राजकीय दूमा

राजकीय दूमा - रसिया साम्राजयको प्रतिनिधि सभा, सन् १९०५ का घटनाहरूको फलस्वरूप जारसाही यो सभा डाक्न बाध्य भएको थियो | औपाचारिक रूपमा यो एक विधायिका संस्था थियो, तर यसलाई कुनै वास्तविक अधिकार प्रदान गरिएको थिएन | राजकीय दूमाको निर्वाचन प्रत्यक्ष मतदानबाट हुँदैनथ्यो मतदान असमान थियो र जनतालाई सार्वजनिक मताधिकार प्रदान गरिएको थिएन | श्रमिक वर्गहरूको मात्रामा सीमित पारिएको थियो, मजदुर तथा किसानहरूको एक व्यापक हिस्सालाई मताधिकार प्रदान गरिएको थिएन | २४ डिसेम्बर, १९०५को चुनाव कानुनअनुसार एक जमीनदारको मत ३ शहरिया बुर्जुवा, १५ किसान तथा ४५ मजदुरहरूको मत बराबर हुन्थ्यो |[१]

पहिलो (अप्रिल-जुलाई, १९०६) र दोस्रो (फरवरी-जून,१९०७) राजकीय दूमाहरू सरकारले भंग गरिदिए | ३ जून, १९०७मा मन्त्रीमण्डल बदलिसकेपछि सरकारले एक नयाँ चुनाव कानुन पास गर्र्‍यो, जसले मजदुरहरू, किसानहरू तथा शहरिया निम्त-बुर्जुवावर्गका अधिकारलाई अझ बढी सीमित तुल्याइदियो र तेस्रो (सन् १९०७-१९१२) तथा चौथो (सन् १९१२-१९१७) राजकीय दूमाहरूमाजमीनदारहरू तथा बुर्गुवावर्गका प्रतिक्रियावादी गुटको पूर्ण प्रभुत्व कायम हुन गयो |

बोल्सेविकहरूले तेस्रो तथा चौथो दूमाहरूका चुनावहरूमा भाग लिएका थिए र आफ्ना प्रतिनिधिहरू पठाएका थिए |[१]

स्रोतहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद