दुर्गा पूजा

दुर्गा पूजा (बङ्गाली: দুর্গা পূজা; जसलाई दुर्गोत्सव वा शारोदोत्सव पनि भनिन्छ) एक वार्षिक हिन्दू चाड हो। यो पूजा हिन्दू देवी दुर्गालाई श्रद्धा अर्पण गर्न र महिषासुरमाथि दुर्गाको विजयको कारणले मनाइने गरिन्छ। यो विशेष गरी भारतीय उपमहाद्वीप वा दक्षिण एसियामा मनाइने एक वार्षिक हिन्दू पर्व हो।[२][३]यो पूजा १० दिनको हुने गर्छ तर यो पूजाको अन्तिम ६ दिन फूलपाती, षष्ठी, महासप्तमी, महाअष्टमी, महानवमी र विजयदशमी विशेष हुन्छ। दुर्गा पूजा मनाइने तिथि पारम्परिक हिन्दू पञ्चाङ्ग अनुसार निर्धारण गरिन्छ।[४]

दुर्गा पूजा
महिषासुरलाई आफ्नो वाहन सिंहमाथि विराज भएर वध गर्दै देवी दुर्गा
अनुयायीनेपाली, बङ्गाली, ओडिया, मैथिल,[१] र आसामी समुदाय
पूजा रङ  रातो
प्रकारहिन्दू
उत्सवहिन्दू देवताहरूको पूजा, पारिवारिक र अन्य सामाजिक जमघट, किनमेल र उपहार आदानप्रदान, भोज, "पण्डाल" भ्रमण, र सांस्कृतिक कार्यक्रम
परिपालनदेवी दुर्गाको औपचारिक पूजा
प्रारम्भ मास (अमान्त) / मास (पूर्णिमान्त), पक्ष, तिथि
समापन मास (अमान्त) / मास (पूर्णिमान्त), पक्ष, तिथि
मितिबहु-दिन
आवृत्तिवार्षिक
सम्बन्धितमहालय, नवरात्रि, विजयादशमी

पूर्वी नेपालदेखि पश्चिम नेपाल, हिन्दू बहुल बङ्गलादेशी क्षेत्रहरू, पश्चिम बङ्गाल, असम, बिहार, झारखण्ड, मणिपुर, ओडिशात्रिपुरा आदि भारतीय राज्यहरूमा व्यापक रूपले दुर्गा पूजा मनाइने गरिन्छ। यस समय पाँच दिनको वार्षिक विदा हुने गर्दछ।[५] नेपाली, बङ्गाली र आसामी हिन्दूहरूको बाहुल्य भएको क्षेत्रहरूमा यो वर्षकै सबैभन्दा ठूलो उत्सव मान्ने गरिन्छ।

भारतमा दुर्गा पूजाको उत्सव दिल्ली, उत्तर प्रदेश, महाराष्ट्र, गुजरात, पञ्जाब, कश्मीर, आन्ध्र प्रदेश, कर्नाटककेरल राज्यमा समेत मनाइने गरिन्छ। दुर्गा पूजाको उत्सव ९१% हिन्दू जनसङ्ख्या भएको नेपाल र ८% हिन्दू जनसङ्ख्या भएको बङ्गलादेशको सबैभन्दा ठूलो चाड हो। वर्तमान समयमा विभिन्न प्रवासी नेपाली, आसामी र बङ्गाली सांस्कृतिक सङ्गठनहरूले संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य, अस्ट्रेलिया, जर्मनी, फ्रान्स, नेदरल्यान्ड, सिङ्गापुरकुवेत सहित विभिन्न देशहरूमा आयोजित गराउने गर्दछ।[६]

सन् २०२१ डिसेम्बरमा कोलकाताको दुर्गा पूजालाई युनेस्कोले अमूर्त सांस्कृतिक धरोहरको सूचीमा सामेल गरेको थियो।[७]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद