टिच्युट
- छिन्नमस्ता कलेज
- सफ्टेक कलेज अफ कम्प्युटर इन्जिनीयरिंग कलेज
- पिस जोन मोडेल स्कूल,राजविराज
- ह्याप्पील्यान्ड उच्च मा.वि.
महिना | जनवरी | फेब्रुअरी | मार्च | अप्रिल | मे | जुन | जुलाई | अगस्ट | सेप्टेम्बर | अक्टोबर | नोभेम्बर | डिसेम्बर | वर्ष |
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
उच्चतम औसत °से (°फे) | २१.५ (७०.७) | २५.४ (७७.७) | २९.९ (८५.८) | ३३.१ (९१.६) | ३३.७ (९२.७) | ३१.८ (८९.२) | ३१.७ (८९.१) | ३१.४ (८८.५) | ३१.० (८७.८) | ३०.२ (८६.४) | २६.२ (७९.२) | २४.१ (७५.४) | २९.२ (८४.५) |
न्यूनतम औसत °से (°फे) | ८.० (४६.४) | १०.१ (५०.२) | १२.६ (५४.७) | १८.४ (६५.१) | २२.३ (७२.१) | २४.२ (७५.६) | २४.६ (७६.३) | २४.४ (७५.९) | २३.६ (७४.५) | २०.८ (६९.४) | १२.४ (५४.३) | ९.२ (४८.६) | १७.६ (६३.६) |
औसत वर्षा मिमी (इन्च) | १२.७ (०.५०) | १४.२ (०.५६) | १७.२ (०.६८) | ५६.१ (२.२१) | १८९.० (७.४४) | ३२०.४ (१२.६१) | ५४५.८ (२१.४९) | ३८४.३ (१५.१३) | २९९.८ (११.८०) | ९२.८ (३.६५) | ६.८ (०.२७) | ५.४ (०.२१) | १,९४४.५ (७६.५५) |
स्रोत: Department of Hydrology and Meteorology (Nepal)[७] |