टिपु सुल्तान

टिप सुल्तान (अङ्ग्रेजी: Tipu Sultan, ٹیپو سلطان) (जन्मः २० नोभेम्बर १७५० - मृत्युः ४ मे १७९९) मैसुर अधिराज्यका शासक थिए, उनी मैसुरका बाघ तथा टिपु साहिबको नामबाट पनि प्रसिद्ध छन् ।[१] उनी मैसुरका सुल्तान हेदर अलीका जेठा छोरा हुन ।[२] उनको आफ्नो शासनको बेलामा धेरै संख्यामा प्रशासनिक सुधारलाई प्रचलनमा ल्याएका थिए, जसमा सिक्काको प्रचलन, मौलुदी पात्रो तथा जग्गा राजस्व प्रणाली हुन् ।[३][४] उनलाई रकेट शस्त्रको प्रयोगको अग्रगामीको रूपमा लिइन्छ । उनले रकेट शस्त्रको प्रयोग बिट्रिस सेनाको बिरूद्धमा प्रयोग गरेका थिए । 

टिपु सुल्तान
ٹیپو سلطان
ಟಿಪ್ಪು ಸುಲ್ತಾನ್
शासनकाल२९ डिसेम्बर १७८२ – ४ मे १७९९
राज्याभिषेक२९ डिसेम्बर १७८२
पूर्वाधिकारीहैदर अलि
जन्म१७५० नोभेम्बर २०
देभानाहाल्ली हालको बैङ्गलुरू शहरबाट करिब ३३ किलो मिटर उत्तरमा अबस्थित बैङ्गलुरू ग्रामीण जिल्ला
मृत्यु४ मे १७९९
खानदानमैसोर
बाबुहैदर अलि
आमाफातिमा फक्र-उन-निशा
धर्मइस्लाम

उनको बिट्रिसका विरूद्ध फ्रान्सका सम्राट नेपोलिएनसँग मैत्री सम्बन्ध गरेका थिए । फ्रेन्च गठबन्धनमा उनले बिट्रिस लगायत वरिपरिका शक्ति बिरूद्ध प्रयोग गरेका थिए । बाल्यकालमा उनका बुबाले मैसुरको शक्ति लिनको लागि तयार गर्दै आए र उनको बुबाको मृत्यु पश्चात सन् १७८२ मा उनले मैसुरको गद्दि सम्भालेका थिए । उनले बिट्रिसका विरूद्ध महत्त्वपूर्ण विजय दोश्रो एङ्गलो-मैसुर युद्धमा हात पारेका थिए तथा उनले सन् १७८४ मा उनको बुबाको क्यानसरको कारणले आकस्मिक मृत्यु पश्चात मैङ्लोरको सन्धीमा हस्ताक्षर गरेका थिए । 

टिपुले छिमेकीहरूको विरूद्ध राज्य बढाउनको लागि विभिन्न आक्रमण गरेका थिए । 

प्रारम्भिक वर्षहरू

बाल्यकाल

शत्रुका विरूद्ध टिपु सुल्तान

टिपु सल्तानको जन्म २० नोभेम्बर १७५० मा देभानाहाल्ली हालको बैङ्गलुरू शहरबाट करिब ३३ किलो मिटर उत्तरमा अबस्थित बैङ्गलुरू ग्रामीण जिल्ला । उनको टिपु सुल्तान नाम अर्कोटका स्वामी टिपु मस्तान अउलियाबाट राखिएको हो । 

प्रारम्भिक सैन्य सेवा

टिपु सुल्तानको लागि तयार गरिएको बन्दुक

टिपु सुल्तानलाई सैन्य रणनीतिहरूमा उनका बुबाले राखेका फेन्च अधिकृतले सहयोग गर्ने गर्दथ्यो । उनले १५ वर्षको उमेरमा पहिलो मैसुर युद्धमा आफ्ना बुबासँग बिट्रिस विरूद्ध युद्ध गरेका थिए । 

दोश्रो एङ्गलो-मैसुर युद्ध

सन् १७७९ मा बिट्रिसले फ्रेन्च नियन्त्रित गढी माहेलाई कब्जा गरेका थिए, जसमा टिपु सुल्तानले आफ्नो केही सैनिकलाई रक्षामा लगाई सुरक्षा दिईरहेका थिए । यसको जवाफमा हैदरले कार्न्याटिक

नेतृत्व, नीति तथा नविनतम

टिपु सुल्तानले आफ्नो शासनकालमा नयाँ पात्रो, नयाँ सिक्काको प्रचना तथा सात नयाँ सरकारी विभागहरूको शुरूवात तथा युद्धमा रकेट शस्त्रको प्रयोगको थालीना गराएका थिए ।

मृत्यु

उनको हत्या बिट्रिसहरूले धोकापूर्ण तरिका सन् १७९९ मे ४ मा ४८ वर्षको उमेरमा कर्नाटकको श्रीरंगपट्टनामा गरेका थिए । उनी आफ्नो अन्तिम साँस सम्म पनि बिट्रिस विरूद्ध लडाई गर्दै शहिद भएका थिए । बिट्रिसहरूले टिपु सुल्तानको तरवार आफ्नो साथ बिट्रेन लगेका थिए भने उनको मृत्यु पश्चात सम्पूर्ण राज्यमा कब्जा गरेका थिए ।

बाह्य कडीहरू

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद