पाषाणभेद

पाषाणभेद औषधीय गुण भएको वनस्पति हो। गाउँघरमा यसलाई पाखनभेद, ठूलो ओखत, जन्ती फूल, सेलपारू, सिम्पाटी पनि भनिने गरिन्छ। पाषाणभेदको नामबाटै यसले चट्टान फोरेर आफ्नो वासस्थान बनाउँछ भन्ने बुझिन्छ। नेपालमा तीन प्रकारका पाषाणभेद पाइन्छन्। सबैभन्दा उच्च क्षेत्रमा (३६०० मिटरभन्दा माथि) पाइने यो पाषाणभेदको वैज्ञानिक नाम 'बर्जिनिया पर्पुरासेन्स' हो। पाषाणभेदको जरा चट्टानका कापमा फैलिएर ढुंगा फोर्ने काम गर्दछ। पाखनभेदका जरा खोकी, ज्वरो, पखाला आदि रोगमा प्रयोग हुने नामी जडीबुटी हो। सुत्केरी महिलालाई तन्दुरुस्तीमा ल्याउन यसको अधिक प्रयोग गरिन्छ।

पाखनवेद
Bergenia ciliata
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
Angiosperms
(श्रेणीविहीन):
Eudicots
(श्रेणीविहीन):
Core eudicots
गण:
Saxifragales
कुल:
Saxifragaceae
वंश:
Bergenia
प्रजाति:
B. ciliata
वैज्ञानिक नाम
Bergenia ciliata
(Haw.) Sternb. Revis. Saxifrag. suppl. 2:2. 1831

पाखनवेदको औषधीय गुणहरू

पिसाव नली वा मृगौलामा पथ्थरी, मूत्ररोग, प्रमेहरोग, योनीरोग, जीउ दुख्ने, ज्वरो, पखाला, आउँ परेको, पेटमा जुका परेको, पोलेको ठाउँमा, यौनशक्ति बढाउन, रगत बगेको रोक्न, पिसाव लगाउन, खानेकुरा पचाउन, मांशपेसी दरिलो पार्नको लागि यसको काण्ड (गानो) उपयोगी छ । [१]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद