छत्तीसगढ

ढाँचा:टेम्पलेट भारतको प्रान्त

परिचय

छत्तीसगढ भारतको एउटा राज्य हो। छत्तीसगढ राज्यको गठन १ नोभेम्बर २००० मा भाको थियो। यो भारतको २६औँ राज्य हो। भारतमा दुई क्षेत्र यस्तो छन जसको नाम विशेष कारणले गर्दा फेरियो - एउटाचै हो 'मगध' जुन बौद्ध विहारको अधिकताले गर्दा "बिहार" बन्यो र दोस्रो 'दक्षिण कौशल' जुन छत्तीस गढहरूलाई आफूमा समाहित राख्नले "छत्तीसगढ" बन्यो। "छत्तीसगढ" वैदिक र पौराणिक कालदेखि नै विभिन्न संस्कृतिको विकासको केन्द्र रहेको छ। यहाँको प्राचीन मन्दिर तथा त्यसको भग्नावशेषहरूको अध्ययनले थाह हुन्छ कि यहाँ वैष्णव, शैव, शाक्त, बौद्ध सितै अनेकौँ आर्य तथा अनार्य संस्कृतिहरूको विभिन्न कालहरूमा प्रभाव रहेको छ।

भूगोल

भारतमा छत्तीसगढको स्थिति र यसको जिलाहरू।

छत्तीसगढको उत्तर र उत्तर-पश्चिममा मध्य प्रदेशको रीवां संभाग, उत्तर-पूर्वमा उडीसाबिहार, दक्षिणमा आन्ध्र प्रदेश र पश्चिममा महाराष्ट्र राज्य स्थित छन्। यो प्रदेश अग्लो सानो पर्वत श्रेणीहरूले घेरिएको घना जंगलहरू भयेको राज्य हो। यहाँ साल, सागौन, साजा र बीजा र बाँसको रुखहरूको अधिकता छ। छत्तीसगढ क्षेत्रको बीचमा महानदी र उसको सहायक नदिहरूले एउटा विशाल र उपजाऊ मैदानको निर्माण गर्छन, जुन लगभग ८० कि. मी. चौडा र ३२२ कि. मी. लामो छन्। समुद्र सतहदेखि यो मैदान करीब ३०० मीटर अग्लो छ। यस मैदानको पश्चिममा महानदी तथा शिवनाथको दोआब छ। यस मैदानी क्षेत्र भित्र छन रायपुर, दुर्गबिलासपुर जिल्लाहरूको दक्षिणी भागमा।धानको भरपूर पैदावार कै कारण यसलाई "धानको बटुको" पनि भन्छन्।

संस्कृति

आदिवासी कला धेरै पुरानो छ। हिन्दी लगभग सबै ठाँउमा बोलिन्छ तर मूल भाषा चैँ छत्तीसगढी नै हो।

जिलाहरू

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

बाह्य लिँक

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद