जोहो निगम

जोहो निगम एक भारतीय सफ्टवेयर विकास कम्पनी हो। जोहो निगमको कार्य वेब आधारित व्यापारी उपकरण र सूचना प्रविधिमा केन्द्रित छ जसमा कार्यालय उपकरण सुट, इण्टरनेट सम्बन्धित व्यवस्थापन मञ्च र सूचना प्रविधि व्यवस्थापन सफ्टवेयरहरू समावेश छन्।

जोहो निगम प्रालि
व्यवसाय प्रकार
निजी
स्थापितसन् १९९६
स्थापनाकर्ताश्रीधर भेम्बु
टोनी थोमस
केन्द्रीय कार्यालयचेन्नई, तमिलनाडु, भरत
सेवा क्षेत्र
विश्वव्यापी
कर्मचारी सङ्ख्या
९,०००+[१]
वेबसाइटzohocorp.com

कम्पनी सन् १९९६ मा श्रीधर भेम्बु र टोनी थोमसद्वारा प्लिसेण्टन क्यालिफोर्नियामा स्थापना गरिएको थियो भने यसका कार्यलयहरू ७ वटा देशहरूमा छरिएर रहेका छन्। यसको विश्वव्यापी प्रधान कार्यालय भारतको चेन्नईमा अवस्थित छ।

इतिहास

सन् १९९६ देखि २००९ सम्म, यस कम्पनीलाई एड्भेण्ट नेट निगम भनिन्थ्यो। एड्भेण्ट नेटले जून २००१ मा यसको सञ्चालनलाई जापानमा पनि पुर्‍याएको थियो। जोहो सिआरएम सन् २००५ मा सार्वजनिक गरिएको थियो। सन् २००७ मा, जोहोले जोहो डक्स र जोहो मिटिङको सार्वजनिक गरेको थियो। सन् २००८ मा, चलानी तथा डाँक अनुप्रयोगहरूको थप गरेको थियो र सोही वर्षको अगष्ट महिनामा, १० लाख प्रयोगकर्ता समक्ष सेवा पुर्‍याइसकेको दावी गरेको थियो। [२]

सन् २००९ मा, कम्पनीको नाम एड्भेण्ट नेटबाट परिवर्तन गरी जोहो निगममा सारिएको थियो। [३]

कम्पनी अन्य बाहिरी कोष विनानै सुरुवात तथा वृद्धि भएको थियो। यो पूर्ण निजी स्वामित्वमा रहेको कम्पनी हो।[४]

कम्पनीका सह संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत श्रीधर भेम्बुले सन् २०१६ को एक अन्तरवार्तामा, यस्तो खाले लगानीहरूसँग सम्बन्धित वित्तीयकरणले कम्पनीमा कोष लगानीको प्रतिफलमा अत्यधिक दबाब दिने र कम्पनी केही रकमहरू गुमाउने भएकाले जोहो बाहिरी कोषहरूबाट टाढा रहेको जानकारी दिएका थिए। पहिलो जोहोको सम्मेलन, जोहोलिक्स, सन् २०१२ मा सुरुवात गरिएको थियो।

सन् २००५ देखि प्रत्येक वर्ष, जोहोले थप अनुप्रयोगहरूको सार्वजनिक गर्दै आइरहेको छ र सन् २०१७ मा, जोहोले जोहो वानको सार्वजनिक गरेको थियो।[५]

अवस्थिति

जोहोको प्रधान कार्यालय तमिलनाडु राज्यको चेन्नईमा अवस्थित छ।[६] सन् २०१९ सम्ममा, विश्व भरि यसको कार्यालय १२ वटा रहेका छन्। अमेरिकामा यसको कार्यालय क्यालिफोर्निया राज्यमा रहेको छ जसमा सन् २०२१ सम्ममा अष्टिन [५]टेक्ससमा सारिने बताएको थियो।[७] यसको अध्ययन तथा विकास केन्द्र पनि चेन्नईमै अवस्थित छ। जोहोको तमिल नाडु राज्यको तिरूनेलभेली जिल्लाको तेनकासीबाट जोहो डेक्स नाम उत्पादनको विकास तथा सार्वजनिक गरिएको थियो।[८] कम्पनीले चीन, सिङ्गापुर , जापानमा पनि सेवा सञ्चालन गर्दछ। यसको समर्थन सञ्चालन ठूलो भाग चेन्नईमा रहेको यसको कार्यालय मार्फत गरिन्छ।[९][१०] जोहोको क्षेत्रीय कार्यालय आन्ध्र प्रदेशको रेणीगुण्टा अवस्थित छ जहाँबाट यसले उक्त क्षेत्रको सेवा सञ्चालन गर्दछ।[११]

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद