नाम्ले जुका

नाम्ले जुका एक प्रकारको परजीवी हो। पोषणका लागि यो अरू जीवमा निर्भर हुन्छ।यसका पाँच हजारभन्दा बढी प्रजाति छन्। तिनीहरू एक मिलिमिटरदेखि १५ मिटरसम्म लामो हुन सक्छ।यसको जीव खण्ड-खण्डमा बाँडिएको हुन्छ र फित्ताजस्तो देखिन्छ। यसको शरीरमा बल्छी जस्तो संरचना हुन्छ जसका सहयोगमा यो आफूले आश्रय लिने जीवको अङ्गसँग टाँसिइरहन्छ। शरीरको सतहमा हुने 'क्युटिकल'बाट उसले आफूलाई चाहिने खाद्यपदार्थ सोसेर लिन्छ। आफ्नो शरीरभित्र पाचन प्रक्रिया नहुने भएकोले यसले पचाइसकेको खाद्यपदार्थ मात्रै सोस्ने गर्छ।

Taenia saginata adult 5260 lores.jpg
Taenia saginata adult 5260 lores

कसरी फैलिन्छ?

नाम्ले चेप्टो, रिबन जस्तो हुन्छ। शरीरमा प्रवेश गरेपछि यो जुका आन्द्रामा बस्न थाल्छन्। तर सधैँ त्यहीँ नबसेर रगतको माध्यमबाट शरीरका अरू अङ्गमा पनि पुग्छ। कहिलेकाहीँ आँखामस्तिष्कमा पनि पुग्छ। एसियाको तुलनामा युरोपेली देशहरूमा यसको खतरा कम हुन्छ। एनएचएसका अनुसार शरीरभित्र नाम्ले हुँदैमा कुनै लक्षण देखिन्छ भन्ने छैन। तर शरीरका संवेदनशील अङ्गमा पुगेपछि खतरा हुन्छ। तर यसको उपचार धेरै कठिन हुँदैन। नाम्ले जुका प्राणघातक नभए पनि बेवास्ता गरिए खतरनाक हुनसक्छ।

कारण

  • सुङ्गुर अवथा गाईको अधकल्चो मासु र पूरै नपाकेको माछा खाँदा मानिसको शरीरभित्र नाम्ले पुग्नसक्छ।
  • खासमा यी जीवमा नाम्लेको लार्भा हुन्छ। यस्तो अवस्थामा राम्रोसँग नपकाएर खाएमा शरीरभित्र नाम्ले पुग्नसक्छ।
  • दूषित पानी पिउनाले
  • काँचो वा अधकल्चो बन्दागोभी र पालुङ्गो खानाले
  • पानी वा माटोमा उम्रने तरकारी राम्रोसँग नपखालेर खानाले

लक्षण

सामान्यतया स्पष्ट लक्षण देखिँदैन। तर

  • शरीरभित्र नाम्ले जुका भएपछि दिसामा देखिनसक्छ।
  • त्यसबाहेक पेट देख्ने, बान्ता हुने, कमजोरी र झाडापखालाको समस्या देखिनसक्छ।
  • शरीरमा नाम्लेको सङ्ख्या बढी भएका रिङ्गटा लाग्ने, छाला पहेँलो हुने, हेर्न गाह्रो हुने लगायत समस्या पनि देखिनसक्छ।

बच्ने उपाय

शरीरमा नाम्ले परेपछि औषधिले ठिक हुनसक्छ। तर केही सावधानी अपनाउँदा सङ्क्रमणबाट बच्न सकिन्छः

  • राम्ररी नपकाएको कुनै प्रकारको मासु नखाने
  • राम्ररी नपखालेका फलफूल तथा सागसब्जी नखाने
  • खाना खानुअघि साबुनपानीले हात धुने र शौचपछि राम्रोसँग नङ पनि सफा गर्ने
  • सधैँ सफा पानी पिउने

नाम्ले प्राणघातक नभए पनि त्यसलाई गम्भीरतापूर्वक लिनुपर्छ।

शरीरको जुनसुकै भागमा पुग्नसक्ने भएकोले शरीरको त्यो हिस्सामा पक्षघात पनि हुनसक्छ।[१]

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: भानुभक्त आचार्यमुख्य पृष्ठविशेष:Searchनेपालका प्रधानमन्त्रीहरूको सूचीलक्ष्मीप्रसाद देवकोटाखड्गप्रसाद ओलीनेपालको सर्वोच्च अदालतपुष्पकमल दाहालSpecial:Searchइन्द्रबहादुर राईनेपालको प्रधानमन्त्रीपृथ्वीनारायण शाहनेपालनेपालका राष्ट्रिय विभूतिहरूनेपालका प्रदेशहरूमदनमणि दीक्षितसमाजनेपालको संविधान २०७२गौतम बुद्धपशुपतिनाथ मन्दिरअगमसिंह गिरीप्रतिनिधि सभा निर्वाचन, २०७९प्रतिनिधि सभा (नेपाल)बागमती प्रदेशत्रिशूली नदीगोपालप्रसाद रिमालविशेष:RecentChangesनेपाली शब्दकोशदोस्रो विश्व युद्धपारिजात (साहित्यकार)नेपालका स्थानीय तहहरूनेपालको भूगोलनेपालको इतिहासलुम्बिनी प्रदेशभानु जयन्तीचारकोसे झाडीस्थानीय तहनेपालका राजाहरूको सूचीमोड्युल:Infobox road