गोरखा जिल्ला

नेपालको गण्डकी प्रदेशको जिल्ला

गोरखा जिल्ला नेपालको गण्डकी प्रदेशमा अवस्थित एक जिल्ला हो। गोरखाको सदरमुकाम गोरखा बजार हो जुन गोरखा नगरपालिकामा पर्दछ। गोरखा जिल्लामा ११ स्थानीय निकाय अन्तर्गत २ नगरपालिका, ९ गाउँपालिका र २ निर्वाचन क्षेत्र रहेको छ। यस जिल्लाको पूर्वतिर धादिङ जिल्लातिब्बत (चीन); पश्चिम सीमानामा तनहुँ जिल्ला, लमजुङ जिल्ला, मनाङ जिल्लातिब्बत (चीन), उत्तर सीमानामा तिब्बत (चीन) तथा दक्षिण सीमानामा चितवन जिल्ला, तनहुँ जिल्लाधादिङ जिल्ला पर्दछन्।

गोरखा जिल्ला
गोरखा दरबार
गण्डकी प्रदेशमा गोरखाको (गाढा पहेँलो) स्थानको अवस्थिति
गण्डकी प्रदेशमा गोरखाको (गाढा पहेँलो) स्थान
निर्देशाङ्क: २८°१७′उ॰ ८४°४१′पू॰ / २८.२८३°N ८४.६८३°E / 28.283; 84.683 ८४°४१′पू॰ / २८.२८३°N ८४.६८३°E / 28.283; 84.683
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, गोरखा
क्षेत्रफल
 • जम्मा३६१० किमी (१३९० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२५२२०१
 • घनत्व७०/किमी (१८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली

राष्ट्रिय जनगणना २०६८ अनुसार गोरखा जिल्लाको कूल जनसङ्ख्या २,७१,०६१ जना मध्ये पुरुष १,२१,०४१ जना र महिला १,५०,०२० रहेका छन्।[१][२]

इतिहास

यहाँ वि. सं. १७७९ मा राष्ट्रनिर्माता श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म भएको थियो। गोरखामा जगतमाता भगवती कालिको मन्दिर र जगतगुरु मानिने गुरु गोरखनाथको गुफा पनि छ। यहाँ हजारौँ भक्तजनहरू दर्शन गर्न र आफ्नो मनोकामना पूराको लागि आउने गर्छन्। साथै प्रत्येक अष्टमीका दिन बलि पूजा चढाइन्छ। दैनिक नित्य पूजाआजा र भजनकीर्तन हुन्छ। कालिका र गुरु श्री गोरखनाथलाई हिन्दुहरूको आराध्य वा नेपालको राष्ट्रदेवता मानिन्छ। नेपाली सिक्कामा पनि श्री भवानी र श्री श्री श्री गोरखनाथ लेखेको पाइन्छ। साथै नेपालको राष्ट्रिय निसाना छापमा पनि गुरु श्री गोरखनाथको चरण अङ्कीत थियो। यसबाट थाहा हुन्छ कि यिनीहरू हामी सबै नेपाली आरध्यदेव हुन्।[३][४]

प्रशासनिक विभाजन

जिल्लामा ११ स्थानीय तहहरू छन्, जसमध्ये २ नगरपालिका र ९ गाउँपालिका छन्।

गोरखा जिल्लाका स्थानीय तहहरू
स्थानीय तहवडा सङ्ख्याकेन्द्रजनसङ्ख्या
गोरखा नगरपालिका१४डुम्रिडाँडा८२,५३१
पालुङटार नगरपालिका१०ठाँटीपोखरी२३,४६१
बारपाक सुलिकोट गाउँपालिकाताकुकोट२५,३९८
चुमनुव्री गाउँपालिकासिर्दिबास६,९२३
सिरानचोक गाउँपालिकाछोप्राक२३,६२८
अजिरकोट गाउँपालिकाभच्चेक१४,८०२
धार्चे गाउँपालिकामाछीखोला१३,२२९
भीमसेनथापा गाउँपालिकाखान्चोक२२,०३३
सहिद लखन गाउँपालिकापिपलछाप२७,५५५
आरूघाट गाउँपालिका१०आरुघाट२३,८८७
गण्डकी गाउँपालिकाभुम्लिचोक२३,२५३

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद