नेटालिया

नेटाली क्याट्रिन नाइडहर्ट-विलसन (जन्म: २७ मे १९८२) एक क्यानडेली-अमेरिकी महिला कुस्ती खेलाडी हुन्।[४] उनी हाल डब्ल्युडब्ल्युईको मा कार्यरत छिन् जहाँ उनी नेटालिया नामले कुस्ती खेल्ने गर्छिन्। उनले डब्ल्युडब्ल्युईमा दुईवटा च्याम्पियनसिप जितेकी छिन् जसमा उनी एक पटक डिभास विजेता र एकपटक स्म्याकडाउन महिला विजेता बनेकी छिन्।

नेटालिया नाइडहर्ट
सन् २०१४ मा नाइडहर्ट
वास्तविक नामनेटाली क्याट्रिन नाइडहर्ट[१]
जन्म (1982-05-27) २७ मे १९८२ (उमेर ४२)
केल्गारी, अलबर्टा, क्यानडा[१]
निवासस्थानफ्लोरिडा,
अमेरिका
जीवनसाथी(हरू)
टाइसन किड
(
वि २०१३)
परिवारहर्ट
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामनेडिया हर्ट[१]
नेटालिया[१][२]
नेटालिया नाइडहर्ट[३]
न्याटि नाइडहर्ट
उचाई५ फिट ५ इन्च (१६५ सेमी)[२]
तौल१३५ पाउन्ड (९ स्टोन ९ पाउन्ड; ६१ किग्रा)
उत्पत्तिअल्बर्टा क्यानडा[२]
प्रशिक्षकब्रुस हर्ट

रोज हर्ट
टकियो जो
टाइसन किड
पदार्पणसन् २०००[१]

नाइडहर्ट तेस्रो पुस्ताको पहिलो महिला कुस्ती खेलाडी हुन् र उनी हर्ट कुस्ती परिवारकी एक सदस्य पनि हुन्। उनले हर्ट परिवार अन्तर्गतका आफ्ना काकाहरू रोज र ब्रुस हर्टमार्फत कुस्तीको प्रशिक्षण लिएकी थिइन्। सन् २००० र २००१ मा उनले म्याट्रेस कुस्ती शिक्षण केन्द्र गई आफ्नो कुस्ती खेललाई पदोन्नति गरेकी थिइन् भने उनले सन् २००३ मा स्ट्यामपेड रेस्लिङमा पर्दापण गरेकी थिइन्। सन् २००४ देखि २००५ सम्म नाइडहर्टले दुवै इङ्ल्यान्डजापानमा आयोजित विभिन्न कार्यक्रमहरूमा कुस्ती खेलेकी थिइन्। सन् २००५ जुनमा उनी पहिलो स्ट्यामपेड महिला प्यासिफिक विजेता बन्न सफल भएकी थिइन् र त्यसै गरी उनले सन् २००६ अक्टोबरमा सुपरगर्ल्स च्याम्पियनसिप पनि जितेकी थिइन्।

सन् २००७ मा उनले डब्ल्युडब्ल्युईसँग आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् भने उनले त्यसपछि डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र डिप साउथ रेस्लिङ, ओहायो उपत्यका रेस्लिङ र फ्लोरिडा च्याम्पियनसिप रेस्लिङमा आवद्ध भएकी थिइन्। एफसीडब्ल्यूईमा छँदा उनले आफ्नो दाई ह्यारी स्मिथको (डब्ल्युडब्ल्युईमा डेभिड हर्ट स्मिथ) र आफ्नो श्रीमान टाइसन विलसनको (डब्ल्युडब्ल्युईमा टाइसन किड) प्रबन्धकको रूपमा काम गरेकी थिइन्। सन् २००८ अप्रिल महिनामा उनले डब्ल्यूडब्ल्युईको मुख्य पर्दामा पर्दापण गरेकी थिइन् जहाँ उनी भिक्टोरियासँग साझेदारी गर्दै एक टोली गठन गरेकी थिइन्। त्यसपछिको केही वर्ष उनले पुन: आफ्नो श्रीमान टाइसन विलसन र ह्यारी स्मिथको प्रबन्धकको रूपमा काम गरेकी थिइन्। सन् २०१० नोभेम्बरमा नाइडहर्टले डब्ल्युडब्ल्युई डिभास च्याम्पियनसिप जित्न सफल भएकी थिइन्। सन् २०१३ जुलाई देखि नाइडहर्टले डब्ल्युडब्ल्युईले स्वतन्त्र रूपमा निर्माण गरेको वास्तविक टेलिभिजन कार्यक्रम टोटल डिभासको प्रमुख पात्रको रूपमा काम गरेकी छिन्। सन् २०१७ अगस्टमा आयोजित समरस्ल्याम पे-पर-भ्युमा नाइडहर्टले तात्कालिक स्म्याकडाउन महिला विजेता नेयोमीलाई हराउँदै स्म्याकडाउन महिला विजेता बन्न सफल भएकी थिइन्। डब्ल्युडब्ल्युईको इतिहासमै दुवै डिभास च्याम्पियनसिप र स्म्याकडाउन महिला च्याम्पियनसिप जित्ने उनी पहिलो खेलाडी बनेकी छिन्।

बाल्यकाल

नाइडहर्ट एक प्रख्यात कुस्ती खेलाडी जिम "द एनभिल" नाइडहर्ट र एलि हर्टकी छोरी हुन् भने उनी स्टु हर्टकी नातिनी हुन् जसले गर्दा उनी तेस्रो पुस्ताको कुस्ती खेलाडी बनेकी हुन्।[५] नाइडहर्टकी दुई दिदीबहिनीहरू छन् जसमध्ये जेनिफर उनकी दिदी हुन् भने क्रिष्टिन उनकी बहिनी हुन्। नाइडहर्टले उनलाई प्रेरणा दिने कुस्ती खेलाडीको नाम लिनु पर्दा आफ्नो काका ब्रेट हर्ट र हजुरबुबा स्टु हर्टको नाम लिने गर्छिन् जसले उनलाई दुवै कुस्ती क्षेत्र र अन्य क्षेत्रमा सहयोग गरेका छन्।[६] नाइडहर्ट हर्ट परिवारको सदस्य सँगै ह्यारी स्मिथ, टेडि, मार्ट र माइक हर्टको काकाकी छोरी हुन् जो सबै कुस्ती खेलाडी हुन्। [७]

नाइडहर्टले भिन्सेन्ट मेसेपी जुनियर उच्च विद्यालय र बिसफ क्यारोल उच्च विद्यालयबाट सन् २००० मा स्नातक गरेकी थिइन्।[८][९][१०][११] नाइडहर्टले जि-जिट्सु र अमेचर रेस्लिङ प्रशिक्षण केन्द्रमा प्रशिक्षण लिएकी थिइन् जहाँ उनल् नृत्य र व्यायाममा पनि भाग लिएकी थिइन्।

नाइडहर्टले आफ्नो काकाहरू रोज हर्ट, ब्रुस हर्ट र हर्ट परिवार मार्फत कुस्तीमा औपचारिक प्रशिक्षण लिएकी थिइन्। कुस्तीमा प्रशिक्षणसँगै नाइडहर्टले मिश्रति मार्सल कलामा पनि प्रशिक्षण लिएकी थिइन्। नाइडहर्ट विश्वकी पहिलो तेस्रो पुस्ताकी महिला कुस्ती खेलाडी हुन्।[१२][१३]

व्यावसायिक कुस्ती कार्यकाल

स्वतन्त्र सर्किट (सन् २०००–२००७)

सन् २०१६ मा नेटालिया

सन् २००० देखि २००१ सम्म नाइडहर्टले एरिक बिसफकले निर्माण गरेको लिड युथ-प्रोमोसन म्याटरायाट्सका लागि रिङको उद्घोषण र आयोजकको रूपमा काम गरेकी थिइन्। [१४]

सन् २००३ मा नाइडहर्टले हर्ट परिवार अन्तर्गत हर्ट परिवारले स्वतन्त्र रूपमा आयोजना गरेको स्ट्यापेड रेस्लिङमा आफ्नो पदोन्नति गर्न सुरु गरेकी थिइन् जहाँ उनको बेली लोभिचसँग लामो समयसम्म द्वन्द्व चलेको थियो।[१५] उनीहरूको द्वन्द्वले एक नयाँ रुप लिएको थियो भने नाइडहर्टले आफ्नो बुबा जिम "द एनभिल" नाइडहर्टसँग साझेदारी गर्दै लोभिच र एप्लिसी विरुद्ध विभिन्न खेलहरू खेलेका थिए। द्वन्द्वको अन्त्य पछि लोभिच र नाइडहर्टले एक टोलीको रूपमा काम गर्न सुरु गरेका थिए।

सन् २००४ को मध्य तिर नाइडहर्टले इङ्ल्यान्डका लागि खेल जारी गरिएको थियो भने सन् २००५ मा नाइडहर्टले जापानमा कुस्ती खेल्नका लागि देश भ्रमण गरेकी थिइन् जहाँ उनले आफ्नो रिङ नाम नेडिया हर्ट राखेकी थिइन्।[१६] जब उनी आफ्नो देश क्यानाडा फर्किइन उनले कुस्तीमा क्रान्ति सुरु गरेकी थिइन् र आफ्नो रिङ उपनाम "न्यास्टी न्याटी" राखेकी थिइन्। १७ जुन २००५ मा उनले एक फेटल फोर वे खेलमा (चार जनाको एक-एक्लो खेल) एन मेरी, लोभिच र मा मायर्सलाई हराउँदै पहिलो स्ट्यामपेड महिला प्यासिफिक विजेता बन्न सफल भएकी थिइन् तर उनले उक्त उपाधिलाई केही महिना पछि छाडेकी थिइन्।[१७] नोभेम्बर २००५ मा नाइडहर्टले जापानमा एक कुस्ती कार्यक्रममा खेल खेल्ने क्रममा उनलाई चोट लागेको थियो जसका कारण उनले सन् २००६ को सुरुवातमा सल्यक्रिया गर्नका लागि ६ हिना आराम गरेकी थिइन्।

८ अक्टोबर २००६ क्यालिफोर्निया स्थित निवार्कमा आयोजित बिग टाइम रेस्लिङमा नाइडहर्टले लिजा मोराटीलाई एक खेलमा हराउँदै सुपरगर्ल्स च्याम्पियनसिप जित्न सफल भएकी थिइन्। उनी सुपरगर्ल्स विजेता बनेको १९ दिनपछि उनले उक्त उपाधि निकी म्याथ्युजसँको एक खेलमा हार्न पुगेकी थिइन्।[१८] अक्टोबर २००६ मा उनले अल-फिमेल एथलेटिक्स पदोन्नति अन्तर्गत सिमर विमिन एथलेटिक्समा पनि पर्दापण गरेकी थिइन्। उक्त पदोन्नति अन्तर्गत शृङ्खला ७ मा आयोजित एक कार्यक्रममा उनले सारा डेल रेको विरुद्धमा हार बेहोरेकी थिइन् भने शृङ्खला ८ मा उनले द पोर्चुगिज प्रिन्सेसलाई हराउन सफल भएकी थिइन्।

त्यसपछिको एक महिनामा उनले ग्रेट क्यानडेली रेस्लिङ अन्तर्गत पहिलोपटक आयोजना गरिएको डब्ल्यूआइएलडी उपाधिका लागि एक प्रतिस्पर्धामा भाग जनाएकी थिइन् जहाँ उनले सेमिफाइनलमा डायनाहेन्ड अरोरालाई हराउँदै फाइनलमा प्रवेश गरेकी थिइन् तर उक्त प्रतिस्पर्धाको अन्तिम खेलमा उनले सिरिल्डासँग हार बेहोरेकी थिइन्।[१९] उनले २६ जनवरी २००७ मा स्ट्यामपेड रेस्लिङका लागि अन्तिम खेल खर्लेकी थिइन् र त्यसपछि उनी डब्ल्युडब्ल्युईसँग आवद्ध भएकी थिइन्। डब्ल्युडब्ल्युईमा उनले उनको पहिलो खेल भेरोनिकन भाइससँग खेलेकी थिइन् भने पहिलो खेलमा जित हासिल गरेकी थिइन्।[२०] उक्त कार्यक्रममा उनले त्यहाँ उपस्थिति दर्शक र उनका समर्थक माझ एक मन्तव्य व्यक्त गरेकी थिइन्।

डब्ल्युडब्ल्युई

विकासशील क्षेत्र (सन् २००७–२००८)

५ जनवरी २००७ का दिन नाइडहर्टले डब्ल्युडब्ल्युईसँग आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन्।[२१][२२] डब्ल्युडब्ल्युईसँग आवद्ध भएपछि नाइडहर्टले उक्त पदोन्नति अन्तर्गत त्यहाँको विकासशील क्षेत्र डिप साउथ रेस्लिङमा कुस्ती खेल्न सुरु गरेकी थिइन् भने उनले त्यहाँ ६ महिना कुस्ती खेलेकी थिइन् जहाँ उनको सामना क्रिसी भिन र एञ्जल विलियम्ससँग भएको थियो।[२३] डि साउथ रेस्लिङमा ६ महिना कुस्ती खेलेपछि उनी फ्लोरिडा च्याम्पियनसिप रेस्लिङमा स्थानान्तरण भएकी थइन् भने त्यहाँ केही महिना कुस्ती खेलेपछि उनी ओहायो उपत्यका रेस्लिङमा सरेकी थिइन् जहाँ उनले १८ जुलाई २००७ का दिन पर्दापण गर्दै ब्याटल रोयल जित्न सफल भएकी थिइन्।[२४] उनले त्यस खेलको अर्को हप्ता हर्ट फाउन्डेसन अन्तर्गत आफ्नो दाजुहरूसँग एक टोली गठन गरेकी थिइन्।[२५] सेप्टेम्बर महिनामा उनी र हर्ट फाउन्डेसन पुन: फ्लोरिडा च्याम्पियनसिप रेस्लिङमा स्थानान्तरण भएका थिए। उक्त कार्यक्षेत्रमा उनले भिक्टोरिया क्रफोर्डसँग साझेदारी गर्दै द बेला टुइन्स (निकी र ब्रि बेला)सँग ट्याग टिम खेल खेलेकी थिइन्।[२६] उनले सन् २००८ भरि फ्लोरिडा च्याम्पियनसिप रेस्लिङका लागि काम गरेकी थिइन् भने सन् २००९ मा उनले डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्र स्म्याकडाउनमा पर्दापण गरेकी थिइन्।

भिक्टोरियासँग साझेदारी (सन् २००८–२००९)

सन् २०१८ मा नेटालिया (बायाँ) भिक्टोरियासँग (दायाँ)

४ अप्रिल स्म्याकडाउनको एक शृङ्खलामा नाइडहर्टले मुख्य कार्यसूचीमा पर्दापण गरेकी थिइन् जहाँ उनले भिडभाडको बीचबाट रिङमा आउँदै मिसेल म्याककुल र चेरीले आक्रमण गरिरहेका भिक्टोरियालाई बचाएकी थिइन् जसका कारण भिक्टोरिया र नाइडहर्टले टोली गठन गरेका थिए।[२७] ११ अप्रिल २००८ स्म्याकडाउनको एक शृङ्खलामा नाइडहर्टले उनी जिम नाइडहर्टकी छोरी भएको कुरा सार्वजनिक गरेकी थिइन् भने सोही दिन उनले र भिक्टोरियाको साथमा मिसेल म्याककुलसँग एकल खेल खेलेकी थिइन्।[२८] उक्त खेलको अर्को हप्ता आयोजित स्म्याकडाउनको एक शृङ्खलाका नाइडहर्टले आफ्नो नाम नेटालिया राख्दै चेरीको विरुद्धमा खेल खेलेकी थिइन् जहाँ उनले आफ्नो काकाले अपनाउने सार्पसुटर चालको प्रयोग गर्दै चेरीलाई आत्मसमर्पण गराउन सफल भएकी थिइन्।[२९] २७ अप्रिलमा आयोजित ब्याकलास पे-पर-भ्युमा नेटालिया, भिक्टोरिया, जिलियन हल, लेला, मेलिना र बेथ फिनेक्सको टोलीले १२ महिला ट्याग टिम खेलमा मिकी जेम्स, मरिया कनालेस, एस्ली, केली केली र मिसेल म्याककुलको टोलीलाई हराउन सफल भएका थिए।[३०] २ मेमा आयोजित स्म्याकडाउनको एक शृङ्खलामा नेटालिया र भिक्टोरियाले म्याककुल र चेरीलाई हराएका थिए।[३१] ६ जुन स्म्याकडाउनको एक शृङ्खलामा तात्कालिक स्म्याकडाउनकी महाप्रबन्धक भिकी गुरेरोले नयाँ डिभास च्याम्पियनसिप सार्वजनिक गरेकी थिइन् भने सोही रात विभिन्न महिला खेलाडीहरूले च्याम्पियनसिप खेलमा छनोट हुनका लागि खेलहरू खेलेका थिए।[३२] नेटालियाले सबैलाई हराउँदै अन्तिममा पुगेतापनि उपाधिका लागि खेलमा उनी मिसेल म्याककुलसँग पराजित भएकी थिइन्। [३३]

२९ अगस्ट २००८ मा आयोजित स्म्याकडाउनको एक शृङ्खलामा नेटालियनकी साथी भिक्टोरियाले डब्ल्युडब्ल्युईमा भर्खरै पर्दापण गरिकी ब्रि बेलासँग एक खेलमा हार बेहोरेपछि नेटालिया र भिक्टोरियाको ब्रि बेलासँग द्वन्द्वको सुरुवात भएको थियो।[३४] उनीहरूको द्वन्द्व सुरु भएपछि नेटालिया र भिक्टोरियाको खेल मरिया र ब्रिसँग भएको थियो जहाँ उनीहरू हार बेहोरेका थिए।[३५] ३१ अक्टोबरमा आय‍ोजित स्म्याकडाउनको एक शृङ्खलामा नेटालिया, भिक्टोरिया र मरिसको खेल मिसेल म्याककुल, मरिया र ब्रि बेलासँग जारी गरिएको थियो भने उक्त खेलमा पनि नेटालियाको टोलीले हार बेहोरेको थियो।[३६] नोभेम्बर ७ स्म्याकडाउनको एक शृङ्खलामा नेटालियाको खेल ब्रि बेलासँग जारी गरिएको थियो तर त्यस खेलमा पनि उनी पराजित भएकी थिइन्। खेल सकिएपछि नेटालियाले ब्रिलाई लखेटेकी थिइन् भने ब्रि कुस्ती खेल्ने रिङ तल लुकेपछि नेटालियाले उनको खुट्टा तानेर बाहर उनलाई बाहिर निकाल्दा ब्रि बेलाकी जुम्ल्याहा दिदी निकी बेला बाहिर आएकी थिइन् र निकी र ब्रिले दुवैजनाले नेटालियालाई आक्रमण गरेका थिए।[३७] नोभेम्बर २१ स्म्याकडाउनको एक शृङ्खलामा भिक्टोरिया र नेटालियाको सामना द बेला टुइन्ससँग भएको थियो भने उक्त खेलमा पनि नेटालिया र भिक्टोरिया पराजित भएका थिए। सन् २००८ को सरभाइभर सिरिजमा नेटालियाले स्म्याकडाउनको प्रतिनिधित्व गर्दै उनको साथीहरूको साथ टोलीसँग सामना भएको थियो तर उक्त खेल ले हात पार्न सफल भएको थियो।[३८] २८ नोभेम्बर स्म्याकडाउनको एक शृङ्खलामा नेटालिया, भिक्टोरिया र मरिसले द बेला जुम्ल्याहा र मिसेल म्याककुललाई हराउँदै उनीहरू बीचको द्वन्द्व अन्त्य गरेका थिए। सन् २००८ मा आयोजित आमेजडन पे-पर-भ्युमा नेटालिया, जिलियन हल, भिक्टोरिया र मरिसको टोलीले मरिया, केली केली, मिकी जेम्स र मिसेल म्याककुलको टोलीसँग पराजित भएका थिए।[३९] उक्त खेलपछि नेटालिया र भिक्टोरियाको साझेदारी पनि अन्त्य भएको थियो जब नेटालियाले १६ जनवरी २००९ का दिन अवकाश लिएकी थिइन्।[४०]

द हर्ट डाइनेष्ट्रि (सन् २००९–२०१०)

स्म्याकडाउनको एक सदस्य भएतापनि १० फेब्रुअरी २००९ का दिन नेटालियाले उनको प्रेमी टाइसन किडको (टिजे विलसन) प्रबन्धक भन्दा इसिडब्ल्यूईमा पर्दापण गरेकी थिइन्।[४१] मार्च ३ इसिडब्ल्यूईको एक शृङ्खलामा नेटालियाले त्यहाँ पहिलो खेल खेलेकी थिइन् जहाँ उनले अलिसा फक्सलाई हराउन सफल भएकी थिइन्।[४२] ५ अप्रिल २००९ का दिन नेटालियाले रेसलमेनिया २५ मा आयोजित डिभास ब्याटल रोयलमा भाग लिएकी थिइन् तर उक्त खेल सानटिनो मारेलाले जितेका थिए।[४३] १५ मार्चका दिन नेटालियाले आधिकारिक रूपमा इसिडब्ल्यूईको सदस्य बनेकी थिइन्।[४४] १३ मे इसिडब्ल्यूईको एक शृङ्खलामा टाइसन किड र नेटालियाले आफ्नो काकाको छोरा डेभिड हर्ट स्मिथसँग साझेदारी गर्दा द हर्ट डाइनेष्सट्रि नामक एक टोली गठन गरेका थिए तर उक्त टोलीलाई द हर्ट ट्रियोलोजी नामले पनि चिनिन्थ्यो। [४५][४६][४७]

सन्भि २०१० मा नेटालिया (बीचमा) डेभिड हर्ट र टाइसन किडका साथमा

२९ जुन २००९ का दिन नेटालिया र द हर्ट डाइनेष्ट्रि पुन स्म्याकडाउनमा स्थानान्तरण भएका थिए।[४८] नेटालियाले स्म्याकडाउनमा फर्किएपछि जुलाई १७ स्म्याकडाउनको एक उनले ६ मानिस मिश्रति ट्याग टिम खेलेकी थिइन् जहाँ द हर्ट डाइनेष्ट्रिले द क्राइम थिम (जेटिजी र सिड ग्यासप्रेड) र इभ टोरेजलाई हराउन सफल भएका थिए।[४९] नेटालियाको त्यसपछि इभ टोरेजसँग द्वन्द्वको सुरुवात भएको थियो भने नेटालियाले अन्य महिला कुस्ती खेलाडीसँग साझेदारी गर्दै इभ टोरेजलाई एकल तथा ट्याग टिम खेलमा हराएकी थिइन्।[५०][५१] अक्टोबर २००९ मा आयोजित ब्रायग्स राइट पे-पर-भ्युमा नेटालियाले स्म्याकडाउनको प्रतिनिधित्व गर्दै टोलीलाई हराएका थिए।[५२] डिसेम्बर ४ मा आयोजित एक ट्रिपल थ्रेट खेलमा नेटालियाको सामना मिकी जेम्स र बेथ फिकेक्ससँग भएको थियो तर उक्त खेल जेम्सले हात पार्न सफल भएकी थिइन्। [५३]

नेटालियाले द हर्ट डाइनेष्ट्रिसँग रेसलमेनिया २६ मा देखा परेकि थिइन् जहाँ उनले आफ्नो काका ब्रिड हर्टलाई सहयोग गरेकी थिइन्।[५४] सन् २०१० अप्रिल ३० का दिन द हर्ट डाइनेष्ट्रिल द मिज र बिग सोलाई हराउँदै संयुक्त डब्ल्युडब्ल्युई ट्याग टिम च्याम्पियनसिप जित्न सफल भएका थिए।[५५] त्यसपछिको अर्को दिन नेटालिया टाइसन किड र स्मिथका साथ पुन डब्ल्युडब्ल्युईमा स्थानान्तरण भएकी थिइन्। सन् २०१० मे २४ का दिन द हर्ट डाइनेष्ट्रिलाई डब्ल्युडब्ल्युईमा पर्दापण गरेका द उसोस ( जिमी र जे उस्सो) र टमिनाले आक्रमण गरेका थियो जसका कारण द हर्ट डाइनेष्ट्रि र द उस्सोको बीच द्वन्द्वको सुरुवात भएको थियो।[५६][५७] जुन महिनामा आयोजित एक कार्यक्रममा द उसोस र टमिनाको खेल द हर्ट डाइनेष्ट्रिसँग जारी गरिएको थियो जहाँ द हर्ट डाइनेष्ट्रिले जित हासिल गरेका थिए। उक्त खेलको एक महिना पछि आयोजित मनी इन द बेङ्क पे-पर-भ्युमा नेटालियाले द हर्ट डाइनेष्ट्रिलाई द उस्सोको विरुद्धमा खेल जित्न सहयोग गरेकी थिइन् र खेलमा अवरोध पुर्‍याउन आएकी टमिनालाई उनले रोकेकी थिइन् जसका कारण उनीहरू बीचको द्वन्द्व अन्त्य भएको थियो।[५८] सेप्टेम्बर महिनामा आयोजित नाइट अफ च्याम्पियन्स पे-पर-भ्युमा द हर्ट डाइनेष्ट्रिले उनीहरू ट्याग टिम उपाधि एक खेलमा गुमाएका थिए र पछि आयोजित खेलमा पनि उनीहरू उपाधि हासिल गर्न असमर्थ बनेका थिए। [५९]

१५ नोभेम्बर को एक शृङ्खलामा आयोजित डब्ल्युडब्ल्युई ट्याग टिम उपाधिका लागि खेलमा किड र स्मिथको खेल द नेक्सससँग (जष्टिन ग्याब्रियल र हिथ स्लेटर) जारी गरिएको थियो तर उक्त खेलमा किडले आफ्नै साथी स्मिथलाई आक्रमण गरेका थिए।[६०][६१] नोभेम्बर २५ डब्ल्युडब्ल्युई सुपरष्टारको शृङ्खलामा आयोजित खेलमा स्मिथले किडलाई हराउन सफल भएका थिए।[६२] खेल सकिएपछि स्मिथले किडलाई हात मिलाउन आग्रह गरेका थिए तर किडले उल्टै स्मिथलाई थप्पड लगाएका थिए।[६३] उक्त खेलको अर्को हप्ता आयोजित को एक शृङ्खलामा किडले स्मिथलाई हराएका थिए जसका कारण उनीहरू बीच साझेदारीको अन्त्य भएको थियो।[६४]

डिभास विजेता (सन् २०१०–२०११)

सन् २०१० सेप्टेम्बर २७ को एक शृङ्खलाबाट नेटालियाले एकल खेलहरू खेल्न सुरु गरेकी थिइन् जहाँ उनले ब्याटल रोयल जित्दै तात्कालिक डिभास विजेता मिसेल म्याककुल र लेलाको उपाधिका लागि पहिलो दावेदार बन्न सफल भएकी थिइन्।[६५] अक्टोबर ३ का दिन आयोजित हेल इन अ सेल पे-पर-भ्युमा नेटालियाको सामना डिभास च्याम्पियनसिपका लागि म्याककुलसँग भएको थियो तर खेलमा लेलाले हस्तक्षेप गरेका कारण जित नेटालियाको भएको थियो तर उनले उपाधि जित्न भने असमर्थ रहिन्।[६६] नेटालियाले त्यस खेलको तीन हप्ता पछि आयोजित ब्रयाग्स पे-पर-भ्युमा उनले उपाधिका लागि लेलसँग खेल खेल्ने अर्को मौका पाएकी थिइन् तर उक्त खेलमा पनि लेलाकी साथी म्याककुलले खेलमा हस्तक्षेप गरेका कारण उनी खेल गुमाउन पुगेकी थिइन्।[६७] नोभेम्बर १ का दिन नेटालियाले एक खेलमा म्याककुललाई हराउँदै पुन एकपटक डिभास च्याम्पियनसिपका लागि दावेदार बनेकी थिइन्। [६८]

सन् २०११ मा नेटालिया

नोभेम्बर २१ का दिन आयोजित सरभाइभर सिरिजमा नेटालियाको सामना डिभास च्याम्पियनसिपका लागि १ को विरुद्ध २ खेल खेलकी थिइन् जहाँ उनले दुवै लेला र म्याककुललाई हराउँदै उनको कार्यकालको पहिलो डिभास च्याम्पियनसिप जित्न सफल भएकी थिइन्।[६९] खेल पश्चात् ले-कुलले (लेला र मिसेल म्याककुल) नेटालियालाई आक्रमण गरेका थिए भने उनको रक्षाका लागि बेथ फिनेक्स रिङमा आएकी थिइन् जसका कारण नेटालिया र फिनेक्स साथी बनेका थिए।[७०][७१] टिएलसी पे-पर-भ्युमा फिनेक्स र नेटालियाले ले-कुललाई हराउन सफल भएका थिए। आउँदै रोयल रम्बलमा नेटालियाको सामना लु-कुलसँग हुने जारी गरिएको थियो तर उक्त खेललाई परिवर्तन गर्दै पेटल पोर वे खेल बनाइएको थियो जहाँ इभ टोरेज पनि समावेश भएकी थिइन्।[७२] खेलमा टोरेजले नेटालिया र ले-कुललाई हराउँदै नयाँ डिभास विजेता बनेकी थिइन्। [७३]

अप्रिल २६, २०११ का दिन नेटालिया पुन स्म्याकडाउनमा स्थानान्तरण भएकी थिइन्। [७४] स्म्याकडाउनमा फर्किएपछि उनको सामना तात्कालिक डिभास विजेता ब्रि बेलासँग भएको थियो तर उक्त खेलमा उनले हार बेहोरेकी थिइन्।[७५][७६] मे महिना देखि नेटालियाले एजे लि र क्याटलिनको प्रबन्धकको रूपमा काम गर्न सुरु गरेकी थिइन्। सन् २०११ को मध्य देखि नेटालिया, एजे र क्याटलिनको एलिसा फक्स, टमिना र रोजा मिण्डेजसँग द्वन्द्व सुरु भएको थियो।[७७][७८]

टाइसन किड र सिजारोको प्रबन्धक (सन् २०१४-२०१५)

सन् २०१५ मार्चमा नेटालिया

सन् २०१४ को बीचतिर, नेटालिया उनको वास्तविक जीवनका श्रीमान टाइसन किडसँग कुस्तीमा देखा परिन्, जहाँ उनीहरूको सम्बन्धलाई पर्दामै देखिएको थियो।[७९][८०][८१][८२][८३] उनले नियमित रूपमा आफ्ना पति किडसँग रिङको छेउमा हौसला बढाउने काममा तल्लीन भइन् र उनले कहिलेकाहीँ कडिसँग खेल खेल्न आउने प्रतिद्वन्द्वीलाई झुक्क्याएर किडलाई खेल जिताउन मद्दत गरेकी थिइन्।[८४] उनीहरूको कहानी टोटल डिभासको शृङ्खलाहरूमा पनि देखिएको थियो।[८५][८६][८७][८८]

५ जनवरी २०१५, को एक शृङ्खलामा, नेटालियाले डब्ल्युडब्ल्युई डिभास विजेता निकी बेलालाई उपाधि रहित् खेलमा हराएकी थिइन्। उक्त खेलमा ब्रि र निकीले उनलाई आक्रमण गरेका थिए तर उनलाई पेजले बचाएकी थिइन्।[८९] जसले गर्दा उनीहरू बिच रोयल रम्बलमा ट्याग टिम खेल राखिएको थियो जसमा ब्रि र निकीले जित हासिल गरेकन थिए।[९०] फेब्रुअरी महिना भरि, नेटालिया र किडले नेयोमी र जिमी उसोसँग दुश्मनीको सुरुवात गरेका थिए। उनीहरू बीच फेब्रुअरी १६ को एक शृङ्खलामा, चट्टी टोली खेल भएको थियोे जसमा किड र नेटालियाले पराजय बेहोरेका थिए।[९१] किडले सिजासोसँग साझेदारी गरेपश्चात् नेटालियाले उनीहरूको प्रबन्धन गरेकी थिइन् र उनीहरूले फेब्रुअरीमा सञ्चालन गरिएको फास्टलेनमा डब्ल्युडब्ल्युई चट्टी टोलीको उपाधि हात पारेका थिए।[९२] उपाधि जितेको अर्को दिन वा को एक श्रृङ्खलमा, नेटालीयाले उनीहरूलाई आफ्नो उपाधिको लागि द उसोसँग परेको खेलमा मद्दत गर्दै उक्त उपाधि हातबाट फुस्किन दिइनन्।[९३] फेब्रुअरी २६, स्म्याकडाउनको एक श्रउङ्खलामा, नेटालीयाले नेयोमीलाए एकल प्रतिस्पर्धामा हराएकी थिइन् जसले गर्दा उनीहरू बीच चलेको द्वन्दको अन्त्य भएको थियो। २८ मार्चमा, नेटालीयाले अलुण्ड्रा ब्लेजलाई डब्ल्युडब्ल्युई हल अफ फेममा नामाकरण गरेकी थिइन्।[९४] २९ मार्च, रेसलमेनिया ३१ को अधि आयोजित खेलमा, किड र सिजारोसँग रिङको छेउमा बस्दै हौसला प्रदान गरेकी थिइन् जसले गर्दा उनीहरूको आफ्नो उपाधि बचाइराख्न ठूलो मद्दत गरेकी थिइन्।[९५] 

नेटालीयाले त्यस वर्ष भरि, विभिन्न खेलमा भाग जनाएकी थिइन् जसमा उनल १३ अप्रिल, को एक शृङ्खलामा, एक महत्त्वपूर्ण ब्याटल रोयलमा पनि भाग जनाएकी थिइन् जसको विजेताले भने निकी बेलाको उपाधिको लागि खेल्न पाउने एक अवसर प्रदान गर्ने थियो जसमा पेजले जित हात पारेकी थिइन्।[९६][९७][९८] ९ अप्रिल, स्म्याकडाउनको एक शृङ्खलामा, नेटालीयाले एलिसिया फक्सलाई पराजित गरेकी थिइन्।[९९] सो खेलको अन्त्य भएपछि, विशेष अतिथि रेफ्रिको रूपमा सेवा गरेकी क्यामेरूनले उनीहरू दुईजनालाईनै आक्रमण गरेकी थिइन् जसले गर्दा उनीहरू बिच ट्रिपल थ्रेट खेल सञ्चालन भएको थियो जसमा क्यामेरूनले जित दर्ता गराएकी थिइन्। १ जून को एक शृङ्खलामा, समोवा जोले मसल बास्टर हानेका कारण किडको घाँटी र टाउकोमा चोट लागेको थियो।[१००][१०१] कोही हप्ता पछि, किडले त्यस वर्ष कुस्ती खेलबाट टाठा रहने बताएका थिए र नेटालीयाले पनि आफ्ना श्रीमानको हेरचाह गर्न परेकाले पहिलो पटक टेलिभिजनमा देखा परेकी थिइनन्।[१०२]

महिला कुस्तीमा क्रान्ति (सन् २०१५–२०१६)

तीन महिनाको अस्थायी अवकाश पछि नेटालिया २१ सेप्टेम्बर २०१५ को एक श्रृङखलामा रिङमा फर्किएकी थिइन् भने उनको तात्कालिक समयमा सार्लेट पहिलोपटक डिभास विजेता बनेकी थिइन्।[१०३][१०४][१०५] सोही दिन नेटालियाले नोयोमीलाई एकल खेलमा हराएकी थिइन्। पेजसँगको द्वन्द्व पछि नेटालिया र पेजको खेल ५ अक्टोबर को एक शृङ्खलामा जारी गरिएको थियो जहाँ नेटालिया जित हासिल गरेकी थिइन्।[१०६][१०७] उक्त खेलको तीन दिन पछि आयोजना गरिएको स्म्याकडाउनको एक शृङ्खलामा नेटालिया, सार्लेट र बेकी लिञ्चको टोलीले टिम बेला (अलिसा फक्स, निकी बेला र ब्रि बेला)लाई हराउन सफल भएका थिए।[१०८] अक्टोबर १५ मा आयोजित स्म्याकडाउनको एक शृङ्खलामा पेजले सार्लेट र लिञ्चलाई टिम बेला र नेटालियाको आक्रमणबाट बचाएकी थिइन्।[१०९] अक्टोबर महिनाको समाप्ति हुन भन्दा अघि नेटालियाको टिम ब्याड (सासा बेङ्क्स, नेयोमी र टमिना)सँग द्वन्द्व चर्किएको थियो भने टिम ब्याडले पेज र नेटालिया बीचको खेलमा अवरोध पुर्‍याउँदै नेटालियालाई आक्रमण गरेका थिए।[११०][१११] टिम ब्याडले नेटालियालाई आक्रमण गरेको अर्को हप्ता नेटालियाले छुट्टाछुट्टै एकल खेलहरूमा नेयोमी र टमिनालाई हराएकी थिइन्।[११२][११३]

सन् २०१६ जनवरीमा नेटालियाले उनको पाखुरामा चोटलागेका कारण केही महिना विश्राम गर्ने भन्दै डब्ल्युडब्ल्युई मार्फत सार्वजनिक गरेकी थिइन् तर त्यसको बाबजुद पनि उनी ३ जनवरमा रिङमा फर्किएकी थिइन्।[११४] नेटालियाले १८ जनवरी को एक शृङ्खलामा रिङमा फर्किएकी थिइन् भने उनले उनको पहिलो खेलमा ब्रि बेलालाई हराएकी थिइन्।[११५][११६] नेटालिया रिङमा फर्किएपछि उनको विभिन्न एकल तथा ट्याग टिम खेलहरू खेलेकी थिइन्।[११७][११८][११९][१२०][१२१] १२ मार्च २०१६ मा आयोजित रोडब्लक पे-पर-भ्युमा नेटालियाको सामना सार्लेट विरुद्ध उनको डिभास च्याम्पियनसिप लागि खेल भएको थियो तर उक्त खेलमा नेटालियाले हार बेहोरेकी थिइन्। [१२२]

अप्रिल २०१६ मा नेटालिया (सुदुर बायाँ) पेज, निकी बेला, ब्रि बेला र इभा मेरीको साथमा

२२ मार्च मेन इभेन्टको एक शृङ्खलामा नेटालियाले नेय‍ोमीसँग एकल खेल खेलेकी थिइन् भने रिङको छेउमा नेटालियाका तर्फबाट अलिसा फक्स र पेज थिए भने नेय‍मीको तर्फबाट लाना र टमिना त्यहाँ उपस्थित थिए।[१२३] उक्त खेलको समाप्ति पछि फक्स र नेटमलियालाई समर रे र एमाले आक्रमण गरेका थिए। त्यसको खेलको अर्को हप्ता आयोजित को एक शृङ्खलामा नेटालियाले उनको साथीहरूको साथमा एमासँग एकल खेल खेलेकी थिइन् तर उक्त खेलमा लानाले पेजलाई आक्रमण गरेका कारण खेल एमाले जिल्लाका जितेकी थिइन्।[१२४] उक्त खेलका कारण रेसलमेनिया ३२ मा निटालिया, ब्रि बेला, अलिसा फक्स, इभा मेरी र पेजले नयाँ गठन गरिएका नेय‍ोमी, टमिना, लाना, एमा र।समर रेको विरुद्धमा खेल खेलेका थिए जसमा नेटालियाको टोली विजेता बनेको थियो।[१२५] उक्त खेलको केही हप्ता पछि नेटालियाले सार्लेटलाई उनको च्याम्पियनसिपका लागि चुनौती दिएकी थिइन् जुन सार्लेटले स्वीकार गरेकी थिइन् भने ११ अप्रिल २०१६ को एक शृङ्खलामा उनीहरू बीच खेल आयोजना गरिएको थियो तर त्यस खेलमा पनि नेटालियाले महिला उपाधि जित्न असमर्थ बनिन्।[१२६][१२७] अप्रिल १८ को एक शृङ्खलामा नेटालियाले सेन म्याकमेनसँग कुराकानी गर्दै पुन सार्लेटसँग च्याम्पियनसिप खेल माग गरेकी थिइन् भने उक्त खेल पेब्याक पे-पर-भ्युका लागि जारी गरिएको थियो।[१२८] २ मे २०१६ मा उनीहरूको पुन महिला च्याम्पियनसिपका लागि जारी गरिएको थियो तर उक्त खेलमा खेलमा निर्णय चार्लस रोबिनसनले खेल नसकिदै सार्लेटलाई विजेता बनाएका थिए।[१२९][१३०] खेलको समाप्ति पछि नेटालिया र उनका काकाले सार्लेट र उनको बुबा रिक फ्लेयरलाई आक्रमण गरेका थिए।[१३१] २२ मे २०१६ मा आयोजित एक्सट्रिम रुल पे-पर-भ्युमा रिक फ्लेयरलाई रिङको छेउमा आउन प्रतिबन्ध लगाइएको थियो तर उक्त खेलमा डेना ब्रुकले फ्लेयरको पोशाक लगाउँदै पर्दामा देखिएपछि उक्त मौकाको फाइदा उठाउँदै सार्लेटले निटालियालाई हराउन थिइन्। [१३२]

१९ जुन २०१६ मा आयोजित मनी इन द बेङ्क पे-पर-भ्युमा बेकी नेटालियासँग साथी बन्दै सार्लेट र डेना ब्रुकसँग खेल खेलेका थिए तर उक्त खेलमा पनि लिञ्च र नेटालिया सार्लेट र ब्रुकको जोडिसँग हार्न पुगेका थिए।[१३३] उक्त खेलपछि नेटालियाल आफ्नै साथीे लिञ्चलाई आक्रमण गरेकी थिइन् जसका कारण उनीहरूको खेल ब्याटलग्राउण्ड पे-पर-भ्युमा आयोजना गरिएको थियो जसमा नेटालियाले लिञ्चलाई हराउन सफल भएकी थिइन्।[१३४][१३५][१३६][१३७]

स्म्याकडाउन महिला विजेता (सन् २०१६–२०१८)

सन् २०१६ जुलाई १९ मा आयोजना गरिएको डब्ल्युडब्ल्युई ड्राफ्टमा नेटालिया 'स्म्याकडाउनसँग आवद्ध भएकी थिइन्।[१३८][१३९] नेटालियाले स्म्याकडाउनसँग आवद्ध भएपछि उनले २६ जुलाई २०१६ को एक शृङ्खलामा उनको उक्त ब्राण्डमा पहिलो खेल खेलेकी थिइन् जहाँ उनले बिकी लिञ्चको विरुद्धमा हार बेहोरेकी थिइन्।[१४०] अगस्ट ९ स्म्याकडाउनको एक शृङ्खलामा नेटालियाको खेल कार्मेलसँग जारी गरिएको थियो तर उक्त खेलमा उनले कार्मेला विरुद्ध हार बेहोरेक थिइन्।[१४१] उक्त खेलको अर्को हप्ता नेटालिया र अलेक्सा ब्लिसको खेल कार्मेला र बेकी लिञ्च विरुद्ध जारी गरिएको थियो तर खेलको बीचमा इभा मेरी र नेयोमीले हस्तक्षेप गरेका कारण नेटालिया र ब्लिसले खेल गुमाएका थिए।[१४२] समरस्ल्याममा नेटालिया, ब्लिस र केही महिना पछि रिङमा फर्किएकी निकी बेलाको सामना नेयोमी, कार्मेला र लिञ्च विरुद्धमा भएको थियो जहाँ नेटालियाको टोलीले जित हात पार्न सफल भएक‍ थियो।[१४३][१४४] ११ सेप्टेम्बर २०१६ मा आयोजना गरिएको ब्याकलास पे-पर-भ्युमा पहिलो स्म्याकडाउन महिला च्याम्पियनसिपका लागि ६ महिला मैदान उत्रिएका थिए तर उक्त खेलमा निकी बेलाले उनलाई खेलबाट निस्कासन गराएकी थिइन्। [१४५][१४६][१४७]

सन् २०१७ मा नेटालिया स्म्याकडाउन महिला विजेताको रूपमा

२५ अक्टोबर स्म्याकडाउनको एक शृङ्खलामा नेटालियाको सामना निकी बेलासँग भएको थियो भने उक्त खेलका विजेताले परम्परागत सरभाइभर सिरिजमा स्म्याकडाउन प्रतिनिधित्व गर्दै महिला टोली तर्फबाट कप्तानको हुन पाउन प्राबधान रहेको थियो तर उक्त खेलमा बेलाको जित भएको थियो।[१४८] निकी महिला टोलीका लागि कप्तान भएपछि उनलाई नेपथ्यमा कोही अज्ञात व्यक्तिले आक्रमण गरेको थियो जसका कारण उनले घाइते भइन् र खेल खेल्न असमर्थ बनिन्।[१४९] निकी बेलाले खेल खेल्न निकेका कारण उनको सट्टामा नेटालियालाई राखिएको थियो र सरभाइभर सिरिजमा स्म्याकडाउन महिला टोली महिला टोलीसँग पराजित भएको थियो।[१५०] टिएलसी पे-पर-भ्युमा कार्मेलाले नेटालियालाई नेकी बेलालाई नेपथ्यमा आक्रमण गरेको भन्दै उनलाई दोषी ठहर गरेकी थिइन् तर नेटालियाले त्यस कुरालाई नकार्दै आएकी थिइन्।[१५१] नेटालियाले केही हप्ता सम्म उक्त कुरालाई नकारेता पनि अन्तत नेटालियाले कार्मेलालाई आक्रमण गरेकी थिइन् र निकीलाई आक्रमण गरेको भनेर खुलाएकी थिइन।[१५२] नेटालिया र निकी बेला बीचको खेल १० जनवरी २०१७ स्म्याकडाउनको एक शृङ्खलामा जारी गरिएको थियो तर उनीहरूले खेल खेल्न अघि एकआर्कालाई आक्रमण गरेका कारण खेल स्थगित गरिएको थियो। जनवरी २९ मा आयोजित रोयल रम्बल पे-पर-भ्युमा नेटालिया, अलेक्सा ब्लिस, मिकी जेम्सको टोली निकी बेला, नेयोमी र बिकी लिञ्चको विरुद्धमा मैदान उत्रिएको थियो भने उक्त खेल अन्तत ६ महिला ट्याग टिम बनाइएको थियो। खेल अन्तर्गत निकी बेलाको टोलीले नेटालियाको टोलीलाई हराएका थिए।[१५३] १२ फेब्रुअरी २०१७ मा आयोजित इलिमिनेसन चेम्बरबाट नेटालिया र निकी बेलाको खेल जारी गरिएको थियो तर उक्त खेल विजेता रहित टुङ्गिएको थियो। उक्त खेलमा कोहीपनि विजेता नबनेपछि २१ फेब्रुअरी २०१७ स्म्याकडाउनको एक शृङ्खलाका पुन उनीहरू बीचको खेल जारी गरिएको थियो तर मरिसले निकी बेलालाई आक्रमण गरेका कारण नेटालियाले सहजै जित हात पर्न सफल भएकी थिइन्।[१५४] १८ जुन २०१७ का दिन आयोजित मनी इन द बेङ्क पे-पर-भ्युमा नेटालिया पहिलोपटक आयोजना गरिएको महिला मनी इन द बेङ्क सिढी खेल खेलेकी थिइन् तर खेलमा जेम्स एल्सवोर्थले हस्तक्षेप गरेका कारण कार्मेलाले खेल जितेकी थिइन्। [१५५]

जुलाई २३ ब्याटलग्राउण्डमा आयोजित एक खेलमा नेटालियाले लिञ्च, टमिना, लाना र फलेयरलाई हराउँदै तात्कालिक स्म्याकडाउन महिला विजेता नेयोमीसँग आउँदै समरस्ल्यामका लागि महिला उपाधिका लागि खेल प्राप्त गरेकी थिइन्।[१५६] २० अगस्ट २०१७ का दिन आयोजित समरस्ल्याम पे-पर-भ्युमा नेयोमीलाई आत्मसमर्पण गराउँदै नेटालियाले स्म्याकडाउन महिला उपाधि हात पारेकी थिइन्। उनको जितसँगै उनी डब्ल्युडब्ल्युईमा डिभास च्याम्पियनसिप र स्म्याकडाउन महिला च्याम्पियनसिप जित्ने पहिलो खेलाडी बन्न सफल भएकी थिइन्। १२ सेप्टेम्बर स्म्याकडाउनको एक शृङ्खलामा नेटालियाले पहिलोपटक उक्त उपाधि नेयोमीको विरुद्धमा खेलेकी थिइन् जहाँ उनले सफलतापूर्वक नेयोमीलाई हराउन सफल भएकी थिइन्।[१५७] ८ अक्टोबर २०१७ मा आयोजित हेल इन अ सेलमा सार्लेटको सामना स्म्याकडाउन महिला विजेता नेटालियासँग भएको थियो तर उक्त खेलमा नेटालियाले फ्लेयरलाई स्टिलको कुर्सीले आक्रमण गरेपछि खेल स्थगित गरिएको थियो।[१५८] उक्त खेलमा सार्लेटको जित भएको थियो उपाधि भने जित्न असमर्थ बनिन्। त्यसपछि फ्लेयरले पुन खेल माग गरेकी थिइन् र १४ नोभेम्बर २०१७ मा फ्लेयरको गृह सहरमा खेल आयोजना गरिएको थियो जहाँ सार्लेटले नेटालियालाई हराउँदै महिला उपाधि हात पारेकी थिइन्।[१५९] नेटालियाले उपाधि गुमाएपछि उनले परम्परागत सरभाइभर सिरिजमा स्म्याकडाउनको प्रतिनिधित्व गर्दै बेकी लिञ्च, टमिना, नेयोमी र कार्मेलाको साथ को महिला टोलीको विरुद्धमा उत्रिएका थिए तर उक्त टोलीले हात पारेको थियो।[१६०] उक्त खेलको एक महिना पछि १७ डिसेम्बर २०१७ मा आयोजित क्लास अफ च्याम्पिय्स पे-पर-भ्युमा फ्लेयरको सामना उनको उपाधिका लागि नेटालियासँग एक लम्बरज्याक खेलमा आयोजना गरिएको थियो जहाँ फ्लेयरले नेटालियालाई पराजित गरेकी थिइन्। [१६१]

सन् २०१८ मा डब्ल्यूडब्ल्यूले इतिहासमै पहिलोपटक आयोजना गर्न लागेको ३० महिला रोयल रम्बलमा नेटालियाले भाग जनाएकी थिइन् जहाँ उनी १८अौँ स्थानमा रिङ प्रवेश गरेकी थिइन् तर उनलाई ट्रिस स्ट्राटसले खेलबाट निस्कासन गराएकी थिइन्। [१६२] फास्टलेन पे-पर-भ्युमा नेटालिया र कार्मेलाको टोली बेकी लिञ्च र नेयोमीको विरुद्ध खेल खेलेको थियो जहाँ नेटालिया र कार्मेलाले खेल हात पार्न सफल भएका थिए।

रोन्डा राउजीसँग साझेदारी (सन् २०१८-२०१९)

१६ अप्रिल २०१८ को एक शृङ्खलामा नेटालिया पुन तर्फ स्थानान्तरण भएकी थिइन् र उनी मा आएपछि दर्शकहरू माझ एकदमै लोकप्रिय बनेकी थिइन्।[१६३] नेटालियाले उनको पहिलो खेल मेण्डी रोज विरुद्ध खेलेकी थिइन् जहाँ उनले रोजलाई हराउन सफल भएकी थिइन्।[१६४][१६५][१६६][१६७] खेल सकिएपछि रोजकी साथी सोनिया डभिलले र रोज दुवैले नेटालियालाई आक्रमण गरेका थिए भने त्यसको केही क्षणमा रोन्डा राउजी रिङमा प्रवेश गरिन् र नेटालियालाई आक्रमणबाट बचाएकी थिइन्।[१६८][१६९] सोही दिन नेटालियाले राउजी उनको प्रशिक्षण मित्र र मिल्ने साथी हुन् भन्दै उनीहरूको सम्बन्ध सार्वजनिक गरेकी थिइन्।[१७०][१७१][१७२] जुन २०१८ मा नेटालियाले महिला मनी इन द बेङ्क सिढी खेलमा भाग जनाएकी थिइन् तर उक्त खेल अलेक्सा ब्लिसले हात पारेकी थिइन्।[१७३][१७४] त्यसपछिका महिना भरि नेटालियाले विभिन्न एकल खेल र ट्याग टिम खेलहरू खेलेकी थिइन्। [१७५][१७६][१७७][१७८]

अक्टोबर २०१८ मा नेटालियाले सासा बेङ्क्स र बेइलीसँग साझेदारी गर्दै द राएट स्क्वाड (रुबी राएट, लिभ मोर्गेन र साराह लोगन)को बीच द्वन्द्वको सुरुवात भएको थियो भने उक्त द्वन्द्वका कारण उनीहरू बीच खेल इभोलुसन पे-पर-भ्युमा ६ महिला ट्याग टिम खेल आयोजना गरिएको थियो जहाँ नेटालिया, बेङ्क्स र बेइलीले जित हात पार्न सफल भएका थिए।[१७९][१८०] उक्त खेलको केही दिन पश्चात् रुबी राएटले नेटालियाको बुवाले दिएको एक चस्मा भाँचिदिएकी थिइन् जसका कारण उनीहरू बीच द्वन्द्व चर्किएको थियो तर तात्कालिक समयमा दुवै महिलाहरूले परम्परागत सरभाइभर सिरिजमा टोलीको प्रतिनिधित्व गर्दै आ-आफ्नो नाम टोलीमा दर्ता गराएका थिए।[१८१][१८२][१८३] सरभाइभर सिरिजमा दुवैले भाग लिएतापनि उनीहरूले खेल सुरु हुन भन्दा अगाडि एकआपसमा झगडा र आक्रमण गरेका कारण दुवै जना खेलबाट निस्कासन भएका थिए। डिसेम्बर ३ को एक शृङ्खलामा नेटालिया र राउजीको खेल नाया ज्याक्स र टमिनाको विरुद्धमा जारी गरिएको थियो तर खेल सुरु हुन भन्दा अगाडि द राएट स्क्वाडले नेटालिया र राउजीलाई आक्रमण गरेका थिए।[१८४] राएट स्वाडले नेटालिया र राउजीलाई आक्रमण गरेका कारण नेटालिया र रुबी राएटको खेल टिएलसीमा टेबुल खेल आयोजित गरिएको थियो जहाँ नेटालियाले राएटलाई माथिल्लो जोरीबाट एक टेबुलमा पावरबम हान्दै हाल जित्न सफल भएकी थिइन्।[१८५][१८६] २४ डिसेम्बर २०१८ का दिन आयोजित को एक शृङ्खलामा नेटालियाले ८ महिला गनलेट खेल जित्दै महिला च्याम्पियनसिपका लागि पहिलो दावेदार बनेकी थिइन् र पछि नेटालियाले राउजीसँग महिला च्याम्पियनसिपका लागि खेलेकी थिइन् तर उक्त खेलमा उनले हार बेहोरेकी थिइन्।[१८७][१८८] २७ जनवरी २०१९ का दिन दोस्रोपटक आयोजित महिला रोयल रम्बलमा नेटालिया दोस्रो स्थानमा रिङ प्रवेश गरेकी थिइन् जहाँ उनले लिभ मोर्गेन र सारहा लोगनलाई निस्कासन गराएकी थिइन् भने उनी रिङमा आएको ५६ मिनेट १ सेकेण्ड पछि नाया ज्याक्सले उनलाई खेलबाट निस्कासन गराएकी थिइन्।[१८९]

व्यक्तिगत जीवन

नाइडहर्टले १२ वर्ष अघि देखि चिनजान भएका कुस्ती खेलाडी टिजे विलसनसँग नोभेम्बर २००१ देखि प्रेम सम्बन्धमा रहेकी थिइन्।[१९०][१९१][१९२][१९३][१९४][१९५] उनीहरूको जोडी २६ जुन २०१३ का दिन विवहा सम्बन्धमा बाँधिएका थिए भने उनीहरूको विवहाको केही झलकहरू टोटल डिसासको पहिलो शृङ्खलामा पनि समावेश गरिएको थियो। नेटालियाको कालगिरीमा आफ्नै घर अवस्थित छ। १ अक्टोबर २०१६ लस भेगासमा आयोजित एक खेलमा उनको अगाडिको दुई दाँत चोटका कारण झरेका थिए। [१९६]

नाइडहर्टका बुबा जिम नाइडहर्टको १३ अगस्ट २०१८ का दिन देहावसान भएको थियो। जिम नाइडहर्ट टोटल डिभासको केही शृङ्खलामा देखा परेका थिए।

अन्य सञ्चार माध्यम

सन् २०१६ फेब्रुअरीमा आयोजित ८८औँ एकेडेमी अवार्डमा नेटालिया निकी बेला, पेज र ब्रि बेलाको साथमा उक्त कार्यक्रममा उपस्थित भएकी थिइन्। [१९७]

नेटालिया डब्ल्युडब्ल्युई श्रव्य दृश्य गेम अन्तर्गत ९ वटा खेलहरूमा देखा परेकी छिन्। नेटालियाले सन् २०१० श्रव्य दृश्य गेम अन्तर्गत डब्ल्युडब्ल्युई को विरुद्ध स्म्याकडाउनमा पर्दापण गरेकी हुन् भने उनी सन् २०११ को विरुद्ध स्म्याकडाउनमा पनि देखा परेकी छिन्।[१९८] नेटालियाले डब्ल्युडब्ल्युई २के१४, डब्ल्युडब्ल्युई २के१५, डब्ल्युडब्ल्युई २के १६[१९९], डब्ल्युडब्ल्युई २के१७, डब्ल्युडब्ल्युई २के १८[२००] र डब्ल्युडब्ल्युई २के१९ मा पनि एक खेल्न योग्य चरित्रको रूपमा देखा परेकी छन्।[२०१]

चलचित्रहरू

वर्षशीर्षकभूमिकाकैफियत
सन् २०१३–हालटोटल डिभासआफैमुख्य भूमिका (पहिलो संस्करण-हाल)
सन् २०१४चेसिङ मेरिया मिनियोसअतिथी: पहिलो शृङ्खला[२०२]
सन् २०१५डब्ल्युडब्ल्युई ब्रेकिङ ग्राउण्डशृङ्खला: "काउण्टडाउन"
डब्ल्युडब्ल्युई टफ इनफअतिथी (संस्करण ६)
सन् २०१६इ! काउण्टडाउन टु द रेड कार्पेट८८अौँ एकेडेमी अवार्ड
सन् २०१७–१९टोटल बेलाजअतिथी (संस्करण २–४): ५ शृङ्खला

उपाधि र उपलब्धिहरू

सन् २०११ मा नेटालिया डिभास विजेताका रूपमा
  • क्यानडेली रेस्लिङ हल अफ फेम
  • एनडब्ल्यूए: एक्सट्रिम क्यानडेली च्याम्पियनसिप रेस्लिङ
    • सुपरगर्ल्स च्याम्पियनसिप (१ पटक)
  • प्रो रेस्लिङ इलुष्ट्रेटेड
    • सन् २०११ मा ५० उत्कृष्ट महिला कुस्ती खेलाडी मध्ये शीर्ष ४ मा पर्न सफल [२०४]
  • स्ट्यामपेड रेस्लिङ
    • स्ट्यागपेड महिला प्यासिफिक च्याम्पियनसिप (२ पटक)[२०५]
    • वर्षको उत्कृष्ट महिला कुस्ती खेलाडी (सन् २००५)[२०६]
  • डब्ल्युडब्ल्युई
    • डब्ल्युडब्ल्युई डिभास विजेता (१ पटक)[२०७]
    • डब्ल्युडब्ल्युई स्म्याकडाउन महिला विजेता (१ पटक)
  • रेस्लिङ अब्जर्भर न्युजलेटर

सन्दर्भ सामग्री

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद