याहु! सर्च

वेब खोज संयन्त्र

याहु! सर्च (अनुवाद: याहु! खोज) याहु!को स्वामित्वमा रहेको एउटा वेब खोज संयन्त्र हो। यसको प्रधान कार्यालय क्यालिफोर्नियाको सन्निभेलमा रहेको छ।[३] अक्टोबर २०१८ सम्ममा, २.२३% बजार साझेदारीका साथ सबै मञ्चहरूमा यो विश्वव्यापी रूपमा चौथो धेरै खोजी गर्नका लागि प्रयोग गरिने खोज संयन्त्र हो।[४]

याहु! खोज
याहु!को खोज पृष्ठ
साइटको प्रकार
वेब खोज संयन्त्र
उपलब्ध भाषाबहुभाषिक (४०)
मालिकयाहु!
युआरएलsearch.yahoo.com
अलेक्सा क्रम९ (अप्रिल २०१९)[१]
व्यवसायिकहो
दर्ताबैकल्पिक
चालु भएको मितिमार्च २, १९९५; २९ वर्ष पहिले (१९९५-०३-02)
वर्तमान स्थितिचालू
लेखिएको भाषापिएचपि[२]

मूल रूपमा, "याहु खोज"ले याहुद्वारा प्रदान गरिएको दृश्य चित्रणलाई सन्दर्भित गरेको थियो जसले यसको वेबसाइटहरूको निर्देशिकाहरूका साथ पूरक पृष्ठहरूको खोजीयोग्य अनुक्रमणिकामा प्रश्नहरू पठाएको थियो। सुरुवाती चरणहरूमा याहु अन्तर्गत प्रयोगकर्तालाई परिणामहरू प्रस्तुत गरिएको थियो। सन् २००१ मा, यसमा खोजी योग्य सूचकाङ्कहरू इङ्कटोमीद्वारा सञ्चालित अवस्थामा थियो भने पछि सन् २००४ यो गुगलद्वारा सञ्चालित थियो। पछि यस सेवा स्वतन्त्र खोज संयन्त्रको रूपमा परिचित बनेको थियो। २९ जुलाई २००९ मा, माइक्रोसफ्ट र याहु! एक सम्झौतामा हस्ताक्षर गरेका थिए जसमा माइक्रोसफ्टको खोज संयन्त्र बिङले याहु! सर्चलाई थप शक्तिशाली बनाएको थियो।[५]

जुलाई २०१८ सम्म, माइक्रोसफ्टले संयुक्त राज्य अमेरिकामा सबै खोजहरूको २४.२ प्रतिशत नियन्त्रण गरेको थियो। समान समयावधिमा ओथ (याहु!को तत्कालीन मालिक) ले खोज संयन्त्र क्षेत्रमा ११.५% बजार साझेदारी गरेको थियो भने लोकप्रिय खोज संयन्त्र गुगलले संयुक्त राज्य अमेरिकामा सबै मुख्य खोजीहरूको ६३.२% नियन्त्रण गरेको थियो।[६]

याहु! सर्चलाई याहूको अभिभावक कम्पनी, भरिजोन मिडियाको स्वामित्वमा रहेका वेबसाइटहरूको पक्षमा खोजी गरेका कारण आलोचित गरिएको थियो।[७]

खोज प्रविधिहरूको अधिग्रहण

याहु! सर्चलाई याहुका संस्थापकहरू डेभिड फिलो र जेरि याङद्वारा सन् १९९४ मा याहु! निर्देशिकाको रूपमा निर्माण गरिएको थियो।सन् १९९५ मा, उनीहरूले यसमा खोज संयन्त्र विशेषता पेश गरेका थिए जसलाई याहु! सर्च नामकरण गरिएको थियो।[८][९] यसले प्रयोगकर्तालाई याहु! निर्देशिकामा खोज गर्न अनुमति दिएको थियो। यो वेबमा पहिलो लोकप्रिय खोज संयन्त्रको रूपमा पनि परिचित थियो।[१०] पछि उनीहरूले अन्य कम्पनीहरूबाट वेब खोज संयन्त्र अनुमति पत्र प्राप्त गरेका थिए। आफ्नै सेवाहरूको बारेमा खोज परिणामहरू उत्पन्न गर्नका लागि याहु!ले वेब खोज प्रविधिलाई अधिग्रहण गरेको थियो। सन् २००२ मा, कम्पनीले इङ्कटोमी नामक वेब खोज संयन्त्रलाई खरिद गरेको थियो। इङ्कटोमीको नतीजाहरू अन्य कम्पनीहरूको वेबसाइटहरूमा देखा पर्दछ र यसले याहु! सर्चको सुरुवाती चरणमा यसलाई सञ्चालन गरेको थियो।

सन् २००३ मा, कम्पनीले ओभरचर सर्भिसेस निगमलाई खरीद गरेको थियो जसमा उनीहरूको स्वामित्वमा अल्दवेब र अल्टाभिस्टा नामक खोज संयन्त्रहरू समावेश थिए। सुरुवातमा, याहु!ले विभिन्न खोज संयन्त्रहरूको नियन्त्रण गरेतापनि यो सेवालाई मुख्य याहु डटकमको वेबसाइटमा प्रयोग भने गरेका थिएनन्। कम्पनी खोज परिणामहरूका लागि गुगलको खोज संयन्त्रको प्रयोग गरेको थिए।

सन् २००५ मा याहु! सर्च

७ अप्रिल २००३बाट याहु! सर्च, इन्टरनेटबाट स्वचालित रूपमा नतिजाहरू प्रदान गर्ने खोज संयन्त्रको बनेको थियो।[११] कम्पनीले खोज संयन्त्रमा स्वचालित परिणाम प्रदर्शन गर्ने क्षमताहरू थप गरेको थियो। यस नयाँ खोज संयन्त्रका परिणामहरू याहु!को सबै वेबसाइटहरूमा समावेश गरिएको थियो जसले वेबमा खोजी कार्य गर्दछ। याहु!ले तिनीहरूका कम्पनीका वेबसाइटहरूमा प्रदर्शन गर्नका लागि अन्य कम्पनीहरूमा पनि यस खोज संयन्त्रमा परिणामहरू बिक्री गर्न सुरु गरेको थियो। पूर्व साझेदारहरू एक अर्काको मुख्य प्रतिस्पर्धी बनेका कारण, गुगलसँगको उनीहरूको सम्बन्धलाई त्यस समयमा समाप्त गरिएको थियो।

अक्टोबर २००७ मा, याहु!लाई परिमार्जित गरी नयाँ शैलीमा प्रस्तुत गरिएको थियो। यसका अतिरिक्त यसमा खोज सहयोग थपिएको थियो।

सन् २००८ मा याहु! सर्च

जुलाई २००८ मा, याहु! सर्चले याहु बोस भनिने नयाँ सेवाको सुरुवात गरेको घोषणा गरेको थियो। यस सेवाले विकासकर्ताहरूको लागि सूचना र तस्वीर अनुक्रमणिकाको लागि याहुको प्रणाली प्रयोग गर्ने र उनीहरूको आफ्नै अनुकूलन खोज संयन्त्र सृजना गर्नका लागि काम गरेको थियो। [१२]

जनवरी २०१० मा, माइक्रोसफ्टले एक सम्झौता घोषणा गरेको थियो जसमा यसले याहुको कार्यात्मक सञ्चालनलाई नियन्त्रण गर्ने बताइएको थियो र यसले दुबै याहु र बिङमा विज्ञापन बेच्नका लागि एक संयुक्त उद्यम खोलेको पनि बताएको थियो जसलाई माइक्रोसफ्ट खोज मैत्री नामकरण गरिएको थियो। यसको सम्पूर्ण कारोबार अक्टोबर २०१० मा गरिएको थियो। [५]

सन् २०११ मा याहु! सर्च

समीक्षा तथा प्रयोगकर्ताहरूद्वारा योगदान गरिएका तस्वीरहरू याहुमा एकीकृत पार्ने उद्देशका साथ ११ मार्च २०१४ मा, याहूले यल्पको (बिङले पहिला गरेको थियो) साथ साझेदारीको घोषणा गरेको थियो। [१३]

नोभेम्बर २०१४ मा, मोजिल्लाले याहुको साथ ५ वर्षे साझेदारीमा हस्ताक्षर गरेको थियो। त्यतिबेला याहु खोज अमेरिकामा फायरफक्स ब्राउजरहरूको लागि पूर्वनिर्धारित खोज संयन्त्रको रूपमा रहेको थियो।[१४]

अप्रिल २०१५ मा, माइक्रोसफ्टसँगको साझेदारीलाई परिमार्जन गरिएको थियो। अक्टोबर २०१९ देखि, याहु! सर्चलाई पुन: बिङले सञ्चालन गर्दै आइरहेको छ।[१५][१६][१७]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद