पाकिस्तान पिपुल्स पार्टी

पाकिस्तान पिपुल्स पार्टी, (उर्दु: پاکستان پیپلز پارٹی, सिन्धी: پاڪستان پيپلز پارٽي; संक्षिप्त रूप पिपिपी) पाकिस्तानको एक मध्य-वाम, सामाजिक-लोकतान्त्रिक राजनीतिक दल हो। यो हाल पाकिस्तानको राष्ट्रिय सभाको तेस्रो ठूलो र सिनेटको दोस्रो ठूलो राजनीतिक दल हो। यो पार्टीको स्थापना सन् १९६७ मा लाहोरमा भएको थियो, जब जुल्फिकार अली भुट्टोको नेतृत्वमा देशका धेरै प्रमुख वामपन्थी राजनीतिज्ञहरूले राष्ट्रपति अयूब खानको सैन्य तानाशाही विरुद्ध हात मिलाएका थिए। समाजवादी अन्तर्राष्ट्रियसँग सम्बद्ध, यस दलको विचारधारा पहिले समाजवादी थियो।[८] , र यसको घोषित प्राथमिकताहरूमा पाकिस्तानलाई सामाजिक-लोकतान्त्रिक राज्यमा रूपान्तरण गर्ने, धर्मनिरपेक्षता र समतावादी मूल्यहरूलाई बढावा दिने, सामाजिक न्याय स्थापना गर्ने र बलियो सेना कायम राख्ने समावेश छ।[९] पाकिस्तान मुस्लिम लिग (नवाज)पाकिस्तान तहरिके इन्साफ सँगै यो पार्टी पाकिस्तानको तीन सबैभन्दा ठूलो राजनीतिक दलहरूमध्ये एक हो।

पाकिस्तान पिपुल्स पार्टी

پاکستان پیپلز پارٹی
छोटो रूपपिपपी
अध्यक्षआसिफ अली जरदारी
सभापतिबिलावल भुट्टो जरदारी
महासचिवनैयर हुसेन बुखारी
ऐतिहासिक नेतृत्व
सिनेटको नेतायूसुफ रजा गिलानी
राष्ट्रिय सभाको नेताबिलावल भुट्टो जरदारी
संस्थापकजुल्फिकार अली भुट्टो
स्थापना३० नोभेम्बर १९६७ (५६ वर्ष पहिले) (१९६७-११-30), लाहोर, पाकिस्तान
प्रमुख कार्यालयइस्लामाबाद
विद्यार्थी सङ्गठनपिपुल्स विद्यार्थी महासङ्घ
विचारधारासामाजिक लोकतन्त्र[१]
तेस्रो पक्ष[२]
धर्मनिरपेक्षता
प्रगतिवाद[३]
ऐतिहासिक:
राजनीतिक स्थानमध्य-वाम[५][६]
राष्ट्रिय सम्बद्धतापाकिस्तान पिपुल्स पार्टी पार्लियामेन्टेरियन्स
पाकिस्तान प्रजातान्त्रिक आन्दोलन
अन्तर्राष्ट्रिय सम्बद्धतासमाजवादी अन्तर्राष्ट्रिय
रङहरू  रातो   कालो   हरियो
नारा"रोटी, काप्रा और मकान"[७]
पाकिस्तानको सिनेट
२० / १००
पाकिस्तानको राष्ट्रिय सभा
५८ / ३४२
पञ्जाब प्रदेश सभासभा खारेज
सिन्ध प्रदेश सभा
९९ / १६८
खैबर पख्तुनख्वा प्रदेश सभासभा खारेज
गिल्गित-बल्तिस्तान प्रदेश सभा
४ / ३३
आजाद कश्मीर प्रदेश सभा
१२ / ५३
निर्वाचन चिह्न
Arrow
Arrow
राजनीतिक दलको झन्डा
वेबसाइट
आधिकारिक वेबसाइट

सन् १९६७ मा यसको स्थापना भएदेखि नै यो देशको एक प्रमुख वामपन्थी शक्तिको रूपमा रहेको छ।[१०] पार्टीको नेतृत्वमा भुट्टो परिवारका सदस्यहरूको प्रभुत्व रहेको छ। यसको शक्तिको केन्द्र दक्षिणी प्रान्त सिन्धमा रहेको छ। पाकिस्तान पिपुल्स पार्टी पाँच अलग-अलग वर्षहरू (१९७०, १९७७, १९८८, १९९३ र २००८) मा सत्तामा आएको थियो जबकि ४ वर्षहरू (१९९०, १९९७, २००२ र २०१३) यो सबैभन्दा ठूलो विपक्षी दलको रूपमा रहेको थियो। पाकिस्तान पिपुल्स पार्टीबाट कुल चार जना प्रधानमन्त्री भएका छन्।

सन् १९७० को दशकमा पाकिस्तानको राजनीतिमा दलको वर्चस्व थियो र जिया उल हकको सैन्य तानाशाहीकालमा केही समयका लागि दल पतन भएको थियो। जियाको मृत्युपछि सन् १९८८ मा प्रजातन्त्रको पुनस्र्थापना पछि, पिपुल्स पार्टी र इस्लामी प्रजातान्त्रिक गठबन्धन मिलेर बनेको दुई दलीय प्रणाली विकसित भएको थियो, जुन पछि नवाज लिग यसको उत्तराधिकारी बनेको थियो। यो पार्टीले सन् १९९९ देखि २००८ सम्म परवेज मुशर्रफको नेतृत्वको सैन्य सरकारमा प्रमुख प्रतिपक्ष दलको रूपमा काम गरेको थियो।

सन् २०१३ को आम निर्वाचनमा पार्टीले पञ्जाबमा ठूलो सङ्ख्यामा समर्थन गुमाएको थियो, जहाँ यसको अधिकांश आधार उदीयमान पाकिस्तान तहरिके इन्साफसँग गुमेको थियो। यद्यपि यसले सिन्धमा आफ्नो प्रादेशिक सरकार कायम राखेको थियो।[११][१२][१३] सन् २०१८ को आम निर्वाचनमा, इतिहासमा पहिलो पटक, पार्टी न त सरकार गठन गर्न सक्षम भएको थियो न त विपक्षमा सबैभन्दा ठूलो दलको रूपमा उदाएको थियो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: भानुभक्त आचार्यमुख्य पृष्ठविशेष:Searchनेपालका प्रधानमन्त्रीहरूको सूचीलक्ष्मीप्रसाद देवकोटाखड्गप्रसाद ओलीनेपालको सर्वोच्च अदालतपुष्पकमल दाहालSpecial:Searchइन्द्रबहादुर राईनेपालको प्रधानमन्त्रीपृथ्वीनारायण शाहनेपालनेपालका राष्ट्रिय विभूतिहरूनेपालका प्रदेशहरूमदनमणि दीक्षितसमाजनेपालको संविधान २०७२गौतम बुद्धपशुपतिनाथ मन्दिरअगमसिंह गिरीप्रतिनिधि सभा निर्वाचन, २०७९प्रतिनिधि सभा (नेपाल)बागमती प्रदेशत्रिशूली नदीगोपालप्रसाद रिमालविशेष:RecentChangesनेपाली शब्दकोशदोस्रो विश्व युद्धपारिजात (साहित्यकार)नेपालका स्थानीय तहहरूनेपालको भूगोलनेपालको इतिहासलुम्बिनी प्रदेशभानु जयन्तीचारकोसे झाडीस्थानीय तहनेपालका राजाहरूको सूचीमोड्युल:Infobox road