माेबाइल दूरसञ्चार कम्पनी (इरान)

इरानको माबाइल दूरसञ्चार कम्पनी (फारसी: شرکت ارتباطات سیار ایران) सामन्यतया एमसिआईको रूपमा संक्षिप्त र यसको ब्रान्ड नाम हाम्राहे अभल (फारसी: همراه اول) को नामले पनि चिनिने इरानमा पहिलो र सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक हो । एमसिआई इरानको दूरसञ्चार कम्पनीको एक सहायक कम्पनी हो र यसका लगभग १७ मिलियन पोस्टपेड र ४९ मिलियन प्रिपेड प्रयोगकर्ताहरू रहेका छन् । हाम्राहे अभलको सेवा १,२३९ शहरहरूमा र इरानको ७०,००० किलोमिटर लामो राजमार्गमा पनि उपलब्ध छ । यसले ११२ भन्दा बढी देशहरूमा र २७१ सहयोगी सञ्चालकहरूका माध्यमबाट रोमिंग सेवाहरू प्रदान गर्दछ । यसको मुख्यालय इरानको तेहरानमा अवस्थित छ भने हालका प्रमुख कार्यकारी अधिकृत हमिद फरहाङ हुन् । यसको स्थापना १९९२ मा इरानको तेहरानमा भएको थियो ।

मोबाइल दूरसञ्चार कम्पनी
हाम्राहे अभल
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूपतेहरान स्टक एक्सचेञ्ज
उद्योगमोबाईल नेटवर्क सञ्चालक
स्थापित१९९२
केन्द्रीय कार्यालयतेहरान, इरान
मुख्य व्यक्ति
हमिद फरहाङ
(कार्यकारी अधिकृत)
बबाक ताराकोमेह
(समितिका सदस्य)
उत्पादनहरूनिश्चित-लाइन र मोबाईल फोन, इन्टरनेट सेवाहरू , ब्रोडब्यान्ड र निश्चित-लाइन इन्टरनेट सेवा, डिजिटल सेवा र दूरसञ्चार नेटवर्क सेवाहरू, र बिश्वब्यापी इन्टरनेट प्रोटोकूल
कर्मचारी सङ्ख्या
५०००+
मूल सङ्गठनइरानको दूरसञ्चार कम्पनी
वेबसाइटwww.mci.ir

अगस्ट २०१३ मा, कम्पनी ओटीसीबाट तेहरान स्टक एक्सचेन्जमा सर्यो । अप्रिल २०१४ मा कम्पनीको बजार मूल्य ४.३ अरब डलर रहेको थियो ।[१]

हाल, मोबाईल दूरसञ्चार कम्पनी ९० प्रतिशतको शेयर इरानको दूरसञ्चार कम्पनीको स्वामित्वमा रहेको छ, र बाँकी १० प्रतिशत शेयरहरू तेहरान स्टक एक्सचेन्जमा सार्वजनिक छन् ।

२०१५ मा, मोबाईल दूरसञ्चार कम्पनीले नयाँ ब्रान्ड नाम नोट्रिनो रूपमा ३ जी र ४ जी प्रविधिहरू सुरू गरेको थियोे । हाल यस कम्पनीमा ५००० भन्दा बढी कामदारहरू रहेका छन् भने यसका लगभग १७ मिलियन पोस्टपेड र ४९ मिलियन प्रिपेड प्रयोगकर्ताहरू रहेका छन् ।

इतिहास

मार्च २००४ को अन्त सम्ममा, ग्राहकहरूको संख्या ३,४५०,००० मा बढेको थियोे । प्रयोगहरूको संख्या आजको भन्दा ४३ मिलियन भन्दा बढी हो (हाम्राहे अभलको प्रयोगहरूको सङ्ख्या)

हाम्राहे अभलले देशभरभरि ५२,००० किलोमिटर सडकमा सञ्जाल र ११२० शहरहरूमा सम्म सेवा क्षेत्र बिस्तार गरेको छ ।

यसले कल स्थानान्तरण, एफडिएन सेवाहरू, कल प्रतिबन्ध, फ्याक्स जडान, डाटा सेवाहरू, एसएमएस र भिएमएस प्रणालीहरू, अन्तर्राष्ट्रिय रोमिङ लगायतका विशेष सेवाहरू प्रयोगकर्ताहरूलाई प्रदान गरिएको छ ।

प्रतिस्पर्धा

मोबाइल दूरसञ्चार कम्पनी, इरानमा पहिलो र सबैभन्दा ठूलो दुरसञ्चार सेवा प्रदायक हो । यसका मुख्य प्रतिस्पर्धीहरू: दक्षिण अफ्रिकाको दूरसञ्चार सेवा प्रदायक एमटिएनको ४९ प्रतिशतस्वामित्व र इरान इलेक्ट्रनिक विकास कम्पनीको ५१ प्रतिशत स्वामित्वमा रहेको इरानसेल र सामाजिक सुरक्षा लगानी कम्पनीको पूर्ण स्वामित्वमा रहेको रिधटेल हुन् ।[२]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद