प्यानिक अट्याक

प्यानिक अट्याक एक प्रकारको एन्जाइटी डिसअर्डर हो । जसमा कहिलेकाहीँ कुनै प्रकारको डर अथवा फोबिया पनि अट्याकको कारण बन्न सक्छ । यसबाहेक चिन्ता, उदासीनता, निरासा जस्ता कारणहरूले पनि प्यानिक अट्याक हुन सक्छ । व्यस्त जीवनशैलीले मानिसहरूको जीवनशैली तनावयुक्त हुन थालेको छ । एक्लोपना, विभिन्न कुराको तनाव, डर जस्ता अनेक कारणले प्यानिक अट्याक हुने सम्भावना हुन्छ । पुरुषको तुलनामा महिलालाई प्यानिक अट्याक आउने बढी सम्भावना हुन्छ । घर र अफिसको धेरै जिम्मेवारी महिलाको काँधमा हुन्छ, जसका कारण उनी दबावमा काम गर्छिन् । त्यसैले महिलालाई प्यानिक अट्याकको सम्भावना बढी भएको हो । दम, ब्लड प्रेसर र डायबिटिज जस्ता बिरामीले ग्रस्त व्यक्तिलाई पनि प्यानिक अट्याक हुन सक्छ । [१]

किन हुन्छ प्यानिक अट्याक

प्यानिक अट्याक कुनै पनि स्थितिमा आउन सक्छ । जस्तै सुतेको समयमा, आराम गरिरहेको समयमा, ड्राइभिङ गर्दा, घुम्न गएको समयमा अथवा अफिसमा काम गररहेको समयमा ।

लक्षणहरु

  • मुटुको धड्कन बढ्नु ।
  • सास फेर्न गाह्रो हुने
  • घाँटीमा केही अडि्कए जस्तो हुनु ।
  • कुनै कुराको डर आफूमा हावी हुनु ।
  • छाती दुख्नु
  • छटपट हुनु ।
  • चिसो मौसममा पनि गर्मी भएको महसुस हुनु ।
  • मर्ने कुराले डराउनु ।
  • पसिना आइरहनु र शरीर कामेको महसुस हुनु ।
  • टाउको दुख्नु, रिगंटा लाग्नु र बेहोस नै भएको महसुस हुनु ।
  • शरीर दुख्नु, पेट बटारिएको अनुभव हुनु ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद