जेरुसेलम

जेरुसेलम इजरायल देशको राजधानी हो, जुन केही देशहरूद्वारा विवादित मानिएको छ । यो यहूदी धर्म, ईसाई धर्म र इस्लाम धर्म, तीनैको पवित्र भुमि हो । एतिहासिक पृष्ठभुमि अनुसार जेरुसेलम प्राचिन यहूदी राज्यको केन्द्र र राजधानी रहेको थियो । यो शहर भूमध्य सागरमृत सागर बीच जुडियन पर्वतको एउटा पठारमा स्थित विश्वको सबैभन्दा जेठो तथा पुरानो नगर मध्ये एक हो । यसको लामो इतिहास हेर्दा जेरुसेलमलाई कम्तीमा दुई पटक नाश गरिएको, २३ पटक घेरा हालिएको, ५२ पटक आक्रमण, र ४४ पटक कब्जा र पुनः कब्जा गरिएको थियो ।[९] यो शहर सबैभन्दा पुरानो भाग ४औ सहस्राब्दीमा बसोबास भएको इतिहासमा रहेको छ ।[१०] सन् १५३८ मा , सुलेमान अन्तर्गत जेरुसेलमको वरपर भव्य पर्खाल निर्माण गरियो । आज ती पर्खाललाई पुरानो शहरको रूपमा चिनिन्छ जसलाई १९औ शताब्दीको प्रारम्भमा परम्परागत चार भागमा विभाजित गरियो आर्मेनियाली, मसीही, यहूदी, र मुस्लिम ।[११] यस पुरानो शहरलाई युनेस्कोले सन् १९८१ मा विश्व सम्पदा सूचीमा राख्यो तर हाल यसलाई खतराको सूचीमा सूचीबद्ध गरेको छ ।[१२] आधुनिक जेरुसेलम शहर पुरानो शहरको सीमाबाट हाल टाढिएको छ । यहाँ यहूदीहरूको परमपवित्र सुलैमानी मन्दिर हुन्थ्यो जसलाई रोमनहरूले नष्ट पारेका थिए । यो शहर जिसस क्राइस्टको कर्मभुमि रहेको छ ।

जेरुसेलम
सहर
माथिल्लो बायाँदेखि: सेन्ट एलिजा गुम्बाबाट जेरुसेलम क्षितिजको दृश्य, पुरानो सहरभित्र रहेको बजार, मामिल्ला मल, नेसेट, कुब्बत अल-सखरा, गढी (डेभिड टावरको नामले लोकप्रिय), पुरानो सहर पर्खाल, र पश्चिमी पर्खाल।
Flag of Jerusalem
Emblem of Jerusalem
उपनाम(हरू): 
Ir ha-Kodesh (पवित्र सहर),
Bayt al-Maqdis (पवित्रताको घर)
जेरुसेलमको स्थान
जेरुसेलमको स्थान
जेरुसेलम
जेरुसेलमको स्थान
जेरुसेलमको स्थान
जेरुसेलम
जेरुसेलमको स्थान
जेरुसेलमको स्थान
जेरुसेलम
जेरुसेलमको स्थान
जेरुसेलमको स्थान
जेरुसेलम
निर्देशाङ्क: ३१°४७′उ॰ ३५°१३′पू॰ / ३१.७८३°N ३५.२१७°E / 31.783; 35.217 ३५°१३′पू॰ / ३१.७८३°N ३५.२१७°E / 31.783; 35.217
शासितइजरायल
दावा गरिएकोइजरायलप्यालेस्टाइन राज्य[note १]
इजरायली जिल्लाजेरुसेलम
प्यालेस्टिनी सरकारकुदस
गिहोन झरना उपनिवेशइसा पूर्व ३०००-२८००
डेभिड सहरइसापूर्व १०००
वर्तमान पुरानो सहरको पर्खाल निर्माणसन् १५४१
पूर्व-पश्चिम जेरुसेलम विभागसन् १९४८
पुनर्गठनसन् १९६७
जेरुसेलम कानुनसन् १९८०
सरकार
 • प्रकारनगर परिषद्
 • अङ्गजेरुसेलम नगरपालिका
 • इजरायली नगर प्रमुखमोसे लायन (लिकुड)
क्षेत्रफल
 • सहर१२५.१५६ किमी (४८.३२३ वर्ग माइल)
 • महानगर
६५२ किमी (२५२ वर्ग माइल)
उन्नतांश
७५४ मिटर (२४७४ फिट)
जनसङ्ख्या
 • महानगर१,२५३,९००
वासिन्दाहरूजेरुसेलमी
जनसाङ्ख्यिकी (सन् २०१७)
 • यहुदी६०.८%
 • अरब३७.९%
 • अन्य१.३%
समय क्षेत्रयुटिसी+०२:०० (इजरायली मानक समय, प्यालेस्टिनी मानक समय)
 • ग्रीष्म (डिएसटी)युटिसी+०३:०० (इजरायली ग्रीष्म समय, प्यालेस्टिनी ग्रीष्म समय)
हुलाक कोड
९XXXXXX
क्षेत्रीय कोड+९७२-२
माविसू (सन् २०१८)०.७०४[८]उच्च
वेबसाइटjerusalem.muni.il
आधिकारिक नामजेरुसेलमको पुरानो सहर र उसको पर्खालहरू
किसिमसांस्कृतिक
मापदण्डii, iii, vi
नामाङ्कितसन् १९८१
सन्दर्भ क्रम सङ्ख्या१४८
क्षेत्रअरब राष्ट्रहरू
सङ्कटग्रस्तसन् १९८२–वर्तमान

राजधानी हुनुका साथै यो इजरायलको महत्‍वपूर्ण पर्यटन स्‍थल पनि हो । यो शहरमा १५८ गिरिजाघर तथा ७३ मस्जिद रहेको छ । यहाँ गिरिजाघर तथा मस्जिदहरु बाहेक हेर्न लायक धेरै स्थानहरु रहेका छन् । द इजरायल म्‍यूजियम, याद भसीम, नोबेल अभ्‍यारण, अल अक्‍सा मस्जिद, कुव्‍वत अल सकारा, मुसाला मरवान, सोलोमन टेम्पल, वेस्‍टर्न वाल, डेबिडस गुम्‍बद आदि यहाँको प्रमुख दर्शनीय स्‍थल हो ।

मुख्य आकर्षण

चित्रदीर्घा

टिप्पणीसूची

सन्दर्भ सामग्री

यी पनि हेर्नुहोस

  • जेरुसेलमका ठाउँहरु
टेम्पल माउन्ट, साथमा अल-अक्सा मस्जिद, र डोम अफ द रक, माउन्ट ओलिभिसबाट हेर्दा देखिएको प्यानोरोमिक चित्र

बाह्य कडीहरू

Government

Culture

Education

Maps

Religion

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद