नेयोमी (कुस्ती खेलाडी)

ट्रिनिटी फटु (जन्म: ३० नोभेम्बर १९८७) एक अमेरिकी व्यवसायीक महिला कुस्ती खेलाडी तथा नर्तक हुन्। उनी हाल डब्ल्युडब्ल्युईको स्म्याकडाउनमा कार्यरत छिन् जहाँ उनी नेयोमी नामले कुस्ती खेल्ने गर्छिन्। उनले आफ्नो डब्ल्युडब्ल्युई कुस्ती कार्यकाल अन्तर्गत दुईपटक स्म्याकडाउन महिला उपाधि जित्न सफल भएकी थिइन्।[७]

नेयोमी
सन् २०१७ मा नेयोमी
वास्तविक नामट्रिनिटी मेक्यारी
जन्म (1987-11-30) ३० नोभेम्बर १९८७ (उमेर ३६)
सानफोर्ड फ्लोरिडा, अमेरिका
जीवनसाथी(हरू)
जिमी उसो
(
वि २०१४)
परिवारएनोआई परिवार
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामएफएस फ्लोरिडा[१]
नेयोमी[२][३]
नेयोमी नाइट[४]
ट्रिनिटी मेक्यारी[१]
उचाई५ फिट ५ इन्च (१६५ सेमी)[५]
तौल१२५ पाउन्ड (८ स्टोन १३ पाउन्ड; ५७ किग्रा)[६]
उत्पत्तिओर्लान्डो, फ्लोरिडा[५]
प्रशिक्षकफ्लोरिडा च्याम्पियनसिप रेस्लिङ र[६]
पदार्पण३ सेप्टेम्बर २००९[६]

सन् २००९ मा फटुले वर्ल्ड रेस्लिङ इन्टरटेन्मेन्टसँगको (डब्ल्युडब्ल्युई) आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् जहाँ उनले डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र फ्लोरिडा च्याम्पियनसिप रेस्लिङमा आवद्ध भएकी थिइन् भने उनले उक्त पदोन्नति अन्तर्गत पहिलो एफसीडब्ल्यू डिभास विजेता बन्न सफल भएकी थिइन्। सन् २०१० मा नेयोमीले एनएक्सटीको तेस्रो संस्करणमा पनि भाग लिएकी थिइन् जहाँ उनी दोस्रो हुन सफल भएकी थिइन्। सन् २०१२ मा उनले डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्रमा पर्दापण गरेकी थिइन् जहाँ उनले क्यामेरुनसँग सहकार्य गर्दै द फङ्कडाक्टल्स नामक एक टोलीको गठन गरेका थिए। सन् २०१३ जुलाई देखि नेयोमी डब्ल्युडब्ल्युई द्वारा प्रसारण तथा निर्माण गरिने टोटल डिभासका विभिन्न संस्करणहरूमा पनि देखा परेकी छिन्। सन् २०१७ का नेयोमीले डब्ल्युडब्ल्युई स्म्याकडाउन महिला उपाधि जित्न सफल भएकी थिइन् जुन खेल इलिमिनेसन चेम्बरमा आयोजना गरिएको थियो जसले गर्दन उनी स्म्याकडाउन महिला उपाधि जित्न पहिलो अफ्रिकी अमेरिकी महिला कुस्ती खेलाडी बन्न सफल भएकी थिइन्। नोयोमीलाई खुट्टामा चोट लागेका करण उनले स्म्याकडाउन महिला उपाधि छाडेकी थिइन् तर उनले पछि उक्त उपाधि सन् २०१७ मा आयोजित रेसलमेनिया ३३ मा पुनः हासिल गर्न सफल भएकी थिइन् भने उनले पहिलो रेसलमेनिया महिला ब्याटल रोयल पनि जित्न सफल भएकी थिइन्।

व्यवसायीक कुस्ती कार्यकाल

डब्ल्युडब्ल्युई

विकासशील क्षेत्र (सन् २००९–२०११)

सन् २००९ अगष्ट महिनामा फटुले डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् भने तात्कालिक समयमा उनले डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र फ्लोरिडन च्याम्पियनसिप रेस्लिमा कुस्ती खेल्न सुरु गरेकी थिइन्।[८] सन् २००९ अक्टोबरमा उनले रिङ पर्दापण गरेकी थिइन् जहाँ उनी र एलेक्स राइलीको टोली एक मिश्रित ट्याग टिम खेलमा एजे ली र ब्रेट डिबियासीसँग पराजित भएका थिए।[९] सन् २०१० जुन २० का दिन आयोजित एफसिडब्ल्यूको एक श्रृङ्खलामा नेयोमीले सेरिना डिबलाई हराउँदै पहिलो एफसीडब्ल्यू डिभास विजेता बन्न सफल भएकी थिइन्।[१०] सन् २०१० अगष्ट २९ एफसीडब्ल्यूको एक श्रृङ्खलामा उनको सामना क्विन्स अफ एफसीडब्ल्यू एजे लीसँग भएको थियो जहाँ उनीहरू दुवैको उपाधि दाउमा राखिएको थियो तर उक्त खेलमा केही पनि विजेता बन्न असमर्थ रहे।[११] अगष्ट ३१ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा नेयोमीले अल-फिमेल पदोन्नति अन्तर्गतको तेस्रो संस्करणमा केली केलीसँगै भाग लिने जानकारी गराएकी थिइन्।[१२] ७ सेप्टेम्बर २०१० का दिन नेयोमीले डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा केली केलीका साथ पर्दापण गरेकी थिइन् जहाँ केली केली र नेयोमीको सामना रुकी मेक्सिम र अलिसा फक्ससँग भएको थियो जहाँ नेयोमी र केली केलीले खेल आफ्नो पक्षमा ल्याउन सफल भएका थिए।[१३] २१ सेप्टेम्बरका दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा उनी, केली केली र जिमी किजको सामना लेला, मिसेल म्याककुल र क्याट्लिनसँग भएको थियो जहाँ नेयोमीको टोलीले जित हासिल गर्न सफल भएका थिए।[१४] २६ अक्टोबर २०१० का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा नेयोमीले एकल खेलमा मेक्सिमलाई पराजित गर्न सफल भएकी थिइन्।[१५] २३ जनवरी २०११ का दिन आयोजित एफसीडब्ल्यूको एक श्रृङ्खलामा उनी एजे लिसँग पराजित हुँदै उपाधि गुमाउन पुगेकी थिइन्।[१६][१७]

क्यामेरुनसँग सहकार्य र द फङ्कडाक्टल्स (सन् २०१२–२०१४)

सन् २०१२ मा द फङ्कडाक्टल्स

सन् २०१२ जनवरी ९ का दिन आयोजित डब्ल्युडब्ल्युई को एक श्रृङ्खलामा नेयोमीले मुख्य कार्यक्षेत्रमा क्यामेरुनको साथमा पर्दापण गरेकी थिइन् भने पछि नेयोमी र क्यामेरुनले द फङ्कडाक्टल्सको रूपमा कुस्ती खेल्न सुरु गरेका थिए।[१८] सन् २०१२ डिसेम्बर १६ का दिन डब्ल्युडब्ल्युई द्वारा सञ्चालन वार्षिक कुस्ती कार्यक्रम टिएलसीको सुरुवाती खेलहरूमा नेयोमीले एक महिला ब्याटल रोयल जित्दै तात्कालिक डिभास विजेता एभ टोरेजको उपाधिका लागि पहिलो दावेदार बनेकी थिइन् तर उक्त कार्यक्रमको अन्तिमका खेलहरूमा नेयोमी इभसँगको खेलमा पराजित भएकी थिइन्।[१९][२०] १४ मार्च २०१३ का दिन आयोजित स्म्याकडाउनको एक श्रृङ्खलामा द फङ्कडाक्टल्सलाई नेपथ्यमा द बेला टुइन्सले (निकीब्रि बेला) आक्रमण गरेका थिए जसकारण दुई टोलीको बीच द्वन्द्वको सुरुवात भएको थियो।[२१] सन् २०१२ मार्च २७ का दिन द फङ्कडाक्टल्स, ब्रोडस क्ले र लर्ड टेनसाईको (टन्स अफ फङ्क) सामना द बेला टुइन्स र टिम रोड्स स्कोलारसँग (कोडी रोड्स र डेमियन स्यान्डो) ८ व्यक्ति ट्याग टिम खेलमा रेसलमेनिया २९ मा दिन आयोजना गरिने जानकारी डब्ल्युडब्ल्युईले गराएको थियो तर रेसलमेनिया २९[२२] मा उनीहरू बीचको खेल आयोजना हुन नसकेपछि उनीहरूको बीचको खेल अर्को दिन डब्ल्युडब्ल्युई को एक श्रृङ्खलामा आयोजना गरिएको थियो जहाँ द टन्स अफ फङ्क विजेता बन्न सफल भएका थिए।[२३] २६ अगष्ट २०१२ मा दिन आयोजित को एक श्रृङ्खलामा नेटालिया र ब्रि बेला बीचको खेल आयोजना गरिएको थियो जुन खेलमा नेयोमी रिङ छेउ देखा परेकी थिइन्।[२४] १५ सेप्टेम्बरमा दिन डब्ल्युडब्ल्युई द्वारा आयोजित नाइट अफ च्याम्पियन्स वार्षिक कार्यक्रममा एजे लीको डिभास उपाधिका लागि नेटालिया, नेयोमी र ब्रि बेला रिङमा उत्रिएका थिए तर उक्त खेल लीले आफ्नो पक्षमा पार्दै डिभास उपाधि आफूसँगै कायम राखेकी थिइन्।[२५][२६] टोटल डिभासमा आवद्ध रहेका महिला कुस्ती खेलाडीहरूले एजे लि[२७], अलिसा फक्स, अक्साना, क्याटलिन, रोजा मिन्डेज, टमिना स्नुका र समर रेलाई परम्परागत सरभाइभर सिरिज खेलमा पराजित गर्न सफल भएका थिए। [२७][२८][२९][३०]

जनवरी २०१४ मा नेयोमीले तात्कालिक डिभास विजेता एजे लिसँग उपाधि रहित खेलहरू खेलेकी थिइन्।[३१][३२] ३ फेब्रुअरी २०१४ मा आयोजित क‍ एक श्रृङ्खलामा नेयोमीको खेल अक्साना विरुद्धको जारी गरिएको थियो भने उक्त खेलमा नेयोमीलाई चोट लागेक‍ थियो।[३३] नेयोमी चोट मुक्त हुँदै मार्च १७ का दिन आयोजित डब्ल्युडब्ल्युई को एक श्रृङ्खलामा पुनः फर्किएकी थिइन् जहाँ उनी र क्यामेरुनमो टोलीले टमिना स्नुका र एजे लीको टोलीलाई एक ट्याग टिम खेलाा पराजित गर्न सफल भएका थिए।[३४] अप्रिल ६ मा दिन आयोजित रेसलमेनियाको ३०औँ श्रृङ्खलामा नेयोमीको खेल तात्कालिक डिभास विजेता एजे लीसँग उनक‍ उपाधिका लागि भएको थियो तर उक्त खेलमा नेयोमी लिसँग पराजित भएकी थिइन्।[३५] १७ जुन २०१४ का दिन आयोजित मेन इभेन्टको एक खेलमा उनले नयाँ डिभास विजेता पेइजलाई उपाधि रहित खेलमा पराजित गर्न सफल भएकी थिइन् जसकारण उनले मनी इन द बेङ्कमा पेइजको डिभास उपाधिका लागि खेल खेल्ने मौका प्राप्त गरेकी थिइन् तर उक्त कार्यक्रममा भने उनी पेइजसँग पराजित भएकी थिइन्।[३६] जुलाई ७ का दिन आयोजित को एक श्रृङ्खलामा क्यामेरुन र नेयोमी एजे लि र पेइजसँगको एक ट्याग टिम खेलमा पराजित भएका थिए जसकारण नेयोमी र क्यामेरुनको बीच विवाद भएको थियो र उनीहरू टोलीबाट छुट्टिएका थिए।[३७] द फङ्कडाक्टल्स टोलीबाट छुट्टिसकेपछि नेयोमी र क्यामेरुनले एक अर्का खेलमा हस्तक्षेप गर्न सुरु गरेका थिए जसकारण उनीहरूको बीचको खेल[३८] ब्याटलग्राउन्डमा आयोजना गरिएको थियो जहाँ क्यामेरुनले नेयोमीलाई पराजित गरेकी थिइन्।[३९][४०]

महिला कुस्तीमा क्रान्ति (सन् २०१४–२०१६)

सन् २०१४ डिसेम्बरदेखि नेयोमी द उसोको (जिमी र जे उसो) सिराजो र द मिजसँगको द्वन्द्वमा सामेल भएकी थिइन् भने तात्कालिक समयमा जिमी उसोको नेयोमीसँग प्रेम सम्बन्ध रहेको थियो।[४१][४२][४३] द उसो र सिरारो र मिजको द्वन्द्व चलिरहेका बेला द मिजले नेयोमीलाई उनको साङ्गीतिक कार्यकालमा सहयोग गर्ने बताएका थिए।[४४] १६ डिसेम्बर २०१४ का दिन आयोजित सुपर स्म्याकडाउनको एक श्रृङ्खलामा नेयोमीको सामना तात्कालिक डिभास विजेता निकी बेलासँग भएको थियो भने उक्त खेलमा द मिज रिङको छेउमा रहेका कारण जिमी उसोले द मिज माथि रिस पोख्नका लागि खेलमा हस्तक्षेप गरेका थिए जसको फाइदा उठाउँदै बेलाले नेयोमीलाई हराएकी थिइन्।[४५] २९ डिसेम्बर २०१४ का दिन आयोजित डब्ल्युडब्ल्युई क एक श्रृङ्खलामा द उसोले द मिज र डेमियन स्यान्डोलाई हराउँदै उनीहरूको दोस्रो डब्ल्युडब्ल्युई ट्याग टिम उपाधि जित्न सफल भएका थिए भने जितको खुसियाली मनाउन नेयोमी उक्त रात रिङमा देखा परेकी थिइन्।[४६][४७] द उसो र द मिजको द्वन्द्व झन चर्कियो जब अलिसा फक्सले द मिजको टोलीमा आफूलाई आवद्ध गराउँदै नेयोमीलाई नेपथ्यमा आक्रमण गरेकी थिइन् जसकारण द उसो र नेयोमीको सामना द मिज, डेमियन स्यान्डो र अलिसा फक्ससँथ भएको थियो जुन खेलमा द उसोको टोली पराजित भएका थिए।[४८] डब्ल्युडब्ल्युई द्वारा आयोजित फास्टलेनमा नेयोमी उसोको विरुद्ध द मिज र डेमियन स्यान्डो बीचको ट्याग टिम उपाधिका लागि खेलमा द उसोको पक्षमा रिङ छेउमा देखा परेकी थिइन् तर उक्त खेलमा नेटालियाले अवरोध पुर्‍याएपछि द उसोले उनीहरूको ट्याग टिम उपाधि गुमाउन पुगेका थिए।[४९] उक्त खेलको अर्को रात आयोजित डब्ल्युडब्ल्युई को एक श्रृङ्खलामा द उसो पुनः उनीहरू ट्याग टिम उपाधिका लागि द मिज र स्यान्डोको विरुद्धमा उत्रिएका थिए तर उक्त खेलमा पनि नेटालियाले अवरोध पुर्‍याएपछि द उसो पराजित भएका थिए।[५०] २६ फेब्रुअरी २०१५ का दिन आयोजित डब्ल्युडब्ल्युई स्म्याकडाउनको एक श्रृङ्खलामा नेयोमी नेटालिया विरुद्धको एकल खेलमा पराजित भएकी थिइन्।[५१] २९ मार्च २०१५ मा दिन आयोजित रेसलोनियाको ३१औँ श्रृङ्खलाको सुरुवात खेलहरूमा द उसोको सामना टाइसन किड र सिजारोको विरुद्ध ट्याग टिम उपाधिका लागि भएको थियो जुन खेलको रिङ छेउमा नेयोमी देखा परेकी थिइन् तर उक्त खेल द उसोले गुमाउन पुगेका थिए। [५२][५३]मार्च ३० र अप्रिल ६ का दिन आयोजित डब्ल्युडब्ल्युई को एक श्रृङ्खलामा नेयोमीले तात्कालिक डिभास विजेता निकी बेलालाई हराउन सफल भएकी थिइन्।

अप्रिल १३ का दिन आयोजित को एक श्रृङ्खलामा नेयोमी डिभास उपाधिका लागि पहिलो दावेदार बन्न महिला ब्याटल रोयलमा भाग लिएकी थिइन्।[५४] उक्त खेल पश्चात् नेयोमीले ब्याटल रोयलबाट उनलाई निस्कासन गराउन पेइजलाई आक्रमण गरेकी थिइन्।[५५] नेयोमीको आक्रमणका कारण पेइज घाइते भएको जानकारी पछि डब्ल्युडब्ल्युई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको थियो जसकारण आउँदो एक्सट्रिम रुलमा नेयोमीको खेल निकी बेलासँग उनको डिभास उपाधिका लागि जारी गरिएको थियो भने उक्त कार्यक्रममा नेयोमी डिभास उपाधि जित्न असमर्थ रहिन्।[५६] सन् २०१५ को मे महिनामा नेयोमीले भर्खरै फर्किएकी टमिनासँग सहकार्य गर्दै एक टोलीको गठन गरेकी थिइन्।[५७] उनीहरूको टोलीको सामना पछि पेब्याकमा द बेला टुइन्ससँग एक ट्याग टिम खेलमा भएको थियो जहाँ नेयोमी र टमिनाले जित हासिल गर्न सफल भएका थिए।[५८] मे १८ का दिन आयोजित डब्ल्युडब्ल्युई को एक श्रृङ्खलामा नेयोमी निकी बेलाको डिभास उपाधिका लागि पुनः मैदान उत्रिएकी थिइन् तर उक्त खेलमा पनि उनी पराजित भएकी थिइन्।[५९] पेइजी पछि चोट मुक्त हुँदै फर्किएपछि नेयोमी, पेइज र निकी बेलाको खेल इलिमिनेसन चेम्बरमा डिभास उपाधिका लागि जारी गरिएको थियो तर उक्त खेल पनि बेला विजेता बनेकी थिइन्।[६०][६१]

जुलाई १३ का दिन आयोजित डब्ल्युडब्ल्युई को एक श्रृङ्खलामा डिभास विभागलाई तात्कालिक डिभास विजेता र उनको टोली टिम बेलाले सबैमाथि दमन गर्दै महिला क्रान्तिको सुरुवात गरेका थिए जसको फलस्वरूप लिञ्च र सार्लेटले पेइजसँग साझेदारी गर्दै एक टोली गठन गर्दै टिम बेला (निकी बेला, ब्रि बेला र अलिसा फक्स)सँग द्वन्द्वको सुरुवात गरेका थिए भने सासा बेङ्क्सले नेयोमी र टमिनासँग साझेदारी गर्दै अर्को टोली गठन गरेका थिए जसलाई उनहरूले टिम ब्याड नाम राखेका थिए।[६२][६३][६४] उक्त तीन टोलीको द्वन्द्व त्यहीँबाट सुरुवात भएको थियो।[६५] पेज, लिञ्च र सार्लेटको जेडीले अन्ततः उनीहरूको टोलीको नाम पिसिबी राख्दै नयाँ रूपमा देखा पर्न सुरु गरेका थिए।[६६][६७][६८][६९][७०][७१] नेयोमीले १९ जुलाई २०१५ मा आयोजित ब्याटलग्राउण्ड पे-पर-भ्युमा खेल खेलेकी थिइन् जहाँ उनले ट्रिपल थ्रेट खेलमा ब्रि बेला र सासा बेङ्क्सलाई हराउन सफल भएकी थिइन्।[७२][७३] उक्त तीन टोलीको सामना अन्ततः समरस्ल्याममा आयोजना गरिएको थियो र उक्त खेलमा पिसिबीले दुई टोलीलाई हराउँन सफल भएका थिए।[७४][७५][७६][७७] रेसलमेनिया ३२ का दिन नेयोमी र टमिना लाना, एमा र समर रेसँग साझेदार गर्दै ब्रि बेला, पेइज, फक्स, इभा मेरी र नेटालियालाई पराजित गर्न सफल भएका थिए।[७८][७९][८०]

स्म्याकडाउन महिला विजेता (सन् २०१६–२०१७)

नेयोमी चोट मुक्त हुँदै सन् २०१६ मा पुनः डब्ल्युडब्ल्युईमा फर्किएकी थिइन् भने १९ जुलाई २०१६ का दिन आयोजित डब्ल्युडब्ल्युई ड्राफ्टमा उनी स्म्याकडाउनमा सरुवा भएकी थिइन्।[८१][८२] २६ जुलाई २०१६ का दिन डब्ल्युडब्ल्युई स्म्याकडाउनको एक श्रृङ्खलामा नेयोमीले उक्त पदोन्नति अन्तर्गत पहिलो उपस्थिति जनाएकी थिइन्।[८३] १६ अगष्ट २०१६ का दिन आयोजित स्म्याकडाउनको एक श्रृङ्खलामा उनी नयाँ शैलीमा रिङ प्रवेश गर्न सुरु गरेकी थिइन् जसकारण उनी दर्शक माझ लोकप्रिय बन्न पुगेकी थिइन्।[८४] २१ अगष्ट २०१६ का दिन डब्ल्युडब्ल्युई द्वारा आयोजित समरस्ल्यामको एक श्रृङ्खलामा नेयोमी, बेकी लिञ्च र कार्मेलाको सामना नेटालिया, अलेक्सा ब्लिस र निकी बेलाको विरुद्धमा छ महिला ट्याग टिम खेलमा भएको थियो जहाँ नेयोमीको टोली बेला, ब्लिस र कार्मेलासँग पराजित भएका थिए।[८५] ११ सेप्टेम्बर २०१६ का दिन डब्ल्युडब्ल्युई द्वारा आयोजित छ महिला विरुद्धको खेल डब्ल्युडब्ल्युईको वार्षिक कार्यक्रम ब्याकलासमा पहिलो स्म्याकडाउन महिला उपाधिका लागि आयोजना गरिएको थियो जुन खेलमा उनलाई नेटालियाले खेलबाट निस्कासन गरेकी थिइन्।[८६][८७] नो मर्सी पे पर भ्युमा ब्लिसको सामना लिञ्चसँग जारी गरिएको थियो तर लिञ्चलाई चोट लागेका कारण ब्लिसको विरुद्धमा नेयोमी मैदान उत्रिएकी थिइन् जुन खेलमा नेयोमी विजेता बन्न सफल भएकी थिइन्।[८८][८९] २० नोभेम्बर २०१६ का दिन आयोजित परम्परागत सरभाइभर सिरिजान टोली स्म्याकडाउनको सामना टोली सँग भएको थियो जुन खेलमा टोली स्म्याकडाउन पराजित भएको थियो।[९०][९१][९२]

दुई महिना पछिको निष्क्रियता पश्चात् नेयोमी २४ जनवरी २०१७ का दिन स्म्याकडाउनको एक श्रृङ्खलामा पुन फर्किएकी थिइन् भने उनले ब्लिससँगको द्वन्द्वको सुरुवात गरेकी थिइन्।[९३][९४] १२ फेब्रुअरी २०१७ का दिन नेयोमीको सामना इलिमिनेसन चेम्बरमा अलेक्सा ब्लिसका विरुद्धमा स्म्याकडाउन महिला उपाधिका लागि जारी गरिएको थियो जहाँ उनले ब्लिसलाई हराउँदै पहिलोपटक स्म्याकडाउन महिला उपाधि हासिल गर्न सफल भएकी जसकारण उनी डब्ल्युडब्ल्युई महिला उपाधि जित्ने पहिलो अफ्रिकी अमेरिकी महिला कुस्ती खेलाडी बन्न सफल भएकी थिइन्।[९५][९६] उक्त उपाधि हात पारेको अर्को दिन उनलाई त्यहि पहिलाको खेलमा चोट लागेका कारण उनले उपाधि त्यागेकी थिइन्।[९७][९८][९९][१००][१०१] २ अप्रिल २०१७ का दिन नेयोमी डब्ल्युडब्ल्युई द्वारा आयोजित रेसलमेनिया ३३ मा पुनः रिङमा फर्किएकी थिइन् जहाँ उनले ६ महिला एकल खेलमा जित हासिल गर्दै दोस्रोपटक स्म्याकडाउन महिला उपाधि जित्न सफल भएकी थिइन्।[१०२][१०३] नेयोमीले पछि उनको महिला उपाधि समरस्ल्याममा नेटालिया विरुद्धको खेलमा गुमाएकी थिइन्।[१०४]

विभिन्न घटनावली (सन् २०१८–हाल)

सन् २०१८ जनवरी २८ का दिन आयोजित पहिलो महिला रोयल रम्बलमा नेयोमीले भाग लिएकी थिइन् जहाँ उनी २०औँ सङ्ख्यामा रिङ प्रवेश गरेकी थिइन् तर उक्त खेलबाट उनलाई नाया ज्याक्सले खेलबाट निस्कासन गराएकी थिइन्।[१०५][१०६] रेसलमेनियाको ३४औँ श्रृङ्खलामा उनी पहिलो महिला रेसलमेनिया ब्याटल रोयलमा भाग लिएकी थिइन् जहाँ नेयोमीले बेइलीलाई अन्तिममा निस्कासन गराउँदै पहिलो रेसलमेनिया ब्याटल रोयल जित्न सफल भएकी थिइन्।[१०७][१०८] जुन महिनामा नेयोमी उनको कुस्ती कार्यकालको पहिलो महिला मनी इन द बेङ्कमा भाग लिएकी थिइन्।[१०८][१०९] सेप्टेम्बर महिनामा नेयोमीले असुकासँग सहकार्य गर्दै द आइकोनिक्सको (बिली के र पिटन रोइस) विरुद्धमा द्वन्द्वको सुरुवात गरेकी थिइन्।[११०] ६ अक्टोबर का दिन आयोजित डब्ल्युडब्ल्युई सुपर सो डाउनमा द अइकोनिक्सले नेयोमी र आस्कालाई पराजित गरेका थिए।[१११][११२] उक्त खेलको तीन हप्ता पश्चात् आयोजित पहिलो सबै महिला इभोलुसनमा नेयोमीले महिला ब्याटल रोयलमा भाग लिएकी थिइन् जुन खेल ज्याक्सले जितेकी थिइन्।[११३][११४][११५][११६]

उपाधि तथा उपलब्धिहरू

नृयोमी रेसलमेनिया महिला ब्याटल रोयलको पहिलो विजेताको रूपमा
  • फ्लोरिडा च्याम्पियनसिप रेस्लिङ
    • एफसिडब्ल्यू डिभास विजेता (१ पटक)[११७]
    • एफसिडब्ल्यू डिभास उपाधि प्रतियोगिता (सन् २०१०) [११८]
  • प्रो रेस्लिङ इलुस्ट्रेटेड
    • ५० महिला कुस्ती खेलाडी मध्ये शीर्ष ७ मा पर्न सफल (सन् २०१५) [११९]
  • रेस्लिङ अब्जर्भर न्युजलेटर
    • वर्षको खराब द्वन्द्व (सन् २०१५) <small टोली पिसिबी विरुद्ध टोली ब्याड विरुद्ध टोली बेला[१२०]
    • खराब प्रदर्शन (सन् २०१३)[१२१]
  • डब्ल्युडब्ल्युई
    • डब्ल्युडब्ल्युई स्म्याकडाउन महिला विजेता ([२ पटक)[१२२][१२३]
    • रेसलमेनिया महिला ब्याटल रोयल (सन् २०१८)
    • स्लामे पुरस्कार – क्यामेरूनसँग द फङ्कडाक्टल्सको रूपमा[१२४]
    • डब्ल्युडब्ल्युई वर्ष समाप्ति पुरस्कार (सन् २०१८)[१२५]

सन्दर्भ सामग्री

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद