*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २१:५९, ८ मार्च २०२० ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २०:०५, ६ जुलाई २०१८
मार्सेलु भियेरा दा सिल्भा जुनियर ( जन्म : १२ मे १९८८) सामान्यतय मार्सेलुले चिनिन्छन् एक ब्राजिलि व्यावसायिक फुटबल खेलाडी हुन् जो हाल स्पेनी क्लब रेआल माद्रिद र ब्राजिल राष्ट्रिय फुटबल टिमका लागि रक्षापङ्क्ति को रूपमा खेल्दै आएका छन्।[४][५][६]
सन् २००५ मा मार्सेलुले फ्लुमिनेन्स नामक एक ब्राजिली फुटबल क्लब मार्फत व्यावसायिक फुटबल कार्यकालको सुरुवात गरेका थिए भने तात्कालिक समयमा उनी मात्र १८ वर्षका थिए।[७][८][९][१०] सोही वर्ष उनले उक्त क्लबका लागि काम्पियोनातो काररिको नामक एक वार्षिक फुटबल प्रतियोगितामा फ्लुमिनेन्स क्लबका लागि उपस्थिति जनाएका थिए उक्त वर्षको त्यस फुटबल प्रतियोगिता फ्लुमिनेन्स क्लबले जित्न सफल भएको थियो भने सोही वर्ष उनले ब्राजिल १७ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीका लागि पनि पर्दापण गरेका थिए। सन् २००७ मा उनले रेआल माद्रिद नामक एक बहुप्रतिष्ठित फुटबल टोलीका लागि ५० लाख युरोमा आवद्ध भएका थिए।[११] यस क्लबका लागि उनले २१ उपाधिका लागि जित हासिल गर्नका लागि अहम् भूमिका निभाएका थिए भने उनको उपस्थितिमा रेआल माद्रिदले २१ उपाधिहरू जित्न सफल भएको थियो।
सन् २००६ मा उनले ब्राजिल १७ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीका लागि वेल्स विरुद्धको खेलमा राष्ट्रिय टोलीका लागि पर्दापण गरेका थिए जहाँ उनले एक गोल गर्न सफल भएका थिए। सन् २००८ मा चीनको राजधानी बेइजिङमा आयोजित ग्रीष्मकालीन ओलम्पिकमा उनले ब्राजिल २३ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीको तर्फबाट उक्त प्रतियोगितामा भाग लिएका थिए भने उक्त प्रतियोगितामा उनले काश्यपदक हासिल गर्न सफल भएका थिए। उक्त ओलम्पिक खेलको ४ वर्ष पश्चात् लन्डनमा आयजित सन् २०१२ को ग्रीष्मकालीन ओलम्पिकमा पनि उनले २३ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीका लागि उपस्थिति जनाएका थिए भने उक्त प्रतियोगितामा ब्राजिल राष्ट्रिय टोलीले रजत पदम जित्न सफल भएको थियो।[७][८] सन् २०१३ मा ब्राजिलमा आयोजित फिफा कन्फेडेरेसन कपमा उनले राष्ट्रिय टोलीका लागि उपस्थिति जनाएका थिए भने उक्त प्रतियोगिताको अन्तिम खेलमा ब्राजिल राष्ट्रिय फुटबल टोलील स्पेनलाई ३-० गोल अन्तरले पराजित गर्दै उक्त प्रतियोगिता चौँथोपटक जित्न सफल भएको थियो। सन् २०१४ मा ब्राजिलमा आयोजित फिफा विश्वकपमा मार्सेलुले राष्ट्रिय टोलीको तर्फबाट उपस्थिति जनाएका थिए भने उक्त प्रतियोगितामा राष्ट्रिय टोली चौँथो हुन सफल भएको थियो। सन् २०१८ मा रूसमा आयोजित फिफा विश्वकपमा पनि उनले राष्ट्रिय टोलीका तर्फबाट उपस्थिति जनाएका थिए।
क्लब कार्यकाल
फ्लुमिनेन्स
सन् २००५ मा मार्सेलुले फ्लुमिनेन्स नामक एक ब्राजिली फुटबल क्लब मार्फत व्यावसायिक फुटबल कार्यकालको सुरुवात गरेका थिए भने तात्कालिक समयमा उनी मात्र १८ वर्षका थिए।सोही वर्ष उनले उक्त क्लबका लागि काम्पियोनातो काररिको नामक एक वार्षिक फुटबल प्रतियोगितामा फ्लुमिनेन्स क्लबका लागि उपस्थिति जनाएका थिए उक्त वर्षको त्यस फुटबल प्रतियोगिता फ्लुमिनेन्स क्लबले जित्न सफल भएको थियो।
रेआल माद्रिद
सन् २००७ मा मार्सेलुले रेआल माद्रिद नामक ऐक बहुप्रतिष्ठित स्पेनी फुटबल क्लबका लागि आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए भने तत्कालीन समयमा उनी उक्त क्लबका लागि युवा खेलाडीको रूपमा स्थापित हुन सफल भएका थिए।[१२] सन् २००७ जनवरी ७ मा दिन उनले रेआल माद्रिका लागि पहिलो आधिकारिक खेल दिपोर्तिभ ला करूनाको विरुद्धमा खेलका थिए भने उक्त खेलमा उनी अतिरिक्त खेलाडीको रूपमा मैदान उत्रिएका थिए। [१३]सन् २००७ अप्रिल १४ का दिन रेआल माद्रिदका प्रशिक्षक फाबियो कापेलोले उनलाई रेसिङ दे सान्तान्दर विरुद्धको खेलमा मैदान प्रवेश गराएका थिए तर उक्त खेलमा माद्रिद २-१ गोल अन्तरले पराजित भएको थियो। सन् २००७-०८ संस्करणदेखि मार्सेलुले प्रायः सबै लिग खेलहरू खेल्न सुरुवात गरेका थिए भने तात्कालिक समयमा यस क्लबका प्रशिक्षक ब्रेन्द थिए।[१४] मार्सेलुले पछि उक्त क्लबका लागि उत्कृष्ट प्रदर्शन तथा उत्कृष्ट खेल प्रस्तुत गरेका कारण उनी रेआल माद्रिदका महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित हुँदै अनुयायीहरूको मन जित्न सफल भएका थिए। सन् २००९ को लिग संस्करणको सुरुवातमा मार्सेलुले खराब प्रदर्शन गरेका कारण उनलाई प्रायः अतिरिक्त खेलाडी रूपमा क्लब लिएको थियो।[१५] मार्सेलुले पछि उक्त क्लबका प्रशिक्षक रामोसको निर्देशनमा रक्षापङ्क्तिको रूपमा खेल्न सुरु गरेका थिए। सन् २००९ अप्रिल १८ मा मार्सेलुले रेआल माद्रिदका लागि तेस्रो व्यक्तिगत गोल गर्न सफल भएका थिए।
सन् २००९–१० सत्र
रेआल माद्रिदका नयाँ प्रशिक्षक मनुएल पेलेग्रीनीको प्रशिक्षण अन्तर्गत मार्सेलुले आफ्नो बहुमुखी प्रतिभा र वेगपूर्ण भूमिकाको रूपमा रक्षात्मक मध्यपङ्क्तिबाट खेल्न सुरु गरेका थिए। सन् २००९-१० को ला लिगा सत्रमा उनले रेआल माद्रिदका लागि लिग खेलहरूमा टोलीलाई जिताउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए भने उक्त वर्षको ला लिगा संस्करणको उनले सफलता प्राप्त गरेका थिए।[१६]
थप सफलता: सन् २०१०–११ सत्र
मार्सेलुले सन् २०१०-११ ला लिगा सत्र रेआल माद्रिदका नयाँ प्रशिक्षक जोजे मउरिन्होको प्रशिक्षणमा सुरुवात गरेका थिए भने उनले रक्षापङ्क्तिबाटै खेल्न सुरु गरेका थिए। उनले त्यस वर्षको लगभग सबै ला लिगा खेलहरू खेलेका थिए जहाँ उनले आफ्नो शैली तथा आक्रमक रूपमा खेलेका करण सबैको ध्यान उनमा केन्द्रित भएको थियो। सन् २०१० नोभेम्बर २५ का दिन उनलाई फिफा विश्व एक्सएलको ५५ खेलाडीहरूको सूचीमा पनि सूचीकृत गरिएको थियो। मार्सेलुले १३ फेब्रुअरीका दिन उक्त सत्रको खेलमा क्लबका लागि एक गोल गर्न सफल भएका थिए भने उनले गरेको गोलनै खेलमन निर्णायक बनेको थियो जसकारण माद्रिदे इस्पान्योललाई १-० गोल अन्तरले पराजित गरेको थियो। उनले पछि च्याम्पियन्स लिगको खेलमा पनि ओलाँपिक लियोनेको विरुद्धमा उत्कृष्ट प्रदर्शन गरेका थिए।[१७] उक्त खेलमा उनले आफ्नो आक्रमणकारी स्वभाव र रक्षात्मक सीप देखाउँदै च्याम्पियन्स लिगमा व्यक्तिगत पहिलो गोल गर्न सफल भएकन थिए भने उनले सोही खेलमा करिम बेन्जेमालाई गोल गर्नमा मद्दत पुर्याएका थिए जसकारण खेल माद्रिदले ३-० गोल अन्तरले जित्न सफल भएको थियो भने उनी उक्त खेलका उत्कृष्ट खेलाडी समेत बन्न सफल भएका थिए। मार्सेलुले पछि बार्सेलोना विरुद्ध खेलमा पनि एक गोल गर्न सफल भएका थिए भने उक्त खेल १-१ को बराबरीमा टुङ्गिएक थियो। त्यस सत्रको ला लिगा चलिरहँदा मार्सेलुको विश्वव्यापी सामाजिक सञ्जालमा धेरै प्रशंसा गरिएको थियो भने उनले थुप्रै सञ्चार माध्यमहरूले सर्वोत्कृष्ट मध्यपङ्क्तिको भन्दै उनको प्रशंसा गरेका थिए।[१८] उनको उत्कृष्ट फुटबल शैली देखेर दिएगो मारादोनाले उनी क्रिस्ताआनो रोनल्दो र लियोनल मेसीको पछिका ला लिगामा तेस्रो सर्वश्रेष्ठ खेलाडी भएको धारणा व्यक्त गरेका थिए।
सन् २०११–१२ सत्र
सन् २०११-१२ को ला लिगा सत्रको पनि मार्सेलुले रेआल माद्रिदबाट खेलेका थिए। १७ अगष्ट २०११ मा उनले लिग खेलमा बार्सेलोनाको विरुद्ध रेआल माद्रिदको प्रतिनिधित्व गर्दै खेलेका थिए तर उक्त खेलमा माद्रिद बार्सेलोना विरुद्धको खेलमा पराजित भएको थियो। सन् २०११ डिसेम्बर ३ का दिन मार्सेलुले स्पोर्तिङ दे सिसन विरुद्धको खेलमा माद्रिदको तर्फबाट तेस्रो गोल गर्न सफल भएका थिए जसकारण उक्त खेलमा माद्रिदले सिसनलनई ३-० गोल अन्तरले पराजित गरेको थियो। सोही वर्षको च्याम्पियन्स लिगको खेलमा पनि मार्सेलुले रेआल माद्रिदका तर्फबाट उत्कृष्ट प्रदर्शन गर्न सफल भएमन थिए। सन् २०१२ को ग्रीष्मकालीन ओलम्पिकमा उनले २३ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीका लागि उपस्थिति जनाएका थिए भने उक्त प्रतियोगितामा ब्राजिल राष्ट्रिय टोलीले रजत पदम जित्न सफल भएको थियो।
सन् २०१२–१३ सत्र
सन् २०१२-१३ को च्याम्पियन्स लिगको एक खेलमा मार्सेलुले अङ्ग्रेजी क्लब म्यानचेस्टर युनाइटेड विरुद्धको समूह चरणको खेलमा उक्त सत्रमा रेआल माद्रिदका लागि पहिलो गोल गरेका थिए। केही महिनाको अस्थायी अवकाश पश्चात् उनी सन् २०१३ फेब्रुअरीमा पुनः खेलमा फर्किएका थिए भने उनले आउने बित्तिकै रेआल माद्रिदको कप्तानको पद सम्हालेका थिए।[१९] सन् २०१३ अप्रिलमा उनको कप्तानीमा माद्रिदको सामना रेआल बेतिससँग भएको थियो भने उक्त खेल माद्रिदले ३-१ गोल अन्तरले जित्न सफल भएको थियो।
सन् २०१३–१४ सत्र
सन् २०१३ अगष्ट ७ का दिन आयोजित गिनिज अन्तर्राष्ट्रिय च्याम्पियनसिपको अन्तिम खेलमा मार्सेलुले अङ्ग्रेजी फुटबल क्लब चेल्सी विरुद्ध सुरुवात गोल गरेका थिए भने उक्त खेलमा माद्रिदले चेल्सीलाई ३-१ गोल अन्तरले पराजित गर्दै उक्त प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो।[२०] सन् २०१३-१४ को ला लिगामा उनले रेआल माद्रिदका लागि कुल २८ खेलहरू खेलेका थिए भने मार्च ९ का दिन आयजित ला लिगाको एक लिग चरणको खेलमा उनले लिभान्ते युदीको विरुद्ध एक गोल गरेका थिए भने उक्त खेल माद्रिदले ३-० गोल अन्तरले जित्न सफल भएको थियो।[२१] सन् २०१४ को च्याम्पियन्स लिगको एक खेलमा मार्सेलुले एत्लेतिको माद्रिदको विरुद्धमा माद्रिदको तर्फबाट तेस्रो गोल गरेका थिए भने उक्त खेल रेआल माद्रिदले ४-१ गोल अन्तरले जित्न सफल भएको थियो।[२२]
सन् २०१५–१६ सत्र
सन् २०१५ जुलाई १० का दिन मार्सेलुले रेआल माद्रिदसँगको सम्बन्धन पत्रको सीमालाई सन् २०२० सम्म पुर्याई उक्त क्लबसँग सन् २०२० सम्म आवद्ध हुने भएका थिए।[२३][२४] सन् २०१५ अक्टोबर १८ मा दिन उनले उक्त वर्षको ला लिगा संस्करणमा लिभान्ते युडीको विरुद्धमा पहिलो गोल गर्न सफल भएका थिए जसको फलस्वरूप माद्रिदले युदीलाई ३-० गोल अन्तरले पराजित गर्न सफल भएको थियो। ला लिगाको सँगसँगै मार्सेलुले सन् २०१५-१६ को युइएफए च्याम्पियन्स लिगमा पनि रेआल माद्रिदको तर्फबाट उपस्थिति जनाएका थिए।[२५]
सन् २०१६–१७ सत्र
सन् २०१६-१७ को ला लिगा संस्करण अन्तर्गत मार्सेलुले कुल ३० लिग खेलहरू खेलेका थिए भने उक्त वर्षको ला लिगा र युइएफए च्याम्पियन्स लिग पनि माद्रिदले हात पर्न सफल भएको थियो।[२६][२७][२८]
सन् २०१७–१८ सत्र
सन् २०१७ सेप्टेम्बर १३ का दिन मार्सेलुले रेआल माद्रिदसँगको सम्बन्धन पत्रको सीमालाई सन् २०२२ सम्म पुर्याई उक्त क्लबसँग सन् २०२२ सम्म आवद्ध हुने भएका थिए।[२९] सन् २०१७-१८ च्याम्पियन्स लिगको संस्करणमा उनले माद्रिदको तर्फबाट कुल ११ उपस्थिति जनाएका थिए जहाँ उनले ३ गोल गर्न सफल भएका थिए।[३०]
अन्तर्राष्ट्रिय कार्यकाल
सन् २००६ मा उनले ब्राजिल १७ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीका लागि वेल्स विरुद्धको खेलमा राष्ट्रिय टोलीका लागि पर्दापण गरेका थिए जहाँ उनले एक गोल गर्न सफल भएका थिए।[३१] सन् २००८ मा चीनको राजधानी बेइजिङमा आयोजित ग्रीष्मकालीन ओलम्पिकमा उनले ब्राजिल २३ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीको तर्फबाट उक्त प्रतियोगितामा भाग लिएका थिए भने उक्त प्रतियोगितामा उनले काश्यपदक हासिल गर्न सफल भएका थिए।[३२] मार्सेलुले सन् २०११ अक्टोबर ११ का दिन मेखिको विरुद्ध आयोजित एक मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीका लागि व्यक्तिगत दोस्रो गोल गर्न सफल भएका थिए भने उक्त खेलमा ब्राजिलले मेखिकलाई पराजित गर्न सफल भएक थियो।[३३] उनले सन् २०१२ फेब्रुअरी २८ का दिन बोस्निया र हर्जगोभिजा विरुद्ध आयोजित एक मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीका लागि व्यक्तिगत तेस्रो गोल गर्न सफल भएका थिए भने उक्त खेलमा ब्राजिलले बोस्निया र हर्जगोभिनालाई २-१ गोल अन्तरले पराजित गर्न सफल भएक थियो।[३४] लन्डनमा आयजित सन् २०१२ को ग्रीष्मकालीन ओलम्पिकमा पनि उनले २३ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीका लागि उपस्थिति जनाएका थिए भने उक्त प्रतियोगितामा ब्राजिल राष्ट्रिय टोलीले रजत पदम जित्न सफल भएको थियो। सन् २०१२ मे ३० का दिन संयुक्त राज्य अमेरिका विरुद्धको एक मैत्रीपूर्ण खेलमा मार्सेलुले एक गोल गर्न सफल भएका थिए जुन उनको अन्तर्राष्ट्रिय कार्यकालको व्यक्तिगत चौँथो गोल थियो भने उक्त खेलमा ब्राजिलले संयुक्त राज्यलाई ४-१ गोल अन्तरले पराजित गरेको थियो।[३५] सन् २०१३ मा ब्राजिलमा आयोजित फिफा कन्फेडेरेसन कपमा उनले राष्ट्रिय टोलीका लागि उपस्थिति जनाएका थिए भने उक्त प्रतियोगिताको अन्तिम खेलमा ब्राजिल राष्ट्रिय फुटबल टोलील स्पेनलाई ३-० गोल अन्तरले पराजित गर्दै उक्त प्रतियोगिता चौँथोपटक जित्न सफल भएको थियो।[३६] सन् २०१४ मा ब्राजिलमा आयोजित फिफा विश्वकपमा मार्सेलुले राष्ट्रिय टोलीको तर्फबाट उपस्थिति जनाएका थिए भने उक्त प्रतियोगितामा राष्ट्रिय टोली चौँथो हुन सफल भएको थियो।[३७] सन् २०१७ मार्च २७ मा दिन पारावाई विरुद्धको २०१८ फिफा विश्वकप छनोट खेलमा उनले राष्ट्रिय टोलीलाई जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै एक गोल गर्न सफल भएका थिए भने उक्त खेलमा ब्राजिलले पारावाईलाई ३-० गोल अन्तरले पराजित गर्न सफल भएको थियो।[३८] सन् २०१८ मा रूसमा आयोजित फिफा विश्वकपमा पनि उनले राष्ट्रिय टोलीका तर्फबाट उपस्थिति जनाएका थिए। सन् २०१९ मे महिनामा तात्कालिक राष्ट्रिय टोलीका प्रशिक्षक तितेले उनलाई २३ खेलाडीको सूचीबाट हटाएका थिए जसकारण उनी २०१९ कोपा अमेरिका नामक एक फुटबल प्रतियोगितामा उपस्थिति जनाउनबाट बञ्चित बनेका थिए। [३९]