डाक्नेश्वरी नगरपालिका
डाक्नेश्वोरी नगरपालिका (English: Dakneshwori Municipality) प्रान्त नं. २ को सप्तरी जिल्लामा रहेको छ । यसको स्थापना २०१६ मा पहिलेको १० वटा गाविसहरु लाई १० वर्गहरू (वार्ड)हरू मा बिभाजन गरी बनाईएको हो । यसमा कबिलासा, भुतही, तरही, हरिरहा, पातो, औरही, ब्रहम्पुर्, गम्हरीया पर्वहाँ, पत्थरगाडा र बनौला वडाहरु रहेका छन् ।[४]. यसको कुल ४४,७८२ जनसङ्ख्या ६९.११ वर्ग किमी मा अवस्थित रहेको छ ।[५][६].
डाक्नेश्वोरी नगरपालिका | |
---|---|
नगरपालिका | |
Dakneshwori Municipality | |
देश | नेपाल |
विकास क्षेत्रहरू | पूर्वाञ्चल |
अञ्चल | सगरमाथा |
जिल्ला | सप्तरी |
वार्ड सङ्ख्या | 10 |
सरकार | |
• नगर प्रमुख | शिवनारायण साह (राजपा) |
• उप-नगर प्रमुख | ईन्दु देवी यादव(राजपा) |
क्षेत्रफल | |
• जम्मा | ६९.११ किमी२ (२६.६८ वर्ग माइल) |
उन्नतांश | ७६ मिटर (२४९ फिट) |
जनसङ्ख्या (बि.स. २०६८ अनुसार) | |
• जम्मा | ४४,७८२[१][२][३] |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पोस्टल कोड | 56412 |
क्षेत्रीय सङ्केत | ०३१ |
वेबसाइट | http://dakneshworimun.gov.np/ |
भौगोलिक
सप्तरी जिल्लाको ९ नगरपालिका मध्ये एक डाक्नेश्वरी नगरपालिका हो । यस नगरपालिका पूर्ण तराईमा रही भारतसंग दक्षिणी भागले सिमाना जोडेको छ । पश्चिमी भागमा बादे बर्साइन नगरपालिका, पूर्वी भागमा बेल्ही चपेना (हाल राजगढ) गाउँपालिका, खडग नगरपालिका, शम्भुनाथ नगरपालिका र रूपनी गाउँपालिका उत्तरी भागमा रहेको छ । राजविराजबाट २० कि.मी. पश्चिम–दक्षिण, कठौनाबाट १५ कि.मी. दक्षिणमा यस नगरपालिकाको कार्यपालिका अवस्थित छ ।[६]
यस नगरका जुडी, खडग, सितुवाही, थलहा, कजरा लगायतका नदीहरू र कोशी नहर र पम्प नहरले यस नगरपालिकाका वडाहरू र अरू नगरपालिकाहरूसँग सिमा बनाएको छ ।
आर्थिक
यस नगरका अधिक्तम जनता कृषक छन् । साथै यस नगरपालिकाको अर्थतन्त्र भारतीय सिमानाबाट आयात निर्यातले पनि तोकेको छ । यहाँका जनता माछापालन, कुखुरापालन, पशुपालनमा आत्मनिर्भर पनि रहेको छ ।[७] यहाँ सहकारी तथा वित्तीय संस्थाका ?पमा श्रृजना फाइनेन्स लि., ग्लोबल बैङ्क लि., स्वावलम्बन, साना किसान, आईडियल सहकारी लगायतका रहेका छन् ।
यस नगरमा हाट बजारका ?पमा पातो, पत्थरगाडा, तरही, ब्रहमपुर, बनौला, सखुवा र अमरलत्ति हटिया रहेका छन् ।
यातायात
डाक्नेश्वरी नगरपालिकाका मुख्य द्वारकारूपमा कठौना–पानो सडक रहेको छ । यस पालिकाबाट बसद्वारा पातो – राजविराज, पातो – जनकपुर, पातो – काठमाण्डौ, पातो – सिरहा, पातो – विराटनगर जानको लागि व्यवस्था छ । [८].
स्वास्थ्य
यस डाक्नेश्वरी नगरपालिका अन्तर्गत विभिन्न वडाहरूमा गरी जम्मा ९ वटा स्वास्थ्य चौकी मध्ये ४ वटामा बर्थिङ्ग सेन्टर सञ्चालन गरिएको छ ।[९] यस नगरपालिका अन्तर्गत कुनै अस्पताल नभएकोले गर्दा वशेषज्ञ सेवा लिनको लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सेवा लिन सकिने छ ।[१०] यस नगरपालिका अन्तर्गत रहेको पातो स्वास्थ्य चौकी तथा पत्थरगाडा स्वास्थ्य चौकीबाट एम्बुलेन्स सेवा संचालनमा रहेको छ ।[११]
शिक्षा
यस नगरपालिका अन्तर्गत २ उच्च माध्यमिक, ६ मा.वि., १५ प्रा.वि., १ आधारभूत विद्यालय र १ मदरसा रहेका छन् । उच्च पठन पाठन संचालनका निमित्त एस.एल.पी. उ.मा.वि. र क.च. उच्च मा.वि. रहेको छ । साथै शिक्षाको अवस्था विकासका लागि विभिन्न वडाहरूमा बार्डिङ्ग स्कूलहरू संचालनमा रहेका छन् ।[९]