ढाका प्रिमियर लिग

ढाका प्रिमियर विभाग क्रिकेट लिग (ढाका प्रिमियर लिगको नामले पनि परिचित) बङ्गलादेशको एक प्रथम श्रेणीको क्रिकेट प्रतियोगिता हो जसमा बङ्गलादेशका राष्ट्रिय स्तरका क्रिकेट टोलीहरूले भाग जनाउँछन्।[१]

ढाका प्रिमियर लिग
देशहरूबङ्गलादेश
प्रशासकढाका नगरपालिका क्रिकेट विभाग
ढाँचालिष्ट ए क्रिकेट
पहिलो प्रतियोगिता२०१३–१४
पछिल्लो प्रतियोगिता२०१८–१९
प्रतियोगिताको ढाँचाराउण्ड रोबिन
टिम सङ्ख्या१२
वर्तमान ट्रफी विजेताआबाहनी लिमिटेड क्रिकेट टोली
सबैभन्दा सफलआबाहनी लिमिटेड (३ पटक)

इतिहास

ढाका प्रिमियर लिगको अौपचारिक स्थापना सन् १९७४–७५ मा भएको थियो भने तात्कालिक समयमा बङ्गलादेशका क्रिकेट क्लबहरूले प्रतिस्पर्धा गर्ने गरेका थिए। सन् २०१३–१४ यस प्रतियोगिता प्रथम श्रेणीको राष्ट्रिय क्रिकेट लिगमा पदोन्नति भएको थियो।[२] सन् १९७४–७५ देखि सन् २०११–१२ को संस्करण सम्म ढाका आबहानी लिमिटेडले १७ पटक यस प्रतियोगिताको उपाधि उचालेको छ। यस प्रतियोगिताका उपाधि विजेता महम्मदेन स्पोर्टिङ क्लब (९ पटक), बिमन बङ्गलादेश एयरलाइन्स (५ पटक), भिक्टोरिया स्पोर्टिङ क्लब (४ पटक), ओल्ड डिओएचएस स्पोर्टिङ क्लब (२ पटक) र ब्रदर्स युनियन (१ पटक) हुन्। सन् २०१२–१३ को संस्करण भने रद्द गरिएको थियो।

ढाँचा

ढाका प्रिमियर लिग क्रिकेट प्रतियोगिता राउण्ड रोबिनमा खेलाइन्छ जसमा समूह चरणका खेलाहरू पनि आयोजना हुन्छन्। यस प्रतियोगिताकाका क्रममा ३ निम्न अङ्क ल्याउने टोलीको भने पद घट हुन्। सन् २०१३–१४ को ढाका प्रिमियर लिगको संस्करण मध्य सेप्टेम्बर देखि सन् २०१४ को अन्तिम नोभेम्बर सम्म खेलाइएको थियो भने त्यससैगरी सन् २०१४–१५ संस्करण सन् २०१४ को मध्य नोभेम्बर देखि सन् २०१५ को जनवरी महिना सम्म, सन् २०१५–१६ संस्करण सन् २०१५ को मध्य अप्रिल देखि सन् १६ को जुन महिना सम्म, सन् २०१६–१७ संस्करण सन् २०१६ को मध्य अप्रिल देखि सन् २०१७ को जुन महिना सम्म, सन् २०१६–१७ संस्करण सन् २०१६ को मध्य अप्रिल देखि सन् २०१७ को जुन महिना सम्म, सन् २०१७–१८ संस्करण सन् २०१७ को मध्य फेब्रुअरी देखि सन् २०१८ को अप्रिल महिना सम्म, सन् २०१८–१९ संस्करण सन् २०१८ को मध्य मार्च देखि सन् २०१९ को जुन महिना सम्म खेलाइएको थियो।

यस प्रतियोगिता बङ्गलादेशको राजधानी ढाकाका क्रिकेट मैदानहरूमा खेलाइने गरिन्छ। सन् २०१६-१७ को ढाका प्रिमिय, लिगमा भने ३ खेलकुद मैदानहरू; खान साहेब ओसमान आली रङ्गशाला र बङ्गलादेश क्रिडा शिखा प्रतिष्ठाका ३ नम्बर मैदान र ४ नम्बर मैदान प्रयोग गरिएको थियो। सन् २०१७-१८ र सन् २०१८-१९ को संस्करणमा पनि यिनै खेलमैदानहरू र मिरपुरमा रहेको शेर-इ-बाङ्ला राष्ट्र क्रिकेट रङ्गशाला प्रयोग गरिएको थियो।

खेलाडीहरू

ढाका प्रिमियर लिगमा विभिन्न क्लबहरूमा खेलाडी आवद्ध गराउनका निमित्त खेलाडी किन बेच गरिन्छ भने एक संस्करणमा एउटा क्लबमा आवद्ध भएका खेलाडीहरू अर्को संस्करणमा अर्को क्लबसँग पनि आवद्ध हुन सक्छन्।[२] उदाहरणका लागि इमरुल कायेस सन् २००६–०७ र सन् २०१४–१५ को ढाका प्रिमियर लिगको संस्करणमा भिक्टोरिया स्पोर्टिङ क्लबका लागि, सन् २००७–०८ र सन् २०११–१२ को ढाका प्रिमियर लिगको संस्करणमा महाम्मदेन स्पोर्टिङ क्लबका लागि, सन् २००८–०९ र सन् २०१३–१४ को ढाका प्रिमियर लिगको संस्करणमा गजी ट्याङ्क क्रिकेटरका लागि, सन् २००९–१० र सन् २०१०–११ को ढाका प्रिमियर लिगको संस्करणमा ढाका आबहानी लिमिटेडका लागि, सन् २०१५–१६ को ढाका प्रिमियर लिगको संस्करणमा ब्रदर्स युनियन क्लबका लागि, सन् २०१६–१७ को ढाका प्रिमियर लिगको संस्करणमा शेख जामाल धानमण्डी क्लबका लागि र सन् २०१७-१८ र सन् २०१८-१९ को संस्करणमा गाजी ग्रुप क्रिकेटर्सका तर्फबाट खेलेका थिए।[३][४][५] सन् २०१३-१४ संस्करणमा २२ खेलाडीहरू ब्रदर्स युनियनमा आवद्ध भएका थिए भने सन् २०१४-१५ क‍ो संस्करणमा ति २२ खेलाडी मध्ये मात्र दुई बाँकी रहेका थिए। [६]

यस प्रतिस्पर्धामा भाग लिने क्लब रहरूमा अधिकांश खेलाडीहरू विदेशी हुन्छन्।[७] सन् २०१३-१४ ढाका प्रिमियर लिगको संस्करणमा ८२ विदेशी खेलाडीहरूले भाग लिएका थिए।[३][४][८] सन् २०१५-१६ को संस्करणमा भने १ विदेशी खेलाडीलाई खेल खेल्न दिइने भनिएता पनि क्लबहरूले खेलाडीको सूचीमा केही विदेशी खेलाडीहरू समावेश गर्ने गरेका छन्। सन् २०१५-१६ को संस्करणमा ३६ विदेशी खेलाडीले भाग लिएका थिए जसमा २२ भारतीय र १० श्रीलङ्काली क्रिकेट खेलाडी थिए।[६]

टोलीहरू

ढाका प्रिमियर लिगमा हाल १२ राष्ट्रिय स्तरमा क्रिकेट टोलीहरूले भाग लिँदै आएका छन् जहाँ प्रत्येक संस्करणमा टोलीहरूको पदोन्नति र पद घट हुँदै टोलीहरू परिवर्तन हुन्छन्। यस प्रतियोगिताकाका क्रममा ३ निम्न अङ्क ल्याउने टोलीको पद घट हुन्छ भने प्रथम, दृतिय तृतीय टोलीको भने पदोन्नति हुन्छ।

सन् २०१३–१४

सन् २०१४–१५

सन् २०१५–१६

सन् २०१७–१८

सन् २०१७–१८

सन् २०१८–१९

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद