नोबेल पुरस्कार विजेताहरूको सूची

नोबेल पुरस्कार प्रत्येक वर्ष रोयल स्वीडिस एकेडमी अफ साइन्सेस, द स्वीडिस एकेडमी, द कारोलिन्स्का इन्स्टिच्युट र द नर्वेजियन नोबेल समितिद्वारा रसायनशास्त्र, भौतिक शास्त्र, साहित्य, शान्ति, र औषधी विज्ञानको क्षेत्रमा अद्वितीय योगदान पुर्‍याएका व्यक्तिहरू र संस्थाहरूलाई प्रदान गर्ने गरिन्छ। नोबेल पुरस्कारको स्थापना अल्फ्रेड नोबेलको वारेसनामाको आधारमा सन् १८९५ मा गरिएको हो। अल्फ्रेड नोबेलको वारेसनामामा उल्लेख भए अनुसार नोबेल पुरस्कारसँग सम्बन्धित सबै प्रकारको प्रशासकीय कार्य नोबेल फाउण्डेसनले हेर्ने गरेको छ। अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कारको सुरुवात सन् १९६८ मा स्विडेनको केन्द्रीय बैङ्क भेरिग रिक्सबैङ्कद्वारा भएको हो। यो पुरस्कार अर्थशास्त्रको क्षेत्रमा अद्वितीय कार्य गर्ने व्यक्ति तथा संस्थाहरूलाई प्रत्येक वर्ष प्रदान गर्ने गरिन्छ।[१] यस पुरस्कार अन्तर्गतको प्रत्येक विधा पुरस्कारलाई एउटा छुट्टै स्वतन्त्र समितिद्वारा प्रदान गर्ने गरिन्छ। द रोयल स्वीडिस एकेडमी अफ साइन्सेसले भौतिक, अर्थशास्त्ररसायन शास्त्रतर्फको विजेताको टुङ्गो लगाई पुरस्कार प्रदान गर्दछ भने कारोलिन्स्का इन्स्टिच्युटले क्रिया विज्ञान तथा चिकित्साको क्षेत्रमा र नर्वेजियन नोबेल समितिले शान्तिको क्षेत्रमा नोबेल पुरस्कार प्रदान गर्ने गर्दछ।[२] प्रत्येक पुरस्कार विजेतालाई एउटा स्वर्ण पदक, डिप्लोमाको डिग्री र तोकिएको रकम प्रदान गर्ने गरिएको छ।[१]

नोबेल पुरस्कार विजेताले स्वर्ण पदक, डिप्लोमा र सन् (२०१७ अनुसार) ९ मिलियन क्रोना (लगभग युएस $१ मिलयन, रू. ११ करोड) प्रदान गर्ने गरिन्छ।

पुरस्कार

सन् १९०१ मा पहिलो नोबेल पुरस्कार विजेतालाई पुरस्कार स्वरूप १,५०,७८२ स्वीडिस क्रोना दिइएको थियो जुन सन् २०१७ डिसेम्बर अनुसार ८४,०२,६७० स्वीडिस क्रोनाको बराबर थियो। वर्ष २०१७ मा नोबेल पुरस्कार विजेताहरूलाई पुरस्कार स्वरूप ९०,००,००० स्वीडिस क्रोनाको राशि दिइएको थियो।[३] नोबेल पुरस्कार स्टकहोममा प्रत्येक वर्ष १० डिसेम्बरको दिन आयोजित हुने एक समारोहमा प्रदान गर्ने गरिएको छ। १० डिसेम्बरकै दिन अल्फ्रेड नोबेलको निधन भएको थियो।[४]

नोबेल पुरस्कार विजेताहरू

सन् १९०१ देखि सन् २०१७ सम्ममा नोबेल पुरस्कार तथा अर्थशास्त्रमा नोबेल पुरस्कार मिलाएर जम्मा ५८५ नोबेल पदक वितरण समारोहमा ९२३ जना व्यक्तिहरू तथा सङ्गठनहरूलाई नोबेल पुरस्कार प्रदान गरिसकिएको छ। केहि व्यक्ति तथा संस्थाहरूले दुई पटक नोबेल पुरस्कार जितेको हुनाले तिनीहरूलाई यसमा समावेस नगर्दा सन् २०१७ सम्ममा कूल ८९२ जना व्यक्तिहरू (जसमा ८४४ पुरुष र ४८ महिला) र २४ संस्थाहरू नोबेल पुरस्कारबाट सम्मानित भइसकेको छ।[५]

नोबेल पुरस्कार विजेताहरूको सूची

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद