गोदावरी भगवती

गोदावरी भगवतीको मन्दिर कैलाली जिल्लाको गोदावरी गा.बि.स. मा अवस्थित छ । यो मन्दिरला नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ । गोदावरी नदीको छेवैमा रहेको यो मन्दिर बाहेक यहाँ अन्य देबि देवाताकापनि मन्दिरहरु रहेका छन ।

गोदावरी नदीको जल लिदै
गोदावरी नदीमा भक्तजनहरु

महत्त्व

यस ठाउमा खासगरी शिवरात्री, माघेसंक्रान्ति र नवरात्रीमा पूजा आजा र मेला लाग्ने गर्दछ । यहाँ बिबाह, ब्रतबन्ध तथा अन्य धार्मिक कार्यहरु गर्ने गरिन्छ ।

गोदावरी भगवती उत्पत्ति

गोदावरी खोलामा माछा मर्दा एकजना थारुले जाल हान्यो, त्यो जाल ढुंगाको नारीमुर्तीमा गएर आल्झियो । त्यो थारुले त्यो ढुंगामा केहि शक्ति भएको मानि खोलाको पश्मिम पट्टि स्थापना गरिदियो । ढुंगाको सानो मन्दिर बनाएको भएपनि हात्तीले त्यो मन्दिरलाई भत्काएर भासी दियो । पछि त्यो ठाउमा बेलको रुख उम्री न पुग्यो र त्यसमा चौतारो बनाएर बनदेवीका नाउले पूजा हुदै आयो । बि.स. २०१८ सालमा संसारको प्रलय हुने हल्लाले केहि मानिस तेही ठाउमा आएर शिवको महिमा गाई मन्दिर स्थापना गरी बसे र पछि बि.स. २०२३ सालमा धनगढी डडेल्धुरा राजमार्ग बनाउने ठेकेदारले त्यो मन्दिरको मर्मत गरिदिएको थियो । पछि त्यो ठाउमा शिवको महिमाका साथै गोदावरी भगवतीको महिमापनि बढ्दै गएको बताइन्छ । बनदेबिले सपनामा आइ आफुलाई दर्शन दिएको हुनेले गोदावरीमा आइ योगी भएको बताउने त्रिलोकनाथ गिरीले त्यो ठाउँको विकासमा ठुलो योगदान पुर्याउदै आउनु भएको छ ।[१]

सन्दर्भ सामग्री

बाहिरी कडिहरू

यी पनि हेर्नुहोस्

सुदूर पश्चिमकी प्रख्यात नौ भगवतीका मन्दिरहरू
क्र.सं.मन्दिर नामस्थान
बडिमालिकाबाजुरा
बरदादेबीअछाम
शैलेश्वरीडोटी
उग्रताराडडेलधुरा
त्रिपुरा सुन्दरीबैतडी
मेलौलीबैतडी
निगालासैनीबैतडी
सुरमाबझाङ
गोदावरीकैलाली
🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद