बौद्धनाथ
बौद्धनाथ (तिब्बती: བྱ་རུང་ཁ་ཤོར། वयली: bya-rung-kha-shor, ज्यरुङ खशोर) काठमाडौँ शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्ध स्तूप तथा तीर्थस्थल हो । यो स्तूप नेपालको सबैभन्दा ठूला गोलाकार भएको स्तूप हो । [२] सन् १९७९ देखि बौद्धनाथ युनेस्को विश्व सम्पदा क्षेत्र रहेको छ। स्वयम्भूनाथ सँग सँगै बौद्धनाथ पनि काठमाडौँको सबैभन्दा बढि पर्यटकहरूले हेर्ने स्थान मध्ये एक रहेको छ। विशेष गरी यस चैत्यको इतिहास प्राचीन तिब्बती बौद्ध सम्प्रदाय अथवा ञिङमा सम्प्रदाय साथ सम्बन्धित भएकोले यसको बारे ञिङमा सम्प्रदायको धर्म इतिहास तथा लेख रचना[३] र ग्रन्थहरूमा व्याख्या गरिएको पाईन्छ।
बौद्धनाथ བྱ་རུང་ཁ་ཤོར། Bauddhanāth | |
---|---|
![]() बौद्धनाथको विशाल दृश्य | |
प्राथमिक विवरण | |
स्थान: | काठमाडौँ, ![]() |
सम्बन्धन | बौद्ध |
देश | नेपाल |
वास्तुकला प्रकार | स्तूप |
उचाइ (अधिकतम) | ३६ मिटर (११८ फिट)[१] |
Type | संस्कृतिक |
Criteria | iii, iv, vi |
Designated | 1979 (3rd session) |
Reference no. | 121 |
ज्यरुङ खशोरको नामकरण
बौद्धनाथ स्तूपलाई तिब्बती इतिहासमा ज्यरुङ खशोर (བྱ་རུང་ཁ་ཤོར།) नामले उल्लेख गरिएको छ । तिब्बती भाषामा ज्यरुङ को अर्थ गर्न हुने र खशोर को मतलब 'बचन खुस्केको' भन्ने हुन्छन जुन कुरा बौद्धनाथको पौराणिक इतिहासमा बताए अनुसार स्तूपको निर्माताले चैत्यको लागि राजालाई जमिनको स्वीकृति माग्दा राजाको मुखबाट चैत्य बनाउने काम थालनी गर्दा हुन्छ भन्ने बचन खुस्केको हुनले स्तूपको नाम ज्यरुङ खशोर रहेको थियो ।
बौद्धनाथको इतिहास
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/5/5b/Thaunkanhay_magazine_cover_1951.jpg/220px-Thaunkanhay_magazine_cover_1951.jpg)
बौद्धनाथ दक्षिणबाट मुगलको आक्रमण पश्चात १४औं शताब्दी तिर बनेको थियो। यद्यपि यसको निर्माण सम्बन्धि धेरै रोचक कथाहरू रहेको छ। सन् १९५९ तिब्बत माथि चीनको आक्रमणले गर्दा हजारौ संख्यामा आएका तिब्बती शरणार्थीहरू नेपाल आए पश्चात बौद्धनाथ स्तूप तिब्बती बुद्ध धर्मको महत्त्वपूर्ण केन्द्र बनेको थियो।[४]
बौद्धनाथको पौराणिक कथा
बोधिसत्त्व अवलोकितेश्वर द्वारा दुई थोपा आँसुको प्रणिधान
यस स्तूपको निर्माण आरम्भ ज्यजीमा (कुखुरा गोठाल्नी) देछोग ले गरेका थिए, जसको कथा श्रुतिमुक्ति नामक ग्रन्थ अनुसार यस प्रकार रहेको छ। अप्रमेय असंख्य कल्पको पहिले तथागत अमिताभको सामुन्ने बोधिसत्त्व अवलोकितेश्वरले सम्पूर्ण प्राणीहरू संसारिक दुःखबाट मुक्त गर्नको लागि प्रणिधान गरी अपरिमाण जगतको उदार गरेर पोटल पर्वतको शिखरमा जानुभई अब कुनै पनि प्राणी मुक्ति गर्नु बाँकी रहेन होला भनि अवलोकन गर्दा छ-गतिमा रहेको प्राणीहरू अझै केहि कामी नभएको देख्नुभएर, अब संसारिक सगरबाट प्राणीको उदार गर्न नसकिन्ने भयो भनि अश्रु झर्दै ति आँसुको थोपा लाई औलाले लिएर यी दुई थोपा आँसुले पनि प्राणीको हित र मुक्ति गरुन् भनि प्रणिधान गरेअनुसार, त्रयस्त्रिंशदेव लोकमा शक्र देवेन्द्रको दुइजना पुत्रीमा जन्म भए जसको नाम गङ्मा र गङ्छुङ्मा थिए।
ज्यजीमा देछोगको जन्म
देवेन्द्रको कान्छी पुत्री गङ्छुङ्माले आफ्नो दिदीको फूल चोरेको कारण देवकानुनको उलंघन भएर मनुष्यलोकमा पतन भई काश्यप बुद्धको शासनकालमा नेपालको मगुता नामक क्षेत्रमा एक साधारण कुलमा जन्म लिईन्। धेरै वर्षसम्म कुखुरा गोठाल्नी गरी आफ्नो जीविका चलाउने गर्थिन्। त्यसै समयको दौरानमा चारजना व्यक्तिहरू साथ सम्बन्ध रहन गयो जुन व्यक्तिहरू पछि उनीकै श्रीमान् भए। उनको ति ४ जना श्रीमानहरू मध्ये घोडा गोठालोबाट तजीयिबु, सुंगुर गोठालोबाट फगजीयिबु, कुकुर गोठालोबाट ख्यीजीयिबु र कुखुरा गोठालोबाट ज्यजीयिबु गरी प्रत्येकको १–१ जना छोराहरू जन्म भएको थियो।
स्तूप निर्माणको आरम्भबाट अभिसंबोधि को प्राप्ति
कुखुरा गोठाल्नीको मेहनती र कमाईले छोराहरू हुर्काए र अंशबन्डा गरी घरबार मिलाई सके पछि आजै आफ्नो धेरै सम्पत्ति बाँकी नै रहेको हुँदा आमा देछोगले आफ्ना ति सम्पत्तिहरूबाट सम्पूर्ण प्राणीको हित हुनुको निम्ति तथागत को स्तूप बनाउने निर्णय गरे र त्यसको लागि राजासँग जगाहको स्वीकृति लिएर आफ्नो छोराहरू साथ चैत्य निर्माण कार्य आरम्भ गरेको थियो। पाँच जना आमा छोरा वाहेक अरू पनि ढुंगा माटो र इट्टा ओसारपसार गर्नेमा एकजना नोकर साथ हात्ती र गधा पनि थिए। निरन्तर बनाउने कार्य जारी रहेको चार वर्ष पछि स्तूपको चौथो सतहसम्म को निर्माण पुरा हुँदा आमा देछोग को निधन भयो। आफ्नो मृत्युको पहिले नै आमा ले छोरा हरू र नोकर लाई, "तिमीहरू ले मेरो यस बाँकी कार्यलाई निरन्तरता दिई स्तूप निर्माण पुरा गर्नु होला, र यस स्तूप भित्र तथागतको शरीरधातु राखी प्रतिष्ठान गर्नु । त्यसो गरेमा मेरो र समस्त बुद्धको अभिप्राय पुरा हुनेछ, तिमीहरूको पनि यस लोक र परलोक दुवैका अर्थपूर्ण हुनेछन्।" भनेर अन्तिम वचन राखी शरीर त्याग गरे। यस महान् चैत्य बनाएको पुण्यफलले त्यस बेला आकाशबाट बाजाको ध्वनि गुन्जिन्ने र फुलको वर्सत हुने, सबै तिर इन्द्रेणीको विभिन्न रङ्गीबिरंगी ज्योति र प्रकाश चम्किन्ने जस्ता अनेकौँ शुभ सङ्केत साथ आमा देछोग समय-देवी प्रमोह नामक बुद्धमा अभिसंबोधि प्राप्त गरे।
आमाको मृत्यु पछि स्तूप निमार्ण कार्यको समाप्ति तथा प्रतिष्ठान
आमाको परिनिर्वाण पछि छोराहरूले सल्लाह गरी हाम्रा आमा एक गरिबी कुखुरा गोठालोको कुलमा जन्मे पनि हामी अलग पिताको चार छोरालाई अंशबन्डा र घरबार मिलाई बाँकी को सम्पति ले पनि जम्बुद्वीप मै दुर्लभ भएको यस प्रकारको अद्भुत उत्तम चैत्यको निर्माण गरिन्। अब हामीले पनि आमाको कल्याण र कृतज्ञ ज्ञापनको निम्ति आमाले बनाएको यस चैत्यलाई कुम्भ लगाउनु पर्छ भनि एकमत भएर पहिले झैँ नोकर को सहायतमा हात्ती र गधालाई इट्टा बोकाई कामलाई अगाडि बढाए। चैत्य निर्माण आरम्भ गरेको सात वर्ष पछि निर्माण कार्य पुरा गरी तथागत काश्यपको शरीरधातु मगधको एक द्रोण र अक्ष (स्रोग-शिङ) लगाएर पुजामेघ चढाई प्रतिष्ठानको लागि फूल छर्द अगाडिको आकाशमा तथागत काश्यप सपरिवार लगायत अरू पनि पाँच गोत्र तथागत र तीन गोत्रनाथ, अप्रमेय शान्ति-क्रोध देवगणहरू आगमन भई पुष्प विकिरण गर्ने, भिभिन्न देव-बाजाको अवाज गुन्जिएर पुष्पको वर्सत हुने र सुगन्धित धूपेको सुगन्धा सबै दिशामा फैलिएर भुईँ हल्लिने, तथागत गणको कायाबाट अपरिमाण ज्ञानज्योति प्रकाशित भएर पाँच दिन सम्म दिन-रत एकै भए जस्ता आदि अचार्यजनक घटनाहरू भए।
स्तूप निर्माण पछिको प्रणिधान तथा प्रतिफल
त्यसै समयमा असंख्य बुद्ध र बोधिसत्त्वहरूले एकैसाथ– हे उत्तम सौभाग्यशाली कुलपुत्र! तिमीहरूले अधिचित्तविशुद्धि द्वारा यस प्रकार समस्त त्रिकाल बुद्धको अद्वय चित्त सधर्मकायाको उत्तम चैत्य निर्माण गरिएको अनुशंसाले अ-आफ्नो इच्छानुसार जुनै प्रणिधान गरे पनि पूर्णरूपले सिद्ध हुने छन्! प्रणिधान गर भनि वचन दिनुभए। त्यसपछि छोराहरूले – हाम्रा आमाले महान् चित्तोत्पात गरी यस चैत्यको जग लगाएर निर्माणको सुरुवात गरे। त्यस पछि आमाको देहान्त भएकोले हामी छोराहरू मिलेर आमाको कल्याण र कृतज्ञ ज्ञापनको लागि चैत्यलाई कुम्भ लगाई प्रतिष्ठान गरेको अनुशंसाले दसौं दिशाको सम्पूर्ण बुद्ध र बोधिसत्त्वले प्रत्यक्ष दर्शन गराई प्रणिधान जे गरेपनि पूर्ति हुनेछ, प्रणिधान गर्नु भनि स्वीकृति दिनुभएको अवसरमा हामीबाट पनि ठुलै प्रणिधान गर्नु पर्छ भनेर सल्लाह गरेको बमोजिम। जेठो छोरा तजीयिबुको विचारमा – वर्तमान उत्तर दिशाको राज्यमा हिउँ र बरफ जमी पहाड सबै हिमाल र मैदान सबै जलले भरिएको। वर्षायाममा जलपक्षीहरूको बसाई र हिउँदो महिनामा बर्फिले मैदान हुने मुलुकमा पछि सबै जल सुकेर तथागत शाक्यमुनिको शासनकालमा बोधिसत्त्व अवलोकितेश्वरको विनेयक्षेत्र भई बुद्ध-शासनको विस्तार हुनेछ भन्ने भविष्यवाणी भएकोले त्यस क्षेत्रमा जन्मिएर बुद्ध-शासन स्थापनाको सुरुवात मैले नै गर्न पाओस् भनि यस प्रकारको प्रणिधान गरे।“मैले अधिचित्तविशुद्धि द्वारा आमाको चैत्यमा कुम्भ लगाएको अनुशंसाले भविष्य पञ्चकषायको फैलावट हुने बेला तथागत शाक्यमुनिको शासनकालमा बर्फिले क्षेत्रको प्रान्तभूमिमा महान् धर्मपाल सम्राटको जन्म लिएर बुद्ध-शासनको स्थापना गर्न पाओस्!”
त्यसपछि फगजीयिबुले – “आमाको चैत्यमा कुम्भ लगाएको अनुशंसाले दाई तपाईँ धर्मपाल सम्राटको जन्म लिएर बुद्ध-शासनको स्थापना गर्ने बेला त्यस बर्फिले क्षेत्रको प्रान्तभूमिमा शासनको आधार संघवर्गको स्थापना गर्नु पर्ने हुनले म एक परम भिक्षुको जन्म लिई सम्पूर्ण संघलाई प्रव्रजित गर्ने महोपाध्याय हुन पाओस्!”
त्यसपछि ख्यीजीयिबुले – “आमाको चैत्यमा कुम्भ लगाएको अनुशंसाले दुवै दाई द्वारा बर्फिले प्रान्तभूमिमा बुद्ध-शासनको स्थापना र त्यसको कायम राख्ने बेला म गर्भबाट जन्म नभई कमलको फूलबाट उपपादुगज भएर जन्म र मरणको अन्त गरी आयुको लम्बाई चन्द्र सूर्य झैँ अमर र शक्ति द्वारा मनुष्य, देव र भूतप्रेतको दमन गर्नु सक्ने व्यक्तिको जन्म लिएर त्यस प्रान्तभूमिको दुष्ट पिशाच, राक्षस सबै दमन गरी तपाईँ दुवैको इच्छा पूर्ति गरेर बुद्ध-शासनको संरक्षण गर्नु सक्ने शक्तिमान तान्त्रिक गुरुको जन्म लिओस्!”
त्यसपछि ज्यजीयिबुले –“आमाको चैत्यमा कुम्भ लगाएको अनुशंसाले तिनैजना दाईले बर्फिले प्रान्तभूमिमा बुद्ध-शासनको स्थापना, कायम र संरक्षण गर्ने बेला तपाईँहरूको जन्म एकै ठाउँमा हुने कुनै निश्चित नभएकोले म तपाईहरूलाई एक आपसमा भेटाउनु सक्ने दुतको जन्म लिओस्!” भनेर चारै जना दाजुभाइले प्रणिधान गरिन्।
त्यस बेला सम्पूर्ण बुद्ध र बोधिसत्त्वहरूले एकैस्वरमा— हे उत्तम सौभाग्यशाली कुलपुत्र! तिमीहरूले महाप्रणिधान गरेकोमा साधु-साधु! समस्त बुद्धहरूले पनि अनुमोदन गर्नु भए। यस प्रकारका पुण्यराशिको परिमाण त्रिकाल बुद्धले पनि गर्नु सक्दैनन्। भनेर साधुवाद दिनुभई दसौं दिशाको सम्पूर्ण बुद्ध र बोधिसत्त्वहरू पनि ज्योति र प्रकाशमा एकत्र भएर महास्तूपमा लीन भएको कारण चैत्यको नाम पनि समस्त बुद्ध सङ्ग्रह स्तूप भनि प्रख्यात भए।
खान्लोबछोस-सुम र बौद्धनाथको सम्बन्धित् इतिहास
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/7/7a/Statue_of_Dharma_King_%28Thisong_Deutsen%29_at_Guru_Lhakhang_Monastery_at_Bouddhanath.jpg/220px-Statue_of_Dharma_King_%28Thisong_Deutsen%29_at_Guru_Lhakhang_Monastery_at_Bouddhanath.jpg)
खान्लोबछोस-सुम भनेको तिब्बती इतिहासिक शब्दमा महोपाध्याय शान्तरक्षित, आचार्य गुरु पद्मसम्भव तथा तिब्बती धर्मराज ठ्रीस्रोङ देउचन लाई बुझिन्ने समूहवाचक संज्ञा हो । बौद्धनाथ स्तूपको बारे तिब्बती इतिहासमा पहिलो उल्लेख खान्लोबछोस-सुमको जीवनकाल देखि भएको छन्, जुन कुरा हरू पद्मसम्भवको जीवनी (पद्म कथाङ) आदि ग्रन्थ भित्र व्याख्या गरिएका छन्।
गुरु पद्मसम्भवाको भविष्यवाणी अनुसार समय र परिस्थितको नष्टबाट बौद्धनाथलाई संरक्षण गर्ने ऐतिहासिक महान् व्यक्तिहरू
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/7/74/Bouddhanath%2C_1950_-_1955.jpg/220px-Bouddhanath%2C_1950_-_1955.jpg)
- योल्मोवा शाक्य जङ्पो ཡོལ་མོ་བ་ཤཱཀྱ་བཟང་པོ། (१५औं र १६औं शताब्दी बीच)[५]
- योल्मोवा ट्रुलकु तन्जीन नोर्बु ཡོལ་མོ་བ་སྤྲུལ་སྐུ་བསྟན་འཛིན་ནོར་བུ། (सन् १५९८-१६४४)[६]
- सिल्नोन वाङ्गयल दोर्जे ཟིལ་གནོན་དབང་རྒྱལ་རྡོ་རྗེ། (सन् १६४७-१७१६)[७]
- कःथोग रिग्जीन छेवाङ नोर्बु ཀཿཐོག་རིག་འཛིན་ཚེ་དབང་ནོར་བུ། (सन् १६९८-१७५६)[८]
- जेचुन शब्स्कर छोग्सड्रुग रङ्ड्रोल རྗེ་བཙུན་ཞབས་དཀར་ཚོགས་དྲུག་རང་གྲོལ། (सन् १७८१-१८५१)[९]
बौद्धनाथ कुण्ड दर्शन मेला
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/c/ce/Beautiful_Boudha_AjayMaharjan.jpg/220px-Beautiful_Boudha_AjayMaharjan.jpg)
प्रत्येक बाह्र सालमा अर्थात् बौद्ध पात्रो अनुसार हरेक चारा-वर्षमा बौद्धनाथ कुण्ड दर्शन मेला लाग्ने परम्परा भएकोले देश विदेशबाट हजारौंको संख्यमा चैत्य परिसरमा अवस्थित कुण्ड दर्शन गर्न तथा जल निकाल्नका लागि दर्शनार्थीहरूको ठुलो भिड हुने भएकोले बिहान ५ देखि साँझ ५ बजेसम्म प्रवेशद्वार खुल्ला राखिन्छ। यो कुण्ड दर्शन मेला नेपालको हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायको महान् चाड लोसारको बेला पर्दछ। प्रत्येक १२ वर्षमा एक पटक खुल्ने सो कुण्डको दर्शन गरी घर तथा शरीरमा जल सेचन गरेमा पवित्र भइने र रोगव्याधि नलाग्ने, मानिसले जानी नजानी गरेको पापबाट समेत मुक्ति पाउने र सत्कर्ममा लाग्न प्रेरणा मिल्ने बारे जनविश्वास रहेको छ।[१०]
वि.सं. २०७२ सालको महाभूकम्प पछि भएको बौद्धनाथ पुनःनिर्माण
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/c/c9/Boudhanath_2015-11-03_%28CF2_2707%29.jpg/220px-Boudhanath_2015-11-03_%28CF2_2707%29.jpg)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/6/66/Buddha_Monastery-Buddha_monastery-0402.jpg/200px-Buddha_Monastery-Buddha_monastery-0402.jpg)
सन् १९७९ मा राष्ट्रसंघको विश्व सम्पदा सूचीमा परेका बौद्धनाथ वि.सं. २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएपछि बौद्धनाथ क्षेत्र विकास समितिको संयोजन, पुरातत्व विभागको प्राविधिक सहयोग, विभिन्न संघसंस्था तथा निकायको आर्थिक सहयोगमा भूकम्पबाट भत्किएको बौद्धनाथ स्तूपको निर्माण कार्य विक्रम संवत् २०७२ मंसिरमा शुरू भएको पुनःनिर्माण २०७३ कात्तिकमा सम्पन्न भएको थियो । पुनःनिर्माण सम्पन्न भएको बौद्धनाथ चैत्यको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका थिए । तीन दिनको वैदिक पूजापछि आयोजित समुद्घाटन समारोहमा बौद्धधर्मका रिम्पोछे, विभिन्न धर्मगरु तथा कूटनीतिक निकायका प्रतिनिधि र उच्चपदस्थ सरकारी अधिकारीहरु उपस्थित भएको थिए। सरकारबाट कुनै आर्थिक लगानी बिना स्थानीय समुदाय र विभिन्न बौद्ध धर्म सम्बन्धी अगुवाहरूको चन्दा लगायत आर्थिक सहयोगबाट उक्त पुनर्निर्माणको काम पूरा भएको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ।[११]
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/3/34/Buddha_Monastery-Buddha_monastery-0417.jpg/220px-Buddha_Monastery-Buddha_monastery-0417.jpg)
महाभूकम्प पछिका केही तस्विरहरू
- विक्रम संवत् २०७२ सालको महाभूकम्प द्वारा क्षतिग्रस्त बौद्धनाथ स्तूपको हवाई दृश्य।
- विक्रम संवत् २०७२ सालको महाभूकम्प पश्चात् क्षति भएको बौद्धनाथ स्तूप पुःन निर्माण कार्य भैरहँदा को दृश्य।
- विक्रम संवत् २०७२ सालको महाभूकम्प पश्चात् क्षति भएको बौद्धनाथ स्तूप पुःन निर्माण कार्य भैरहँदा को दृश्य।
- विक्रम संवत् २०७२ सालको महाभूकम्प पश्चात् क्षति भएको बौद्धनाथ स्तूप पुःन निर्माण कार्य भैरहँदा को दृश्य।
- विक्रम संवत् २०७२ सालको महाभूकम्प पश्चात् क्षति भएको बौद्धनाथ स्तूप पुःन निर्माण कार्य भैरहँदा को दृश्य।
- विक्रम संवत् २०७२ सालको महाभूकम्प पश्चात् क्षति भएको बौद्धनाथ स्तूप पुःन निर्माण कार्य भैरहँदा को दृश्य।
- बौद्धनाथ
- बौद्धनाथ
- बौद्धनाथ
- बौद्धनाथ
- बौद्धनाथ
- बौद्धनाथ
सन्दर्भ सामग्रीहरू
थप जानकारीको लागि यो पनि हेर्नुहोस्
- बौद्धनाथ स्तूपको इतिहास | भाषा: तिब्बती
- श्रुतिमुक्ति नामक बौद्धनाथ को इतिहास | भाषा: तिब्बती
- The Legend of the Great Stupa and The Life Story of the Lotus Born Guru. Keith Dowman. (1973). Tibetan Nyingma Meditation Center. Dharma Books. Berkeley, California.
- Psycho-cosmic Symbolism of the Buddhist Stūpa. Lama Anagarika Govinda. (1976) Dharma Books. Berkeley, California. ISBN 0-913546-35-6; ISBN 0-913546-36-4 (pbk).
बाह्य कडीहरू
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/d/dd/Wikivoyage-Logo-v3-icon.svg/40px-Wikivoyage-Logo-v3-icon.svg.png)
- བལ་ཡུལ་མཆོད་རྟེན་བྱང་རུང་ཁ་ཤོར་གྱི་ལོ་རྒྱུས་སྙིང་བསྡུས་སུ་བཀོད་པ་སྐལ་བཟང་རྣ་བའི་བདུད་རྩི།
- बौद्धनाथको इतिहास वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-०४ मिति
- बौद्धनाथ क्षेत्र विकास कमिटी वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-२० मिति
- काठमाडौका विश्व सम्पदा स्थल
- भिडियो गाइड
- Boudhanath at Khandro.net : Information on Legends and Prophecies
- Bodhnath Stupa: Bauddhanāth Virtual Tourist web-site वेब्याक मेसिन अभिलेखिकरण २०११-०६-०५ मिति