जलविनायक

जलविनायक काठमाडौँका चार विनायक मध्येको एक हो । जलको प्रतीक मानिने चोभार गणेश जलविनायक लाई स्थानीय भाषामा कोयना द्यो भन्ने गरिन्छ। चोभार गल्छी ह्रासिकाप खोंचमा अवस्थित तीनतले प्यागोडा शैलीको यस मन्दिरमा गणेशको मूर्ति भने सादा ढुंगामा पूजिन्छ। प्र्रत्येक मंगलबार र भाद्र महिनाको गणेश चौथीका दिन यहाँ विशेष पूजा गर्ने चलन छ। यसका अलावा उपत्यकाका चार गणेश दर्शन गर्ने भनी बेला-बेलामा विशेष पूजा गर्ने परम्परा रहेको छ। पौराणिक कथा अनुसार नेपालमण्डल अर्थात् काठमाडौँ उपत्यका पानीले भरिएको बेला स्वयम्भू ज्योति दर्शनार्थ महाचीन तिब्बतबाट आएका बोधिसत्व माजुश्रीले चोभार ह्रासिकाप गल्छी काटेर पानी बाहिर पठाएको बताइन्छ। त्यससँगै यहाँ गणेशको मन्दिर स्थापना भएको किम्वदन्ती छ। चोभार गणेशस्थान नजिकमाजुश्री गुफा छ। यही आधारले यहाँ चहलपहल भइरहन्छ। सँगै रहेको हिमाल सिमेन्ट कारखाना बन्द भएपछि यस क्षेत्रको वातावरण स्वच्छ बनेर आगन्तुकको संख्या वृद्धि हुन थालेको स्थानीय बासिन्दा पार्वती तुलाधर बताउनुहुन्छ। ने.सं. ७२२ मा निर्मित कोयना गणेश मन्दिर परिसरमा सुःखावती लोकेश्वर वरुण, विष्णु सूर्य शिव पार्वती आदि देवीदेवताको मूर्तिसमेत प्रतिस्थापन गरिएको छ। परम्परागत शैलीमा सिंगारिएको धातुको पेगोडाशैलीयुक्त छाना आकर्षणको अर्को पाटो हो। मन्दिरको प्रवेशद्वारको दायाँ बायाँ दुई वटा सिंह र होचो स्तम्भमा गणेशको वाहन छुचुन्द्रो र टुँडालमा अष्टमातृका अष्टभैरव कुँदिएका छन्। कोयना गणेशलाई लड्डु पेंडा होइन राँगा, हाँस, कुखुरा आदि पशुपक्षीको बलि दिने मौलिक परम्परा छ।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद