द अन्डरटेकर

मार्क विलियम कालावे (जन्म:२४ मार्च १९६५), द अन्डरटेकरको नामले परिचित, एक अमेरिकी व्यावसायिक कुस्ती खेलाडी हुन् जो हाल अमेरिका स्थित डब्ल्युडब्ल्युई नामक एक कुस्ती पदोन्नतिमन प्रदर्शन गर्छन्। उनी हाल डब्ल्युडब्ल्युई तथा पुरै कुस्ती क्षेत्रमा सबैभन्दा परिचित तथा सम्मानिय कुस्ती खेलाडीको रूपमा परिचित छन्। कालावेले सन् १९८७ मा व्यावसायिक कुस्ती कार्यकालको सुरुवात गरेका थिए भने उनले त्यसपछि विश्व क्लास च्याम्पियनसिप रेस्लिङ तथा अन्य साना कुस्ती पदोन्नतिहरूमा कुस्ती खेलेका थिए। उनले सन् १९८९ मा विश्व च्याम्पियनसिप रेस्लिङसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए र त्यसपछि उनको रिङ नाम मिन मार्क कालालस राखिएको थियो। कालावेले सन् १९९० मा तात्कालिक डब्ल्यूडब्ल्यूएफसँगको (हालको डब्ल्युडब्ल्युई) आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए। उनी हाल डब्ल्युडब्ल्युईका सबैभन्दा लामो समयसम्मका खेलाडी हुन् भने उनले आफ्नो कार्यकालको लगभग ३० वर्ष डब्ल्युडब्ल्युईमा बिताइसकेका छन्।

द अन्डरटेकर
वास्तविक नाममार्क विलियम कालावे
जन्म (1965-03-24) २४ मार्च १९६५ (उमेर ५९)
हुस्टन, टेक्सस, संयुक्त राज्य
निवासस्थानअस्टिन, टेक्सस
जीवनसाथी(हरू)
जोडी लेन
(
वि १९८९; सवि १९९९)

सारा
(
वि २०००; सवि २००७)

मिसेल मेक्कुल
(
वि २०१०)
बच्चा
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नाम
  • केन द अन्डरटेकर[१]
  • मार्क कालुलोस
  • मिन मार्क कालुलोस
  • मिन मार्क[२]
  • डिस मोर्गन[३]
  • द मास्टर अफ पेइन[३]
  • द पनिसर[३]
  • टेक्सस रेड[३]
  • द अन्डरटेकर
उचाई६ फिट १० इन्च[४]
तौल३०९ पाउन्ड[४]
उत्पत्तिमृत उपत्यका[४]
हुस्टन, टेक्सस
प्रशिक्षकबज सेयर
पदार्पण२६ जुन १९८७[३]

डब्ल्यूडब्ल्यूएफसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेर उक्त पदोन्नतिमा कुस्ती खेल्न सुरु गरेपछि उनको रिङ नाम द अन्डरटेकरमा परिवर्तन गरिएको थियो जसले व्यापक लोकप्रियताका साथ ख्यात कमाउन सफल भएको थियो भने उनको कुस्ती व्यवहार र रिङ प्रवेश गर्ने शैली एक अलौकिकतालाई प्रतिनिधित्व गर्न सफल भएको थियो जसकारण उनलाई द डेडम्यानको सङ्ज्ञा दिइएको थियो। उनले पछि सन् २००० को दशको सुरुवात तर्फ आफ्नो कुस्ती शैली तथा रिङ प्रवेश गर्ने शैलीलाई परिवर्तन गर्दै कुस्ती खेल्न आउने क्रममा मोटरसाइकल लिएर आउने गरेका थिए।[५] द अन्डरटेकरले डब्ल्युडब्ल्युईद्वारा आयोजना गर्ने सबैभन्दा ठूलो वार्षिक कार्यक्रम रेसलमेनियाको विभिन्न शृङ्खलाहरूमा लगातार २१ जित हासिल गर्दै एक कीर्तिमानी राख्न सफल भएका थिए।

अन्डरटेकरले डब्ल्युडब्ल्युई/एफमा गरी कुल १७ उपाधिहरू जितेका छन् जसमा उनी चारपटक डब्ल्यूडब्ल्यूएफ/ई विजेता, तीनपटक डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट विजेता, ६ पटक डब्ल्यूडब्ल्यूएफ ट्याग टिम विजेता, एकपटक डब्ल्युडब्ल्युई हार्डकोर विजेता र एकपटक डब्ल्यूसिडब्ल्यू ट्याग टिम विजेता बन्न सफल भएका छन्। डब्ल्युडब्ल्युई बाहिर उनले एकपटक युएसडब्ल्यूए संयुक्त विश्व ह्याभिवेट उपाधि र डब्ल्यूसिडब्ल्यूए टेक्सास ह्याभिवेट उपाधि जितेका छन्। डब्ल्युडब्ल्युईद्वारा आय‍जना गरिने विभिन्न वार्षिक कार्यक्रम तथा रेसलमेनियामा द अन्डरटेकरले भाग लिँदै उक्त कार्यक्रमको अन्तिम खेलमा कुस्ती खेलेका छन् जसमा पाँच रेसलमेनिया समावेश छ। [क]

बाल्यकाल

कालावेको जन्म सन् १९६५ मार्च २४ मा दिन हुस्टन टेक्ससमा भएको थियो। उनको बुबाको नाम कोम्प्टन कालावे (मृत्यु: सन् २००३ जुलाई २२) थियो भने उनको आमाको नाम बिटी क्याथरिन थियो।[६][७][८] कालावेका चार दाजुहरू; डेभिड, माइकल, पल र टिमोथी छन्। कालावेले वालट्रिप उच्च विद्यालयबाट स्नातक गरेका थिए भने उनी फुटबल र बास्केटबल खेल टोलीका सदस्य पनि थिए। कालावेले सन् १९८३ मा स्नातक पूर्ण गरेका थिए भने उनले टेक्सस, लुफ्किनमा रहेको एन्जलिना कलेजमा उच्च शिक्षा हासिलका लागि भर्ना भएका थिए। सन् १९८६ मा कालावे विश्वविद्यालयबाट अध्ययन गरिसकेपछि कुस्ती क्षेत्रमा प्रवेश गरेका थिए। [९][१०][११][१२]

व्यावसायिक कुस्ती कार्यकाल

देन तथा प्रतिक्रियाहरू

द अन्डरटेकरलाई सबै समयमा महान कुस्ती खेलाडीको रूपमा वर्णन गरिएको छ।[१३] सन् २०१३ मा द अन्डरटेकरलाई डिजिटल स्पाई प‍ोलद्वारा डब्ल्युडब्ल्युईको महान कुस्ती खेलाडीको रूपमा अङ्कित गरिएको थियो।[१४] आइजिएनले द अन्डरटेकरलाई हालसम्मका सबै सम्मान जनक कुस्ती खेलाडीको रूपमा वर्णन गरेको थियो।[१५] स्पोर्ट्स इलुस्ट्रेटेडका लुक विङ्कीले द अन्डरटेकरलाई पचास सर्वोत्कृष्ट कुस्ती खेलाडीको सूचीमा सूचीकृत गरेका थिए।[१६] सन् २००९ र सन् २०१० मा डब्ल्युडब्ल्युईद्वारा आयोजित रेसलमेनियाको २५ र २६औँ शृङ्खलामा द अन्डरटेकर र सन माइकल्स बीचको खेलले सोही वर्ष उत्कृष्ट खेल विधामा प्रो रेस्लिङ इलुस्ट्रेटेड र रेस्लिङ अब्जर्भर न्युजलेटर पुरस्कार जित्न सफल भएको थियो।[१७][१८] डब्ल्युडब्ल्युईका एक प्रख्यात खेलाडी द बिग सोले अन्डरटेकरलाई सबै समयका उत्कृष्ट कुस्ती खेलाडीको रूपमा वर्णन गरेका थिए भने मार्क हेन्रीले र डब्ल्युडब्ल्युईका अध्यक्ष भिन्स मिकम्यानले उनीहरूलाई मन पर्ने खेलाडीको रूपमा द अन्डरटेकरको नाम लिएका थिए। [१९] डब्ल्युडब्ल्युईद्वारा अवकाशप्राप्त कुस्ती खेलाडी तथा हालका उद्धोषक जिम रोजले पनि द अन्डरटेकरलाई हालसम्मकै सबै उत्कृष्ट खेलाडीको रूपमा वर्णन गर्दै उनको प्रशंसा गरेका थिए।[२०][२१][२२] सन् २०१६ मा गिनिज विश्व कीर्तिमानको खेल सत्रले द अन्डरटेकरले रेसलमेनियामा लगातार २१ पटक जित हासिल गर्न सफल भएको कुरा अवगत गराउँदै उनलाई त्यसको मान्यता पनि प्रदान गरेक‍ थियो।[२३] सन् २०१५ मा टेलिग्राफका पत्रकार टम फोर्डीले द अन्डरटेकरलाई विश्वका महान खेलाडीको रूपमा वर्णन गरेका थिए। [२४]

व्यक्तिगत जीवनी

कालावे र जोडी लेनको विवहा सन् १९८९ मा भएको थियो भने उनीहरूको पहिलो सन्तान सन् १९९३ मा जन्मिएका थिए।[२५] कालावे र लेन बीचको सम्बन्ध विच्छेद सन् १९९९ मा भएको थियो। पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद भएपछि कालावेले सन् २००० मा सारासँग विवहा गरेका थिए।[२६] सन् २००१ मा साराले डब्ल्यूडब्ल्यूएफद्वारा आयोजित एक कुस्ती कार्यक्रममा देखा परेकी थिइन् भने तात्कालिक समयमा द अन्डरटेकर र डायमन्ड डालस पेज बीच द्वन्द्व चलिरहेको थियो भने उक्त कार्यक्रम मार्फत उनी कालावेको श्रीमती भएको कुरा खुलासा भएको थियो। विवहाको एक उपहारको रूपमा कालावेले आफ्नी श्रीमती साराको नामको टाटु आफ्नो घाँटीमा खोपाएका थिए भने उनको अनुसार उक्त टाटु खोपाउने क्रममा उनले अनेकौँ पीडा झेल्नु परेको थियो। कालावे र साराको दुई छोरीहरू छन् भने उनीहरूको सन् २००७ मा सम्बन्ध विच्छेद भएको थियो।[२७] सन् २०१० मा कालावेले पूर्व कुस्ती खेलाडी मेसिले मिक्कुलसँग विवहा गरेका थिए भने उनीहरूको पहिलो सन्तान सन् २०१२ मा जन्मिएको थियो।

सन् १९९० को दशकमा द अन्डरटेकरले योकोजुना, साभियो भेगा, चार्ल्स राइट, द गुडविन्स र रिकिसीको साथ एक टोलीको गठन गरेका थिए भने उनीहरूको टोलीको नाम द बोन स्ट्रिट क्रु राखिएको थियो।[२८] उक्त टोलीका सबै सदस्यहरूले उनीहरू टोलीको प्रतिकको रूपमा टाटु खोपाएका थिए भने द अन्डरटेकरले उक्त टोलीको नाम अङ्कित टाटु पेटमा खोपाएका थिए। कालावे मिश्रति मार्सल आर्टका अनुयायी हुन् भने उनले त्यहाँ प्रयोग गरिने एक चाललाई कुस्तीमा पनि भित्र्याएका छन्।[२९]

अन्य सञ्चार माध्यमहरू

कालावेले सन् १९९१ को सुबार्बन कमान्डो नामक एक चलचित्र मार्फत चलचित्र क्षेत्रमा पर्दापण गरेका थिए भने उनी उक्त चलचित्रमा हचको भूमिकामा रहेका थिए।[३०] उनले पोल्टरगेस्ट: द लेगेसी र सेलिब्रिटी डेथम्याच जस्ता चलचित्रहरूमा पनि सहायक भूमिका निर्वाह गरेका थिए।कालावेलाई हालसम्म विभिन्न श्रव्य दृश्य खेलहरूमा समावेश गरिएको छ जसलाई डब्ल्युडब्ल्युईद्वारा निर्माण गरिएको थियो। उनी डब्ल्यूडब्ल्यूएफ सुपर रेसलमेनिया[३१] नामक एक श्रव्य दृश्य खेलबाट पर्दापण गरेका थिए जसलाई सन् १९९२ मा सार्वजनिक गरिएको थियो भने अन्तिममा उनी सन् २०१९ मा डब्ल्युडब्ल्युईद्वारा निर्मित डब्ल्युडब्ल्युई २के२० मा समावेश भएका छन्।[३२] उनी सन् २०१४ मा डब्ल्युडब्ल्युईद्वारा निर्माण गरिएको २के१४ नामक श्रव्य दृश्य खेलमा एक प्रमुख भूमिकामा रहेका थिए। सन् १९९९ र जनवरी २००० सम्म द अन्डरटेकरको भूमिकालाई लिएर चाओस! कस्मिक्सले केही पुस्तकहरू सार्वजनिक गरेको थियो जसलाई बेउ स्मिथले लेखेका थिए।[३३] यस द अन्डरटेकरको कुस्ती पृष्ठभूमि तथा खेल्नै शैलीहरू समावेश भएका छन् भने यस पुस्तकमा पल बेरर, मेनकाइन्ड, केन जस्ता कुस्ती खेलाडी तथा प्रबन्धकहरू पनि समावेश भएका छन्।

चलचित्रहरू

चलचित्र

वर्षशीर्षकभूमिकाटिप्पणी
सन् १९९१सुबार्बन कमान्डोहच
सन् १९९९बियोन्ड द म्याटस्वयंदस्तावेज
सन् २०१५द फिन्टस्टोन एन्ड डब्ल्युडब्ल्युई: स्टोन एज स्म्याकडाउन!द अन्डरटेकर (स्वर)
सन् २०१६स्कुबी-डु! एन्ड डब्ल्युडब्ल्युई: कर्स अफ द स्पिड डिमनद अन्डरटेकर (स्वर)
सन् २०१७सर्फ्स अफ २: वेबमेनियाद अन्डरटेकर (स्वर)

दूरदर्शन

वर्षशीर्षकभूमिकाटिप्पणी
सन् १९९९पोल्टरगेस्ट: द लेगेसीसोल चेसर डिमन२ शृङ्खला
सन् १९९९डाउनटाउनद अन्डरटेकरशृङ्खला: "द कन"
सन् १९९९सेलिब्रिटी डेथम्याचद अन्डरटेकर (स्वर)शृङ्खला: "हालेवेन पहिलो शृङ्खला "
सन् २००१अमेरिकाज मस्ट वान्टेड[३४]द अन्डरटेकर

श्रृव्य दृश्य खेलहरू

वर्षशीर्षकटिप्पणी
सन् १९९२डब्ल्यूडब्ल्यूएफ सुपर रेसलमेनियापहिलो श्रृव्य दृश्य खेलमा उपस्थिति
डब्ल्यूडब्ल्यूएफ रेसलमेनिया: स्टिल केज च्यालेन्जसहायक भूमिका
डब्ल्यूडब्ल्यूएफ सुपरस्टार २सहायक भूमिका
सन् १९९३डब्ल्यूडब्ल्यूएफ रोयल रम्बल[३५]सहायक भूमिका
सन् १९९३डब्ल्यूडब्ल्यूएफ किङ अफ द रिङ
सन् १९९३डब्ल्यूडब्ल्यूएफ रेज इन द केजसहायक भूमिका
सन् १९९४डब्ल्यूडब्ल्यूएफ रसहायक भूमिका
सन् १९९५डब्ल्यूडब्ल्यूएफ रेसलमेनिया: द आकडे गेम
सन् १९९६डब्ल्यूडब्ल्यूएफ इन द हाउस
सन् १९९८डब्ल्यूडब्ल्यूएफ वार जोन
सन् १९९९डब्ल्यूडब्ल्यूएफ रेसलमेनिया २०००सहायक भूमिका
सन् २०००डब्ल्यूडब्ल्यूएफ स्म्याकडाउन!
सन् २०००डब्ल्यूडब्ल्यूएफ रोयल रम्बल
सन् २०००डब्ल्यूडब्ल्यूएफ नो मर्सी
सन् २०००डब्ल्यूडब्ल्यूएफ स्म्याकडाउन! २: नो योर रोलसहायक भूमिका
सन् २००१डब्ल्यूडब्ल्यूएफ बिट्रेयल
सन् २००१विथ अथोरिटी
सन् २००१डब्ल्यूडब्ल्यूएफ रोड टु रेसलमेनियासहायक भूमिका
सन् २००१डब्ल्यूडब्ल्यूएफ स्म्याकडाउन! जस्ट ब्रिङ इट
सन् २००२डब्ल्यूडब्ल्यूएफ रसहायक भूमिका

सन् २००२

डब्ल्युडब्ल्युई रेसलमेनिया १८
सन् २००२डब्ल्युडब्ल्युई रोड टु रेसलमेनिया १८
सन् २००२डब्ल्युडब्ल्युई स्म्याकडाउन! सट योर माउथ
सन् २००३डब्ल्युडब्ल्युई क्रस आवर
सन् २००३डब्ल्युडब्ल्युई रेसलमेनिया १९
सन् २००३डब्ल्युडब्ल्युई र २
सन् २००३डब्ल्युडब्ल्युई स्म्याकडाउन! हियर कम्स द पेनसहायक भूमिका
सन् २००४डब्ल्युडब्ल्युई डे अफ रेकोनिङ
सन् २००४डब्ल्युडब्ल्युई सरभाइभर सिरिजसहायक भूमिका
सन् २००४डब्ल्युडब्ल्युई स्म्याकडाउन! भरसेज र
सन् २००५डब्ल्युडब्ल्युई रेसलमेनिया २१
सन् २००५डब्ल्युडब्ल्युई अफ्टरसकसहायक भूमिका
सन् २००४डब्ल्युडब्ल्युई डे अफ रेकोनिङ २
सन् २००५डब्ल्युडब्ल्युई स्म्याकडाउन! भर्सेज र २००६
सन् २००६डब्ल्युडब्ल्युई स्म्याकडाउन! भर्सेज र २००७
सन् २००७डब्ल्युडब्ल्युई स्म्याकडाउन भर्सेज र २००८सहायक भूमिका

उपाधि तथा उपलब्धिहरू

द अन्डरटेकर डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट विजेताको रूपमा
  • सिबिएस स्पोर्टस्
    • वर्षको खराब टोली (सन् २०१८) केनसँग विरुद्ध ट्रिपल एच र सन माइकल्स[३६]
  • प्रो रेस्लिङ इलुस्ट्रेटेड
    • वर्ष फिर्ता (सन् २०१५)
    • वर्षको खराब द्वन्द्व (सन् १९९१) विरुद्ध द अल्टिमेट ओरियर
    • वर्षको खराब द्वन्द्व (सन् २०१५) ब्रक लेज्नर
    • वर्षको उत्कृष्ट खेल (सन् १९९८) विरुद्ध मिक फोली
    • वर्षको उत्कृष्ट खेल (सन् २००९) विरुद्ध सन माइकल्स रेसलमेनिया २५ मा
    • वर्षको उत्कृष्ट खेल (सन् २०१०) सन माइकल्स विरुद्ध रेसलमेनिया २६ मा
    • वर्षको उत्कृष्ट खेल (सन् २०१२) रेसलमेनिया २८ मा ट्रिपल एच विरुद्ध
    • ५०० कुस्ती खेलाडी मध्ये दोस्रो स्थानमा पर्न सफल (सन् २००२)[३७]
    • ५०० कुस्ती खेलाडी मध्ये २१औँ स्थानमा पर्न सफल (सन् २००३)[३८]
  • संयुक्त राज्य कुस्ती सङ्घ
    • युएफडब्ल्यूए विश्व ह्याभिवेट विजेता (१ पटक)[३९]
  • विश्व क्लास रेस्लिङ सङ्घ
    • डब्ल्यूसिडब्ल्यूए टेक्सस ह्याभिवेट विजेता (१ पटक)[४०][४१]
  • डब्ल्यूडब्ल्यूएफ/डब्ल्युडब्ल्युई
    • डब्ल्यूसिडब्ल्यू ट्याग टिम विजेता (१ पटक) – केनको साथमा[४२]
    • डब्ल्युडब्ल्युई ह्याभिवेट विजेता (३ पटक)[४३]
    • डब्ल्युडब्ल्युई विजेता (४ पटक)[४४]
    • डब्ल्युडब्ल्युई हार्डकोर विजेता (१ पटक)[४५]
    • डब्ल्युडब्ल्युई विश्व ट्याग टिम विजेता (६ पटक) – स्टोन कोल्ड स्टिभ अस्टिन (१), बिग सो (२), द रक (१), र केनको साथमा (२) [४६]
    • रोयल रम्बल (सन् २००७)
    • तुवयक ट्रफी (सन् २०२०)[४७]
    • स्लामे पुरस्कार (१२ पटक)
      • उत्कृष्ट रिङ प्रवेश सङ्गीत (सन् १९९७)[४८]
      • उत्कृष्ट टाटु (सन् १९९७)[४८]
      • वर्षको उत्कृष्ट खेल (सन् २००९, सन् २०१०, सन् २०१२, सन् २०१५) रेसलमेनिया २५ मा सन माइकल्स विरुद्ध, रेसलमेनिया २६ मा सन माइकल्स विरुद्ध, रेसलमेनिया २८ मा ट्रिपल एच विरुद्ध सन् २०१५ को हेल इन अ सेलमा ब्रक लेज्नर विरुद्ध[४९][५०][५१][५२]
      • वर्षको उत्कृष्ट क्षण (सन् २०१०) रेसलमेनिया २६ मा सन माइकल्स विरुद्ध[५०]
      • वर्ष द्वन्द्व (सन् २०१५) विरुद्ध ब्रक लेज्नर[५२]
      • डब्ल्यूडब्ल्यूएफ उत्कृष्ट (सन् १९९६) [५३]
  • रेस्लिङ अब्जर्भर न्युजलेटर
    • उत्कृष्ट खेल शैली (सन् १९९०–१९९४)
    • वर्ष द्वन्द्व (सन् २००७) विरुद्ध बाटिस्टा
    • वर्षको उत्कृष्ट खेल (सन् २००९) रेसलमेनिया २५ मा सन माइकल्स विरुद्ध
    • वर्षको उत्कृष्ट खेल (सन् २०१०) रेसलमेनिया २६ मा सन माइकल्स विरुद्ध
    • वर्षको खराब टोली (सन् २००१) केनको साथमा विरुद्ध क्रोनिक (सन् २००१ को अनफर्गिभन वार्षिक कार्यक्रममा)
    • वर्षको खराब खेल (सन् २०१८) केनको साथमा ट्रिपल एच र सन माइकल्स विरुद्ध[५४]
    • वर्षको खराब द्वन्द्व (सन् १९९३) विरुद्ध जायन्ट गोन्जालेज
    • रेस्लिङ अब्जर्भर न्युजलेटर हल अफ फेम (सन् २००४)[५५]

रेसलमेनिया कीर्तिमानी

द अन्डरटेकरको रेसलमेनेनिया जित तथा हारको सूची[५६]
नतिजासन्दर्भप्रतिद्वन्द्वीमितिखेलको समयस्थानटिप्पणी
जित१–०जिमी स्नुकामार्च २४, १९९१
रेसलमेनिया ७
४:२०
पिनफल
लस एन्जल्स स्मारक खेलकुद रङ्गशाला
लस एन्जलस, क्यालिफोर्निया
[५७]
जित२–०जेक रोबर्टस्अप्रिल ५, १९९२
रेसलमेनिया ८
६:३६
पिनफल
होइजर डोम
इन्डियानापोलिस, इन्डियाना
[५८]
जित३–०
जर्ज गोन्जालेजअप्रिल ४, १९९३
रेसलमेनिया ९
७:३३
सिजर्स महल
लस भेगास
[५९]
जित४–०किङ कङ बन्डीअप्रिल २, १९९५
रेसलमेनिया ११
६:३६
पिनफल
हार्टफोर्ड सिभिक केन्द्र
हार्टफोर्ड
[६०]
जित५–०
केभिन नासमार्च ३१, १९९६
रेसलमेनिया १२
१६:४६
पिनफल
एरोहेड पोन्ड
क्यालिफोर्निया
[६१]
जित६–०साइको सिडमार्च २३, १९९७
रेसलमेनिया १३
२१:१९
पिनफल
रोजमोन्ट होरिजन
रोजमोन्ट, इलिनोई
डब्ल्यूडब्ल्यूएफ उपाधिको जित[६२]
जित७-०केनमार्च २९, १९९८
रेसलमेनिया १४
१७:०५
पिनफल
फ्लिट केन्द्र
बोस्टन, म्यासाट्युचेस
[६३]
जित८–०बिग बोस मेनमार्च २८, १९९९
रेसलमेनिया १५
९:४८
पिनफल
फर्स्ट युनियन केन्द्र
फिफाडेल्फिया, पेन्सिलभेनिया
यो हेल हेल इन अ सेल भित्र आयोजना गरिएको थियो[६४]
जित९–०ट्रिपल एचअप्रिल १, २००१
रेसफमेनिया १७
१८:१९
पिनफल
रिलायन्ट आम्स्टरडोम
हुस्टन, टेक्सस
[६५]
जित१०–०रिक फ्लेयरमार्च १७, २००२
रेसलमेनिया १८
१८:४९
पिनफल
स्काईडोम
टोरन्टो, ओन्टारियो, क्यानाडा
[६६]
जित११–०ए ट्रेन र बिग सोमार्च ३०, २००३
रेसलमेनिया १९
९:४५
पिनफल
साफेको फिल्ड
सियाटल, वासिङ्टन
[६६]
जित१२–०केनमार्च १४, २००४
रेसलमेनिया २०
७:४५
पिनफल
मेडिसन स्क्वायर गार्डेन
न्युयोर्क सहर, न्युयोर्क
[६७]
जित१३–०रेन्डी ओर्टनअप्रिल ३, २००५
रेसलमेनिया २१
१४:१४
पिनफल
स्टापल केन्द्र
लस एन्जल्स, क्यालिफोर्निया
[६८]
जित१४–०मार्क हेन्रीअप्रिल २, २००६
रेसलमेनिया २२
९:२६
क्यासकेट
अलस्टेट एरिना
रोजमोन्ट, इलिनोई
यो खेल एक क्यासकेट खेल थियो[६९]
जित१५-०बाटिस्टाअप्रिल १, २००७
रेसलमेनिया २३
१५:४७
पिनफल
फोर्ड फिल्ड
डिट्रोइट, मिचिगन
द अन्डरटेकरले बाटिस्टालाई पराजित गर्दै डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट उपाधि जित्ज सफल भएका थिए। [७०]
जित१६–०एजमार्च ३०, २००८
रेसलमेनिया २४
२३:५०
आत्मासमर्पणद्वारा जित
सर्कस बल
फ्लोरिडा
डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट उपाधिको जित[७१]
जित१८–०सन माइकल्सअप्रिल ५, २००९
रेसलमेनिया २५
३०:४१
पिनफल
रिलायन्ट रङ्गशाला
हुस्टन, टेक्सस
[७२]
जित१८–०सन माइकल्समार्च २८, २०१०
रेसलमेनियम २६
२३:५९
पिनफल
फेनिक्स रङ्गशाला विश्वविद्यालय
एरिजोना
[७३]
जित१९–०ट्रिपल एचअप्रिल ३, २०११
रेसलमेनिया २७
२९:२२
आत्मसमर्पण
जर्जिया डोम
एट्लान्टा, जर्जिया
[७४]
जित२०–०ट्रिपल एचअप्रिल १, २०१२
रेसलमेनिया २८
३०:५०
पिनफल
सन लाइफ रङ्गशाला
मायामी, फ्लोरिडा
[७५]
जित२१–०सिएफ पङ्कअप्रिल ७, २०१३
रेसलमेनिया २९
२२:०७
पिनफल
मेटलाइफ रङ्गशाला
पूर्वी रदरफोर्ड, न्युजर्सी
[७६]
हार२१–१ब्रक लेज्नरअप्रिल ६, २०१४
रेसलमेनिया ३०
२५:१२
पिनफल
मार्सिडेज-बेन्ज सुपरडोम
न्यु ओर्लिन्स, लुइजियाना
द अन्डरटेकरलाई ब्रक लेज्नरले रेसलमेनिया ३० मा पराजित गर्दै उनको अपराजित यात्रा तोडेका थिए।[७७]
जित२२–१ब्रे वायटमार्च २९, २०१५
रेसलमेनिया ३१
१५:१२
पिनफल
लेभिस रङ्गशाला
क्यालिफोर्निया
[७८]
जित२३–१सेन मिकम्यानअप्रिल ३, २०१६
रेसलमेनिया ३२
३०:०५
पिनफल
एटि एन्ड टि रङ्गशाला
एरिङ्टन
मिकम्यान र अन्डरटेकरको बीच खेल हेल इन अ सेल भित्र आयोजना गरिएको थियो।[७९]
हार२३–२रोमन रेन्जअप्रिल २, २०१७
रेसलमेनिया ३३
२३:००
पिनफल
क्याम्पिङ विश्व रङ्गशाला
फ्लोरिडा
जित२४–२जोन सिनाअप्रिल ८, २०१८
रेसलमेनिया ३४
२:४६
पिनफल
मार्सिडेज-बेन्ज सुपरडोम
न्यु ओर्लिन्स
[८०]
जित२५-२एजे स्टाइल्सअप्रिल ४, २०२०

रेसलमेनिया ३६

१९:१८
डब्ल्युडब्ल्युई प्रदर्शन केन्द्र
फ्लोरिडा

टिप्पणी

सन्दर्भ सामग्री

बाह्य कडीहरू

पूर्वाधिकारी
रे मेस्तेरियो
रोयल रम्बल विजेता
सन् २००७
पछिल्लो
जोन सिना
🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद