नालापत बालमणि अम्मा

नालापत बालमणि अम्मा (मलयालम: എൻ. ബാലാമണിയമ്മ; (१९०९-०७-१९)जुलाई १९, १९०९ – सेप्टेम्बर २९, २००४(2004-09-29) (उमेर ९५)) भारतका मलयालम कवयित्रिहरू मद्धे एक थिइन्। उनीले ५०० भन्दा धेरै कविता लेखेकी छिन्। उनको गणना बीसौं शताब्दीको चर्चित वा प्रतिष्ठित मलयालम कवयित्रिहरूमा गरिन्छ। आधुनिक मलयालमको सबैभन्दा सशक्त कवयित्रिहरूमा एक हुनको कारण उनलाई मलयालम साहित्यको दादी भनिने गरिन्छ।[१] उनको जीवन र साहित्यमा गांधी जीको धेरै प्रभाव देख्न सकिन्छ। उनका प्रमुख कृतिहरूमा अम्मा, मुथास्सी, मज्हुवींट कथा आदि पर्दछन्।

बालमणि अम्मा
എൻ. ബാലാമണിയമ്മ
बालमणि अम्माको स्केच
बालमणि अम्माको स्केच
जन्म(१९०९-०७-१९)जुलाई १९, १९०९
पुन्नायुर्कुलम, मालाबार जिल्ला, मद्रास प्रेसिडन्सी, ब्रिटिश राज
मृत्युसेप्टेम्बर २९, २००४(2004-09-29) (उमेर ९५)
कोच्चि, केरल, भारत
(मृत्युको कारण: अलजाइमर रोग)
पेशाकवयित्री, लेखिका र अनुवादक
राष्ट्रियताभारतीय
विधाकविता
विषयसाहित्य
साहित्यिक आन्दोलनबिसौ शताब्दी
उल्लेखनीय पुरस्कारहरूपद्म भूषण, साहित्य अकादमी पुरस्कार, सरस्वती सम्मान।
जीवनसाथीवी॰एम॰ नायर
बच्चाहरूकमला दास, सुलोचना, मोहनदास, श्याम सुंदर

अम्मालाई मलयालम साहित्यको सबै महत्त्वपूर्ण पुरस्कारहरु प्राप्त गर्ने गौरव प्राप्त भएको छ। उनी गत शताब्दीको सर्वाधिक लोकप्रिय मलयालम महिला साहित्यकार रहेकी छिन्। उनले साहित्य अकादमी पुरस्कार, सरस्वती सम्मान र 'एज्हुथाचन पुरस्कार' सहित धेरै उल्लेखनीय पुरस्कार वा सम्मानहरू प्राप्त गरेकी छिन्। उनीलाई १९८७मा भारत सरकारले पद्म भूषणले अलंकृत गर्यो। वर्ष २००९ लाइ उनको जन्म शताब्दीको रूपमा मनाइयो।[२][३][४] उनी प्रख्यात लेखक कमला सुरय्याकी आमा हुन्।[५]

बाह्य कडीहरू

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद