पेरिस

फ्रान्सको राजधानी र सबैभन्दा ठूलो शहर

पेरिस (अङ्ग्रेजी: /ˈpærɪs/; फ्रान्सेली उच्चारण: [paʁi] ( )) फ्रान्सको राजधानी र सबैभन्दा ठूलो सहर पनि हो। यसको क्षेत्रफल १०५ वर्ग किमि छ र करिब २० लाख मानिसहरू त्यहाँ बसोबास गर्दछन्। नगर छेउछाउका समेत गणना गर्दा पेरिसको जनसङ्ख्या करिब १ करोड छ।

आइफिल टावर

सेन नदी पेरिसका पुराना भागहरूबाट बग्दछ र यसलाई दुई भागमा बाँड्दछ, जसलाई बायाँ किनारा र दायाँ किनारा नामले चिनिन्छ। यसका वरिपरी थुप्रै जङ्गलहरू छन्।

पेरिस फ्रान्सिसी अर्थतन्त्र, राजनीति, यातायातसंस्कृतिको केन्द्र पनि हो। पेरिसमा थुप्रै कला, सङ्ग्राहलय र ऐतिहासिक भवनहरू छन्। यातायातको केन्द्र भएकोले, पेरिसमा धेरै राम्रा जमीनमुनि चल्ने रेल्वे प्रणाली, बिमानस्थल र स्टेसनहरू छन्। मेट्रोको निर्माण सन् १९००मा गरिएको थियो, र यसको लम्बाई २०० किलोमिटरभन्दा बढि छ।

सहरको शैली बहु-सांस्कृतिक छ, किन भनें यहाँका २० प्रतिशत भन्दा धेरै मानिसहरू फ्रान्स बाहिरका छन्। यहा धेरै प्रकारका रेस्टुराँहरू छन् जहाँ सबै किसिमका खानाहरू पाइन्छन्।

पेरिसका सबैभन्दा प्रशिद्ध स्मारकहरू हुन् इफेल टावर। पेरिस, आर्क दे त्रेअंफ (त्रेअंफको गुम्बज), र लुभ संग्रालय।



स्रोत

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद