त्रिपुरासुन्दरी (बुढी घटाल)

श्री त्रिपुरासुन्दरी (बुढी घटाल) नेपालको महाकाली अञ्चलमा पर्ने डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं. २ मा अवस्थित छ । बुढी घटाल देवतालाई अति पावन स्थल मानिएको छ यो स्थल सदरमुकामबाट करिब २ कि. मि. टाढा डोटी खोलाको किनारामा महाभारत श्रीखलाको फेदिमा रहेको छ ।

त्रिपुरासुन्दरी मन्दिर
प्राथमिक विवरण
स्थान:अमरगढी, डडेल्धुरा
सम्बन्धनहिन्दुत्व
जिल्लाडडेल्धुरा
देशनेपाल
वास्तुकला प्रकारप्यागोडा

ऐतिहासिक पृष्ठभुमि

पौरानिक कालदेखी आफ्ना सधक भक्तजनहरूलाई ईच्छित मुक्ति प्रदान गर्ने आदि शक्तीको रूपमा त्रिपुरा सुन्दरी नामले अति प्रख्यात रहंदै आएकी छन् । यिनै जगतमाताको नजिक रमणिय टाकुरामा परिपुर्णेश्वर महादेवको वाण लिङग वा शोव पञ्चायनका अति मोनमोहक देवताहरूको समेत स्थपना भई सुन्दरताको जीवन्त उदारण प्रस्तुत गरेको छन् । अध्या शक्ति त्रिपुरा सुन्दरी जगतमाताको उत्पतीको विषयमा कहिलेदेखी उत्पति भएको हो भन्ने प्रमाण छैन । यथार्थ त्रिपुरा सुन्दरी माताको मुर्ति स्थपना भएको नभई स्वयम उत्पति भएको कुरा निर्विवाद छ । जगतमाता को मुर्ति रहेको ठाँउमा धेरै वर्ष अघाडी कुनै मन्दिर नभएको कुरा बुढापाकाबाट थाहा पाउन सकिन्छ । माता त्रिपुरा सुन्दरिको मन्दिर निर्माण गराउने शिलसिलामा स्वामि माधवानन्द गिरी ज्युलाई स्वप्नामा माताले दर्शन दिनुभएको र मन्दिरको जग खन्दा प्राचिन मूर्तिलाई साविक स्थानमा सुरक्षित नै राख्ने त्यही मणियुक्त नागको दर्शन पाइन्छ । यस मन्दिरको बार्षिक पूजा आजा गर्ने परम्परा अर्थात मुर्ति उत्खनन नगर्ने आदेश भएको भनिन्छ । त्रिपुरा सुन्दरी माताको मन्दिर परिशर भित्र एक मणीले युक्त भएको नाग रहन्छ साधक परुषहरूका अनुसार आजसम्म पनि सारदिय नव रात्रि पर्वमा पूजा पाठ ध्वनी आदि चल्दै आएको छ । माताको मन्दिर करिब ८० वर्ष अघि सिद्ध महात्मा माधवा नन्द स्वामिजिले निर्माण गराएको हुन् । हाल करिब ३० वर्ष देखि पूज्यपाद स्वामि दिगम्बर गौरी शंकर पुरी ज्यू महाराजको अखण्ड आश्रमको रूपमा सुप्रसिद्ध यस पवित्र देवस्थलमा अनेकौ प्रकारको धार्मिक सामाजिक कार्यक्रमका साथै विविध निर्माण कार्यहरू अविरल रूपमा प्रवाह भैरहेको कुरा सर्वविदित नै छ । यस धार्मिक तथा सामाजिक क्षेत्रको चारै तिर करिब ५७६ मिटर लम्बाई २ मि. उचाईं तथा १/२ मिटर चौडाईं भएको ढुङगाको ठुलो पर्खाल निर्माण गरिएको छ ।[१]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद