नेपाली

नेपालका नागरिक तथा व्यक्ति

नेपाली नेपाल देशका जनतालाई जनाउँने विशेषण हो।[२] नेपाली राष्ट्रियता कानुन अनुसार पर्ने नेपालका नागरिकहरू नेपाली हुन् । नेपालको संविधान अनुसार नागरिक अधिकार प्राप्त गर्ने सबै मानिसहरू नेपाली नागरिक हुन्। नेपाली जातियता नभई राष्ट्रियता हो। नेपाल राष्ट्रप्रति निष्ठा राख्ने व्यक्तिहरूलाई सामान्य रूपमा नेपाली भनिन्छ। तर केही गैर नागरिक नेपाली (जस्तै अनाथ नागरिकता विहीन नेपाली), दोहोरो नागरिक, विदेशिएका नेपालीहरू, आदि पनि नेपाली संज्ञाभित्रै पर्छन् वा पर्न सक्छन् ।

नेपाली
जम्मा जनसङ्ख्या
३ करोड
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल२९,५१९,११४
 भारत२,९२६,१६८
 अमेरिका५९,४९०
 चीन३,५००
 हङकङ१५,९५०
 भुटान२६५,०००
 क्यानडा१७,१४०
नेदरल्यान्ड नेदरल्यान्ड्स२,१९९ [१]
भाषाहरू
नेपालमा बोलिने भाषाहरू
नेपालका आधिकारिक भाषाहरू
धर्महरू
हिन्दु धर्म, बुद्ध धर्म, ईसाई धर्म, इस्लाम धर्म

व्युत्पन्न

लोक मान्यता अनुसार ने नामक ऋषिले पालेको भूमिलाई नेपाल भनिएको हो भनिन्छ । यही नेपाल शब्दको विशेषण नेपाली हो ।

राष्ट्रिय इतिहास

राजा पृथ्वीनारायण शाह, नेपालको राष्ट्रनिर्माता

राजा पृथ्वीनारायण शाहको एकीकरणबाट नेपाल राष्ट्रको निर्माण भएको थियो। त्यसपछि नेपाली शब्दको प्रयोग नेपाल देशका नागरिकका निम्ति भयो। सम्पूर्ण क्षेत्रिय संज्ञा जस्तै, गोरखाली, कास्केली, जुम्ली, कान्तिपुरे, आदि नेपालीमा मिसिन गयो। त्यो सँगै खस कुरा जसलाई गोरखाली भाषा भनिन्थ्यो आधिकारिक नेपाली भाषा बन्न पुग्यो।

नेपाली गणको उत्पत्ति

नेपाली आर्य मूलनिवासी महिला सन् १९०० मा
लिम्बु पुरुष र महिला १९औं शताब्दीमा

नेपालीका वंशजहरू आरम्भको विशाल नेपाल, तिब्बत, भारत, इरान, बर्मा, चीनमध्य एसियाबाट नेपालको क्षेत्रिय सामुदायिक जनसङ्ख्यासँग मिसिएका हुन्। नेपाली दुई मुख्य भाषा परिवारका सदस्य हुन्; इन्डो-आर्यन भाषा परिवारभोट-बर्मेली भाषा परिवारइन्डो-आर्यन भाषा परिवार भारोपेली भाषा परिवारको एक शाखा हो र यस बोली बोल्ने जनता इन्डो-यूरोपियन (भारोपेली) ककेसियन नश्लका हुन्। त्यस्तै भोट-बर्मेली भाषा परिवारका मातृभाषी मंगोल नश्लका हुन्।

विदेशमा रहेका नेपाली

नेपालीहरू भारतबर्मामा ठूलो सङ्ख्यामा छन् । यसको प्रमुख कारण गोरखाली सैनिक भर्ती अनुसार विदेशिएका नेपालीहरू हुन् । थुप्रै नेपालीहरू खाडी मुलुक, मलेशिया, सं रा. अमेरिका, अस्ट्रेलिया, बेलायत र जापान जस्ता मुलुकमा रोजगार र शिक्षाका निम्ति पलायन भएका छन् ।

नेपालमा रहेका विदेशी

त्यस्तै चीनको तिब्बत, भुटानभारत राष्ट्रबाट थुप्रै मानिसहरू आएर बसोबास गरेका छन् । यसमध्ये थुप्रै शरणार्थीका रूपमा आएका थिए ।

सन्दर्भ साम्रगीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद