मुरली

मुरली एक प्रकारको बाजा हो । मालिङ्गो जातको सानो बाँसबाट मुरली बनाइन्छ।

निगालो र मुरली बाँसको मुरली अति राम्रो हुन्छ । यसको एक छेउमा तेर्सो काटेर त्यहाँ बाँसको पातलो चोया वा भक्किमिला काठ राखिन्छ र एउटा दुलो पारिन्छ । अर्का छेउमा ६-७ वटा दुला पारिन्छन् । यसलाई बजाउन मुरलीको तेर्सा काटेको छेउ मुखभित्र हालेर विस्तारो फुकेपछि त्यहाँबाट ध्वनि प्रवाहित हुन थाल्छ । यस प्रवाहित ध्वनिलाई संगितमा परिवर्तन गराउन औंलाले छोपी राखेका प्वालहरू क्रमअनुसार छोप्ने र उघार्न गरिन्छ । यसरी मुरली बजाउँदा अति सुरिलो स्वर प्रवाहित हुन्छ । यो नेपाली समाजको अति प्रिय वाद्ययन्त्र हो ।

जोर-मुरली

बाँसमा ठेडी राखेर बनाएको दुइटालाई धागोले बाँधेर बराबर एकै स्वर निकाली फुकेर जोर मुरली बजाईन्छ। तर यो किराँत राई शैलीको जोर मुरली वर्तमान अवस्थामा बनाउन छाडिएको छ।

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद