महाकाली नदी

भारतका नदी

अन्य उपयोगको लागि हेर्नुहोस् - काली नदी

महाकाली नदी
महाकाली नदी, कुटी याङ्दी, काली नदी, शारदा नदी
महाकाली नदीको दृश्य
स्थान
Countryनेपाल
भौतिक विषेशताहरू
मुखगंगा नदी
 •  स्थान
सुदूरपश्चिम प्रदेश
 •  उन्नतांस
units?
लम्बाइ350 units?

महाकाली नदी नेपालको पश्चिमी भागबाट उत्पन्न भई नेपाल र भारतको सिमानाबाट बग्ने एउटा नदी हो । यस नदीको उद्गम स्थान बृहत्तर हिमालयमा ३,६०० मिटरको उचाइमा स्थित लिम्पियाधुरा नामक स्थानमा छ, जो नेपालको दार्चुला जिल्लाको एक भाग हो । यस नदीको नाम काली माताको नामबाट भएको हो । लिम्पियाधुरा लिपुलेक दराका निकट भारत, नेपाल र तिब्बतको सीमामा स्थित छ। यस नदीको उपल्लो क्षेत्रमा नेपालभारतको सीमा बनाउँछ । भारतमा उत्तराखण्ड र उत्तर प्रदेशका मैदानी क्षेत्रहरूमा पुग्दा शारदा नदीका नामले चिनिन्छ ।

महाकाली नदीमा जौल्जिबी नामक स्थानमा गोरी नदी पनि मिल्दछ । यो स्थान एक वार्षिक उत्सवका लागि प्रख्यात छ । पछि गएर यो नदी, कर्नाली नदीसित मिल्दछ । बहराइच जिल्लाहरूमा पुगेपछि सरयु र त्यसपछि गंगा नदीमा मिल्न जान्छ। पञ्चेश्वर आसपासको भारतीय क्षेत्रलाई 'काली कुमाँऊ' भनिन्छ ।

पञ्चेश्वरमा सिंचाइ र जलविद्युत ऊर्जाका लागि नेपाल र भारतको संयुक्त परियोजनाका रूपमा बाँध बनाउन महाकाली सन्धि गरिएको छ । टनकपुरमा भने भारतले एकलौटी टनकपुर जलविद्युत परियोजना (१२० मेगावाट) अप्रिल १९९३ मा उत्तराखण्ड सिंचाइ विभागद्वारा सञ्चालन गरेको छ । यस अन्तर्गत टनकपुरमा ब्यारेज बनाइएको छ ।

महाकाली नदी गंगा नदी प्रणालीको एक भाग हो ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू



🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद